झण्डै डेढ लाखले दिए उम्मेदवारी 

काठमाडौँ । स्थानीय तहको निर्वाचनकालागी  विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या झण्डै डेढ लाख पुगेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देशभरीबाट उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार २७४ पुगेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिएको थियो । उक्त दिनमा भएका मनोनयन दर्ता गर्नेको विवरण जिल्लाबाट आउने क्रम जारी रहेकोले अझै संख्या बढ्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेश १ मा २२ हजार ५४२, मधेस प्रदेशमा ३८ हजार ७८७, बागमती प्रदेशमा २४ हजार ३३, गण्डकी प्रदेशमा १२ हजार ७८७, लुम्बिनी प्रदेशमा २३ हजार ४९, कर्णाली प्रदेशमा १३ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६७३ जनाले उम्मेदवारी दिएका छन् ।

३ हजार ४३० जनाले प्रमुखमा, ३ हजार ३६३ जनाले अध्यक्षमा, २ हजार ९७ जनाले उपप्रमुखमा, २ हजार ३८२ जनाले उपाध्यक्षमा, ३४ हजार ३५७ जनाले वडा अध्यक्षमा, २५ हजार ३४५ जनाले महिला सदस्यमा, २२ हजार ८९९ जनाले दलित महिला सदस्यमा र ५३ हजार ४०१ जनाले सदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

वैशाख ३० गते देशभरका ७५३ वटा स्थानीय तहमा ३५ हजार २२१ पदको लागि निर्वाचन हुन गैरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित