कास्की । आगामी बैशाख ३० गते सम्पन्न हुन गैरहेको स्थानीय तहको निर्बाचनमा राष्ट्रिय जनमोर्चा समन्वय समितिको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदको लागि स्वतन्त्र उमेदवारमा कामरेड डिल बहादुर गुरुङ (दिपक)ले उमेदवारी दर्ता गराएका छन ।
नेकपा (मसाल)ले आठौं महाधिवेशनबाट गलत लाइन लिए पछि देखिएको अंतर्विरोधका कारण अल्पमत वा पार्टीबाट निस्कासितहरुले क्रान्तिकारी बिचार रक्षाको लागि राष्ट्रिय भेला नै गरी नेकपा (मसाल) केन्द्रीय समन्वय समिति र मातहतमा खुल्ला मोर्चा राष्ट्रिय जनमोर्चा समन्वय समिति बनाए पछि स्थानीय निर्बाचनलाई उपयोगको कार्यनीति अन्तर्गत शान्तिपुर्ण जनसंघर्षको रुपमा उपयोग गरिएको र त्यसको लागि पोखरा महानगरपालिकाको मेयर पदको स्वतन्त्रको उम्मेदवार राष्ट्रिय जनमोर्चा समन्वयको तर्फबाट आफू उपस्थित भएको उमेदवार गुरुङले बताएका छन ।
को हुन दिपक गुरुङ ?
बागलुङ जिल्लाको पश्चिम भेग साबिक दर्लिङ गाबिस वार्ड नम्बर ५ र हाल बडिघाट गाउपालिका वार्ड नम्बर १० दर्लिङ्ममा वि.स. २०३४ मा निम्न वर्गीय परिवारमा जन्मिएका डिल बहादुर गुरुङ (दिपक गुरुङ ) २०४७ सालमा अखिल छौठौको इकाइ सदस्यबाट आफ्नो राजनीति यात्रा शुरु गरेका थिए । २०५४ सालमा एसएलसी पास गरे पछि इकाइ, ग्राम हुँदै एरियामा समेत रक्तिम सांस्कृतिक परिवारको अध्यक्षको रुपमा गाउँ गाउँमा हुने कार्यक्रममा नेतृत्व गर्दै हिडेका थिए । त्यही समयमा अखिल नेपाल युवक संघको बुर्तिबाङ एरिया समितिको सदस्यको रुपमा पनि काम गरेका थिए ।
संकटकालको समयमा समेत जनताको हरेक समस्यासंग एकाकार हुँदै काम गर्ने दौरानमा २०६० साल असार महिनामा तत्कालीन बिद्रोही माओवादीद्वारा अपहरणमा परेका गुरुङ सात दिनको मानसिक र शारीरिक यातना छ्ल्दै भाग्न सफल भइ जीवन बचाएका थिए । भागेर भारतमा पुगेका गुरुङले मजदुरी काम गरी जीबनयापन गरेका थिए भने यता गाउँमा माओवादीद्वारा उनको घरै कब्जा गरि परिवारलाइ समेत बिचल्लीमा पारेका थिए । पछि माओवादीको ज्यादतिको बिरुद्ध रास्ट्रीय जनमोर्चाले संचालन गरेको अभियानको क्रममा तत्कालीन सांसद परि थापा, जिबिस सभापति लिला बहादुर थापा, राष्ट्रिय जनमोर्चाका वर्तमान बागलुङ जिल्ला अध्यक्ष अमर थापाको टोलि सङै उनका मेडम रुपा बुढा आफ्ना २÷३ बर्षका दुई छोराहरुलाई काखमा च्यापेर अभियान संगै बागलुङमा आए र पार्टी कै ब्यबस्थापनमा बागलुङमा केही समय रहे । पछि दिपक गुरुङ प्रबासबाट नेपाल फर्की पोखरामा परिवारलाई ल्याइ पोखराको रामघाट्मा श्रीमती संगै बालुवा बोकेको अनुभव सुनाउँछन । त्यति गर्दा पनि गुरुङले आफ्नो राजनैतिक यात्रालाइ तिलान्जली दिएनन बरु निडरताका साथ निरन्तर श्रमजीवी, उत्पीडित जनताको पक्षमा अगाडी बढे । तत्कालीन जनमोर्चा नेपालसँग सम्पर्कमा आइ कास्कीको विभिन्न मोर्चामा बसेर जिम्मेवारी सम्हाल्न थाले ।
अखिल नेपाल युवक संघको कास्की जिल्ला सचिब हुँदै जिल्ला अध्यक्ष र पछि केन्द्रीय सदस्य समेत भएका गुरुङ पछिल्लो समयमा अखिल नेपाल जनजाती सम्मेलनको केन्द्रीय सदस्य, सल्लाहकार र गण्डकी प्रदेशको अध्यक्षको भूमिकाको जिम्मा समेत पूरा गर्दै आएका थिए । पार्टीले संचालन गरेको असङ्खय आन्दोलनहरु मध्य संघीयता बिरुद्धको काठमाण्डौ केन्द्रीत आन्दोलनमा १० दिन सम्म लगातार मोर्चामा खटेर खटेका थिए । २०७४ सालको पहिलो स्थानीय तहको निर्बाचनमा पोखरा महानगरपालिकाको वार्ड नम्बर १५ बाट राष्ट्रिय जनमोर्चाको तर्फबाट वडाध्यक्षको प्रतिस्पर्धा समेत गरेका थिए । हरेक कार्यक्रमहरुमा ब्यबस्थापनको जिम्मा सफलतापूर्बक पुरा गर्ने गुरुङ आम पार्टी पंक्तिमा सोझा, इमान्दार र बिश्वाशीला कार्यकर्ता थिए ।
पार्टीको पछिल्लो कार्यप्रणाली प्रति असन्तुष्ट रहेका गुरुङ पार्टीलाई सच्चाएर लानु पर्छ भन्दै लगातार खटिने गर्दथे । पार्टी सरकारको समर्थनमा पनि रहि रहने र सडक आन्दोलनमा पनि होमिनु पर्ने यस्तो अबस्थामा सरकारको समर्थन फिर्ता गर्दा राम्रो होला भनी आवाज उठाएका गुरुङ एक पछि अर्को गर्दै अनुशासनको निशानामा पर्दै गए र पछिल्लो समयमा असन्तुष्ट रहे । पार्टीमा भएको चर्को अंतर्विरोधका कारण पार्टीबाट निस्काशित र महाधिवेशनमा अल्पमतमा परेका कामरेडहरुको एक रास्ट्रीय भेलाबाट निर्मित नेकपा (मसाल) केन्द्रीय समन्वय र बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वयलाई समर्थन गर्न पुगेका गुरुङ यति बेला बिचार रक्षाको समय भएको हुनाले पार्टीको हिजको क्रान्तिकारी बिरासत बचाउनु अहिलेको आबश्यता भएकोमा जोड दिदै आएका छन । पार्टी घोर संसोधनवादी भएको आरोप लगाउँदै संसदको उपयोग गलत चिजको भण्डाफोरको रुपमा हुनेगरेकोमा अहिले संसदले पार्टीलाई नै उपयोग गरेको बताए ।