राजमो काठमाडौं महानगर समन्वय समितिको भेला सम्पन्न , यम प्रसाद शर्माको अध्यक्षतामा १५ सदस्यीय समिति गठन

काठमाडौं । राष्ट्रिय जनमोर्चा काठमाडौं महानगर समन्वय समितिको भेला २०७९ बैशाख ३ गते बागबजारमा सप्पन्न भएको छ । राजमो केन्द्रिय समन्वय समितीका उपाध्यक्ष चिन्तामणी पौडेलको प्रमुख आतिथ्यतामा सप्पन्न सो भेलाले यम प्रसाद शर्माको अध्यक्षतामा १५ सदस्यीय राजमो काठमाडौं महानगर समन्वय समिती गठन गरेको छ । गठित समितिको उपाध्यक्ष मन्जु पौडेल , सचिब बिस्वास पौडेल र कोषाध्यक्ष सन्दिप पन्थी रहेका छन । समितिका सदस्यहरुमा सिमा नेपाली , दुष्यान्त पौडेल , मन्जु पन्थी , हिमाल शर्मा , अनिता घिमिरे , बिमल पौडेल गिता नेपाली र लिलाबल्लभ शर्मा रहेका छ्न । समितिको ३ स्थान हाललाइ रिक्त राखिएको छ । भेलाले मनु बिक , सुर्या थापा , टेकहरी न्यौपाने र सागर भण्डारीलाई सल्लाहकारमा चयन गरेको छ। सल्लाहकार सदस्यको पनि एक स्थान हाललाइ रिक्त राखिएको छ ।

भेला सफलताको शुभकामना दिदै प्रमुख अतिथी चिन्तामणी पौडेलले क्रान्तिकारी बिचार र नितिलाइ पार्टी नेतृत्वले छोड्दै गएपछि आफुहरु समन्वय समिती गठन गरेर कम्युनिस्ट पार्टी निर्माणको दिशामा अगाडि बढेको बताए । मसाल र राजमोको नेतृत्वले चुनाबमा सहभागी हुने नीति लिएको कारणले मात्र आफुहरुले उस्लाइ दक्षिणपन्थी नभनेको स्पस्ट पार्दै नेता पौडेलले मसाल नेतृत्वले वर्ग समन्वयको नीति लिएका कारण आफुहरुले उसलाइ दक्षिणपन्थी भन्नू परेको बताए । आगामी स्थानीय निकायको चुनावमा प्रतिक्रियावादी र बिखण्डनबादी बाहेकका राजनैतिक शक्तिहरु सङ्ग आफुहरुको चुनाबी तालमेल हुन सक्ने बताए ।

भेला सफलताको शुभकामना दिने अन्य अतिथिहरुमा राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितीका सचिवालय सदस्य नारायण सापकोटा , रक्तिम सास्कृतिक अभियानका केन्द्रिय अध्यक्ष नारायण शर्मा , राजमो काठमाडौं जिल्ला समन्वय समितिका सचिब टेकहरी न्यौपाने , सदस्यहरु याम प्रसाद शर्मा र सागर भण्डारी , युवा वाम बुद्धिजीवी बिश्वास पौडेल लगायत रहेका थिए । राजमो काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष बलिभद्र शर्माको अध्यक्षता र सदस्य मन्जु शर्माको संचालनमा अघि बढेको सो भेलामा स्वागत मन्तव्य कोषाध्यक्ष सिमा नेपालिले राखेकी थिइन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित