काठमाडौं । तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा आशां ब्यक्त गरिएका बेला निर्वाचन आयोगले बैशाख ३० मै निर्वाचन गर्न आयोग दृढ संकल्पित रहेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने स्पस्ट पारेका छन् ।काठमाडौंमा बैशाख ६ गते पत्रकारसँगको अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले उक्त कुरा बताएका हुन । “निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।” प्रमुख आयुक्त थपलियाले भनेका छन – “निर्वाचन हुने÷नहुने कुनै पनि संशयलाई चिर्दै ३० वैशाखमा निर्वाचन गर्ने दृढ सकल्पमा आइपुगेका छौं ।
”स्मरणरहोस् ५ बैशाखमा बसेको एमाले सचिवालयको बैठकले दलगत भागबण्डा नमिलेका कारण पाच दलिय गठबन्धनले भित्र भित्र चुनाब सार्ने खेल खेलिरहेको आशङ्का व्यक्त गरेको थियो । चुनाब सार्ने षडयन्त्र गरिए त्यसको ससक्त प्रतिकार गरिने एमाले बैठकले निर्णय गरेको थियो । एमाले अध्यक्ष ओलिले ५ बैशाखमै सोलुखुम्बुको एक कार्यक्रमलाई सम्बोधन गर्दै चुनाब सार्ने खेल नखेल्न पाच दल र देउवा सरकारलाई चेतावनी दिएका थिए । ओलीको चेतावनी आएको अर्को दिन प्रमुख निर्वाचन आयुक्त थपलियाको तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न आयोग दृढ सङ्कल्पित रहेको अभिव्यक्ति आएको हो ।