काठमाडौं / राजमो केन्द्रिय समन्वय समितिकी उपाध्यक्ष सुर्या थापाले काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिएकी छिन ।राजमो केन्द्रिय समन्वय समितिका उपाध्यक्ष चिन्तामणी पौडेल , कोषाध्यक्ष ओम बहादुर केसि , सचिवालय सदस्य नारायण सापकोटा , बरिस्ठ बाम नेताहरु गोबिन्द सिंह थापा र अपत्य शर्मा ,काठमाडौं जिल्ला अध्यक्ष बलिभद्र शर्मा , सचिब टेकहरी न्यौपाने , सदस्य सागर भण्डारी र महानगर समितिका अध्यक्ष याम प्रसाद शर्मा लगायत नेताहरु सम्मिलित रहेको टोलि २०७९ बैशाख ११ गते राष्ट्रिय सभा गृहमा पुगेर महिला नेत्री सुर्या थापाको उम्मेदवारी दर्ता गराएको थियो ।
स्वतन्त्र बाट उम्मेदवारी दिएकी नेत्री थापाको प्रस्ताबकमा गोबिन्द सिंह थापा र समर्थकमा वसन्तराज ढुङ्गाना ( अपत्य शर्मा ) रहेका छन । थापाको उम्मेद्बारी दर्ता नम्बर १४ रहेको छ । काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने उम्मेदवारहरु मध्य सुर्या थापा सम्भवत सबै भन्दा लामो राजनैतिक ईतिहास बोकेको उम्मेदवार हुन । पिता जगत बहादुर र माता चन्द्र कुमारी श्रेष्ठको कोख बाट २००४ साल मङ्सिर ८ गते बागलुङको बागलुङबजारमा जन्मिएकी सुर्या थापा युवा अवस्था देखिनै राजनितीमा होमिएकी थिइन । २०२५/२६ साल देखि नै विद्यार्थी आन्दोलनमा लागेकी नेत्री थापाले २०२९ सालमा कम्युनिस्ट पार्टिको सदस्यता प्राप्त गरिसकेकी थिइन ।
२०३६ सालको आन्दोलनमा प्यारा मेडिकल एसोसियसनमा रहेर उनले सहभागिता जनाएकी थिइन । थापाले त्यस यता देशमा भएका हरेक राजनैतिक आन्दोलनहरुमा अग्रमोर्चामा रहेर सकृय भुमिका निभाउदै आएकी छिन । अखिल नेपाल महिला संघमा जिल्ला क्ष्रेत्र हुँदै लामो समय सम्म केन्द्रिय सदस्यको भुमिकामा रहेकी नेत्री थापा २०५९ सालमा केन्द्रिय अध्यक्ष बनेकी थिइन । शिक्षामा समाजशास्त्रमा स्नातकोत्तर गरेकी नेत्री थापाले आन्दोलनका क्रममा तानाशाह ज्ञानेन्द्रको शाही शासनकालमा ५१ दिन हिरासतमा परेकी थिइन । २०६२/६३ को जन आन्दोलनमा काठमाडौंमै रहेर थापाले नेतृत्वदायी भुमिका निभाएकी थिइन । सधै क्रान्तिकारि बिचारको पक्षमा आफुलाइ सतिसाल झै उभ्याउदै आएकी थापालाइ क्रान्तिकारि बिचार लिएकै कारण केही बर्ष अघि दक्षिणपन्थी बिचार बोकेको मसाल नेतृत्वले कार्वाही गरेको थियो । तर दक्षिणपन्थी नेतृत्वको कार्वाहीलाइ चुनौती दिदै थापा क्रान्तिकारी कम्युनिस्टहरुलाइ एकीकृत गर्दै नया कम्युनिस्ट पार्टी निर्माणको काममा सकृयतापुर्वक लाग्दै आएकी छिन ।