नेकपा एकीकृत समाजवादीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रम निर्वाचन आचार संहिताविपरीत भएको भन्दै आयोगले स्पष्टकरण सोधेको हो ।

निर्वाचन आयोगद्वारा  नेकपा (एस)लाई सोधिएको उक्त स्पष्टीकरण पत्रमा भनिएको छ–‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले मिति २०७८÷१२÷२६ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन भएको भन्ने गुनासो आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत जानकारी हुन आएकाले सो सम्बन्धमा के कसो भएको हो ३ दिनभित्र जवाफ माग गरिएको छ ।’

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित