कांग्रेसको घोषणापत्र गालीपुराण ः ओली

काठमाडौं । पुर्व प्रधानमन्त्री  एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणा पत्रलाई “गालीपुराण” भनी टिप्पणी गरेका छन् । 

मनमोहन स्मृति प्रतिष्ठान सानेपामा २०७९ बैशाख १३ गते आयोजित एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै ओलीले उक्त टिप्पणी गरेका हुन । “घोषणा पत्र भन्ने शीर्षक छ, भित्र गालीपुराण छ । एमालेलाई तथानाम गाली, धारेहात सरापेको सराप्यै,” समारोहलाई  सम्बोधन गर्दै अध्यक्ष ओलीले  भने – “कांग्रेसको घोषणा पत्र पढ्नुस्, मजा आउँछ । कहाँ रसातलमा झ¥यो भने ! कठैबरी, माया लाग्छ । कहाँ पुग्यो बिचरा कांग्रेस ! लोकतन्त्रका लागि मात्रै दया देखाइरहेको हो । नत्र दया देखाइरहनु पर्दैन ।”

ओलीले सम्बोधनका क्रममा कांग्रेससँग अहिले कुनै राजनीतिक एजेन्डा र देश विकासको योजना नभएको दाबी गरे । काङ्ग्रेसको घोषणापत्रमाथि कटाक्ष गर्दै ओलीले मनोरञ्जन लिनका लागि भए पनि त्यसलाई  हेर्न आग्रह गरे । “हाम्रा साथीहरुले घोषणा पत्र पढेर कांग्रेसको हविगतको इन्जोेय गर्नुस् ।” – अध्यक्ष ओलीको कथन थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित