काठमाडौं । पाकिस्तान तीन पटक प्रधानमन्त्री भइसकेका नवाज सरिफका सहोदर भाई सहवाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बनेका छन् । सहवाज पाकिस्तानका २३ औं प्रधानमन्त्री हुन् ।
प्रधानमन्त्री रहेका पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि संसदले सरिफलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको हो ।
सरिफलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा संसद्का ३४२ सदस्य मध्ये १७४ सांसदले मतदान गरेका थिए ।
प्रधानमनत्रीका लागि पाकिस्तान तहरिक ए इन्साफका उपाध्यक्ष शाह महमुद कुरैसीले पनि मनोनयन दर्ता गरेका थिए । तर तहरिक ए इन्साफका सांसदले संसद नै बहिस्कार गरेपछि कुरैसीका पक्षमा कुनै मत परेन ।
अब सहबाजले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउने छन् । प्रधानमन्त्री चयन भएका सहबाजले यसअघि पाकिस्तानको पञ्जाव प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन् ।