सातौ कृषि गणना सुरु

काठमाडौँ । नेपालमा सातौ कृषि गणणा सुरु गरिएको छ । केन्द्रीय तथ्यांक विभागले २०७९ बैशाख ६ गते देखि देशभर कृषि गणना सुरु गरेको हो । बैशाख ६ गते देखि सातौँ कृषि गणना देशका ७ सय ५३ वटै पालिकामा सुरु भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।बिभागका उपमहानिर्देशक हेमराज रेग्मिका अनुसार ४५ दिनको अवधीमा देश भरका ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गरिने छ ।

कृषि गणणा गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएको उपमहानिर्देशक रेग्मीले जानकारी बताए । गणकहरुले यो अवधिमा कृषकका घर घरमा पुगेर पशुपंक्षीको तथ्यांक, बाली, माछा, पशुपन्क्षीपालन, खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्यांक संकलन गर्नेछ्न । यो सातौ राष्ट्रिय कृषि गणनामा कृषकलाई जम्मा २४ प्रश्न सोधिने छ । स्मरण रहोस यसअघि छैठौं राष्ट्रिय कृषि गणना २०६८ सालमा गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित