काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले स्थानिय तहको निर्वाचनका लागि यहि बैशाख ९ गते सार्वजनिक गर्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई एमालेले बैठक बाट पारित गरेको छ । पारित सोही घोषणा नेकपाको स्थापना दिवसका दिन बैशाख ९ गते जारी गरिने भएको हो ।
अध्यक्ष ओलीको निवास भक्तपुर बालकोटमा २०७८ बैशाख ५ गते सम्पन्न एमाले सचिवालयको बैठकले सो निर्णय गरेको हो । घोषणापत्र तयारीका लागि एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो ।एमाले उपमहासचिब पृथ्वी सुब्बा गुरुङ्गका अनुसार एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने छ । बैठकले पार्टी पङ्क्तिलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन समेत दिएको छ ।