राष्ट्रिय जनमोर्चा कञ्चनको भेला सम्पन्न

मनिराम सापकोटाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन

बुटवल / राष्ट्रिय जनमोर्चा कञ्चन गाउँ भेला २०७९ बैशाख ३ गते कार्यवाहक अध्यक्ष बिन्दु कुँवरको अध्यक्षतामा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा समन्वय समितिका केन्द्रीय सचिव गौरीलाल कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले मनिराम सापकोटा को अध्यक्षतामा २१ सदस्यीय समिती गठन गरेको छ । भेलाको उद्घाटन गर्दै प्रमुख अतिथी कार्कीले मसाल नेतृत्वले दक्षिणपन्थी बाटो समातेको हुनाले क्रान्तिकारीहरुलाई संगठित गर्ने अभियान चलेको बताउनु भयो । उहाँले अहिले जनताको मुख्य अन्तर्बिरोध दलाल पुँजीपति संग भएको तर मसाल नेतृत्व दलाल पुँजीपतीसंग समन्वय गरेर अगाडि बढेकोले पार्टीमा संकट उत्पन्न भएको जिकिर गर्नुभयो , साथै क्रान्तिकारी आन्दोलनको रक्षा र विकासको कार्यभार पुरागर्न तैयार रहन आव्हान गर्नुभयो ।

भेलाले मनिराम सापकोटाको अध्यक्षतामा २१ सदस्यीय गाउँ कार्य समिति चयन गरेको छ । जसको – उपाध्यक्ष – दिलमाया फौजा सचिव – देबेन्द्र आचार्य सह सचिव – झिमा पौडेल र कोषाध्यक्ष – पुर्णसिंघ सुनार रहनु भएको छ । समितिका सदस्यहरुमा – केशव आचार्य , भवानी प्रसाद आचार्य , कर्णबहादुर थापा , हेमराज ढकाल , भिमबहादुर सिंजापती , गंगाधर पौडेल , बिन्दुबहादुर कुँवर , शशिधर पौडेल , पार्वती पौडेल , चतुराखर आचार्य ,पुर्णा थापा , सुनील क्षेत्री , नारायण सुवेदी , सीता आचार्य र सल्लाहकारमा – चुडामणिा सर्मा , कपिल पौडेल , ठग प्रसाद चालीसे र चुन्नु प्रसाद ज्ञावली रहनुभएको छ । भेलाले हेमराज ढकालको संयोजकत्वमा १९ सदस्यीय राष्ट्रिय जनमोर्चा कञ्चन ३ को भेला आयोजक समिति गठन गरेको छ । राष्ट्रिय जनमोर्चाको सम्पन्न भेलाले कृष्ण पौडेलले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिलाई समर्थन गर्ने र त्यसैको मातहतमा रहेर अगाडि बढ्ने निर्णय गरेको छ । भेलामा नेकपा मसाल जिल्ला समन्वय समितिका प्रवक्ता दिपक पौडेल , राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति केन्द्रीय सदस्य लेखनाथ पौडेल , नरबहादुर थापा , मनिराम सापकोटा , जिल्ला उपाध्यक्ष पार्वती पौडेल , अखिल नेपाल महिलासंघ पुर्व जिल्ला अध्यक्ष लक्ष्मी न्यौपानेले लगायतले भेला सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । भेलाको सञ्चालन कपिल पौडेल र स्वागत गंगाधर पौडेलले गर्नुभएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित