तेस्रो विश्वयुद्धको खतरा बढेको चेतावनी

काठमाडौं । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले परमाणु युद्धको खतरा बढेको र यसलाई नकार्न नसकिने बताएका छन् ।

अमेरिका लगायत पश्चिमा राष्ट्रहरुले युक्रेनलाई हतियार दिइरहँदा नेटो गठबन्धन नै रुससँग युद्ध लडिरहेको जस्तो भएको पनि उनको भनाइ छ ।

पश्चिमा राष्ट्रहरुले युक्रेनलाई हतियार दिएर युद्ध लम्ब्याएको पनि रुसले आरोप लगाउँदै आएको छ ।

यस सन्दर्भमा लाभरोभले तेस्रो विश्वयुद्धको खतरा बढेको बताउँदै यस्तो हुँदै गयो भने परमाणु युद्ध निम्तने पनि बताए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित