काठमाडौंमा यसरी मनाइयो नेकपाको ७४औ स्थापना दिवस तथा महान नेता लेनिनको १५३औ जयन्ती 

काठमाडौं । विश्व सर्वहारा वर्गका महान नेता लेनिनको १५३ औ जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औ स्थापना दिवस काठमाडौंमा बिशेष समारोहका बिच मनाइएको छ । नेकपा ( मसाल ) जिल्ला समन्वय समिती काठमाडौंको आयोजनामा २२ अप्रिल २०२२ अर्थात २०७९ बैशाख ९ गतेका दिन काठमाडौंको बागबजारमा एक विशेष समारोह गरि नेकपाको ७४ औ स्थापना दिवस तथा १५३ औ लेनिन जयन्ती मनाइएको हो ।

समारोहलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै नेकपा ( मसाल ) केन्द्रिय समन्वय समितीका प्रतिनिधि राम बहादुर बुढाले बिश्व सर्वहारा वर्गका महान नेता लेनिनका बिचारहरुलाइ सहि प्रकारले आत्मसात गरेर अघि बढेमा मात्र क्रान्ति सम्पन्न गर्न सकिने बताए । ” हामिले वर्ग संघर्षको मुल कडि र मर्मलाई छोड्नु हुन्न ” – युवा कम्युनिस्ट नेता राम बहादुर बुढाले भने – ” वर्ग संघर्षको धार छोडिसकेका कम्युनिस्ट नामधारी पार्टीहरुलाइ लेनिन जयन्ती तथा नेकपा स्थापना दिवस मनाउने नैतिक अधिकार छैन । ” यहि संसदिय ब्यवस्था भित्र बाट समाजबाद देशमा लागू गर्न नसकिने उनले सम्बोधनका क्रममा प्रष्ट पारे । क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अहिले केही कमजोर देखिए पनि त्यो अस्थाइ कुरा भएको र कालान्तरमा क्रान्तिकारि कम्युनिस्ट आन्दोलन शक्तिशाली भएर क्रान्ती सम्पन्न हुने बिश्वास ब्यक्त गरे ।

समारोहलाई सम्बोधन गर्दै बाम नेता तथा एमसिसी खारेज संयुक्त अभियानका संयोजक नारायण शर्माले लेनिनबादको रक्षा गर्नु अहिले क्रान्तीकारि कम्युनिस्टहरुको प्रमुख कर्तब्य भएको बताए । बिश्व सर्वहारा वर्गका महान नेता लेनिन संसारभरिका हरेक क्रान्तिकारि कम्युनिस्टहरुका निम्ति आदर्श नेता र साम्राज्यवादिहरुका निम्ति आखाको तारो रहेको उनले बताए । अहिले अन्तरपार्टी संघर्ष भन्दा पनि वर्गीय संघर्ष अघि बढाउनु पर्ने बेला रहेको नेता शर्माको थप भनाइ रहेको थियो । बरिस्ठ वाम नेता तथा पत्रकार सेनानी गोबिन्द सिंह थापाले समारोहलाइ सम्बोधन गर्दै बिचार सहि भएमा अहिले सानो आकारको पार्टी भए पनि त्यो पछि फैलिएर ठूलो र शक्तिशाली बन्ने बताए । अनुशासित र मिलिटेण्ट पार्टी सङ्गठन बनाएर अघि बढेमा क्रान्ति छिट्टै सम्पन्न गर्न सकिने बिश्वास नेता थापाले ब्यक्त गरे । राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितीका कोषाध्यक्ष ओम बहादुर केसिले समारोहलाइ सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनमा नेताको निर्माण सहि नितिले गर्ने बताए । सहि नीति र सिद्धान्त लिएर अघि बढेमा नेतृत्व आन्दोलन बाट नै आउने उनको प्रष्ट भनाइ थियो ।

समारोहलाई सम्बोधन गर्दै रक्तिम सास्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले क्रान्तिकारि कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा पार्टी सङ्गठनहरुले सर्वहारा बर्गिय सास्कृतिक मूल्य मान्यतालाई भुल्दै जाने प्रवृत्ति मुख्य कारण रहेको बताए । कुनै कम्युनिस्ट नाम गरेको पार्टिको सदस्यता लिदैमा ब्यक्ती कम्युनिस्ट बन्न नसक्ने भन्दै अध्यक्ष शर्माले कम्युनिस्ट नीति सिद्धान्त अनुरुपको आफ्नो आचरण र व्यवहार अपनाउन सक्ने ब्यक्ति नै वास्तविक कम्युनिस्ट हुने उनले बताए । समारोहलाइ राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितीकि उपाध्यक्ष सुर्या थापा , काठमाडौं जिल्ला समितिका अध्यक्ष बलिभद्र शर्मा र काठमाडौं महानगरका अध्यक्ष यम प्रसाद शर्मा लगायतका अतिथिहरुले समेत सम्बोधन गरेका थिए । राजमो केन्द्रिय समन्वय समितिका सचिवालय सदस्य नारायण सापकोटा र हाक साप्ताहिकका ब्यवस्थापक कृष्ण आचार्यको समेत आतिथ्यता रहेको सो समारोह राजमो केन्द्रिय समन्वय समितीका उपाध्यक्ष चिन्तामणी पौडेलको अध्यक्षता काठमाडौं जिल्ला समितीका सचिब टेकहरी न्यौपानेको स्वागत मन्तव्य र सचिवालय सदस्य सागर भण्डारीको संचालनमा अघि बढेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित