काठमाडौं । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा भित्रको क्रान्तिकारी विचार समूहका रुपमा रहेको राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति आबद्ध उम्मेदवारहरुले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देशका विभिन्न स्थानीय तहहरुमा उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगले दिएको समय सीमा वैशाख ११ र १२ गते राजमो समन्वयका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
राजमो समन्वयका तर्फबाट दुई महानगर पालिकामा मेयर पदमा र दुई उपमहानगर पालिकामा मेयर र उपमेयर दुवैमा उम्मेदवारी दिइएको छ । राजमो समन्वयका तर्फबाट काठमाडौं र पोखरा महानगरपालिकामा मेयर पदमा मात्र उम्मेदवारी दिइएको छ भने बुटवल र घोराही उपमहानगरपालिकामा मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दिइएको छ ।
यस्तै देशभरीका दर्जन बढी नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा राजमो समन्वयका तर्पmबाट स्वतन्त्र उम्मेदवारी दिइएको छ । राजमो केन्द्रीय समन्वय समितिका महासचिव लालबहादुर जाग्रीले गृह जिल्ला डडेल्धुराको पर्शुराम नगरपालिकाबाट मेयरमा उम्मेदवारी दिएका छन् भने वरिष्ठ उपाध्यक्ष सूर्या थापाले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी छिन् । राजमो केन्द्रीय समन्वय समितिले वैशाख ३० गते हुन गैरहेको स्थानीय निकायको निर्वाचनलाई “प्रदेश संसद र सरकार खारेज गरौं ! अधिकार स्थानीय तहलाई हस्तान्तरण गरौं !! भन्ने मूल नाराका साथ उपयोग गर्ने निर्णय गरेको थियो । राजमो केन्द्रीय समन्वय समितिको सोही निर्णय बमोजिम राजमो समन्वयका नेता कार्यकर्ताहरुले देशका विभिन्न स्थानीय तहहरुमा स्वतन्त्र रुपमा विभिन्न पदमा आप्mनो उम्मेदवारी दर्ता गरेका हुन् ।
काठमाडौं ः
राजमो केन्द्रीय समन्वय समितिकी उपाध्यक्ष सुर्या थापाले काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिएकी छिन । राजमो केन्द्रीय समन्वय समितिका उपाध्यक्ष चिन्तामणि पौडेल, कोषाध्यक्ष ओम बहादुर केसी, सचिवालय सदस्य नारायण सापकोटा, वरिष्ठ बाम नेताहरु गोबिन्द सिंह थापा र अपत्य शर्मा, काठमाडौं जिल्ला अध्यक्ष बलिभद्र शर्मा, सचिब टेकहरि न्यौपाने, सदस्य सागर भण्डारी र महानगर समितिका अध्यक्ष याम प्रसाद शर्मा लगायत नेताहरु सम्मिलित रहेको टोली २०७९ बैशाख ११ गते राष्ट्रिय सभागृहमा पुगेर महिला नेतृ सुर्या थापाको उम्मेदवारी दर्ता गराएको थियो । स्वतन्त्रबाट उम्मेदवारी दिएकी नेतृ थापाको प्रस्तावमा गोबिन्द सिंह थापा र समर्थकमा वसन्तराज ढुङ्गाना (अपत्य शर्मा) रहेका छन । थापाको उम्मेद्वारी दर्ता नम्बर १४ रहेको छ ।
डडेल्धुरा ः
राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका महासचिव लालबहादुर जाग्रीले डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । पर्शुराम नगरपालिका डडेल्धुरामा राजमो समन्वयले विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेल गरेको छ । तालमेलमा गरिएको सहमति बमोजिम राजमो समन्वयको तर्फबाट पर्शुराम नगरपालिकामा मेयरमा महासचिव लालबहादुर जाग्री, २ नम्बर वडाको वडाध्यक्षमा प्रेम साउद, ४ नम्बरको वडाध्यक्षमा रामदत्त जोशी, ८ नम्बरको वडाध्यक्षमा धनबहादुर बोहरा, ८ नम्बर वडाको खुल्ला सदस्यमा वीरबहादुर जाग्री र ८ नम्बर वडा कै महिला सदस्यमा डम्मरा जाग्रीले उम्मेवारी दिएका छन् । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाको अध्यक्ष पदमा राजमो समन्वयका प्रकाश ऐरले उम्मेदवारी दिएका छन् । गन्यापधुरा गाउँपालिकाको वडा नम्बर ४ मा दलजित ऐरले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने नवदुर्गा गाउँपालिका वडा नम्बर १को वडा अध्यक्षमा राजमो समन्वयका तर्फबाट पदमबहादुर ओलीले र अमरगढी नगरपालिका वडा नम्बर १० मा खुल्ला सदल्य पदमा नरेस झुकालले उम्मेदवारी दिएका छन् ।
कास्की ः
आगामी बैशाख ३० गते सम्पन्न हुन गैरहेको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चा समन्वय समितिको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिइएको छ । पोखरा महानगरको मेयर पदको लागि स्वतन्त्र उमेदवारमा युवा जनजाति नेता डिल बहादुर गुरुङ (दिपक)ले राजमो समन्वयका तर्फबाट ११ वैशाखमा उमेदवारी दर्ता गराएका छन ।
नेकपा (मसाल)ले आठौं महाधिवेशनबाट गलत लाइन लिए पछि देखिएको अन्तरविरोधका कारण अल्पमत वा पार्टीबाट निस्कासितहरुले क्रान्तिकारी बिचार रक्षाको लागि राष्ट्रिय भेला नै गरी नेकपा (मसाल) केन्द्रीय समन्वय समिति र मातहतमा खुल्ला मोर्चा राष्ट्रिय जनमोर्चा समन्वय समिति बनाए पछि स्थानीय निर्वाचनलाई उपयोगको कार्यनीति अन्तर्गत शान्तिपूर्ण जनसंघर्षको रुपमा उपयोग गरिएको र त्यसको लागि पोखरा महानगरपालिकाको मेयर पदको स्वतन्त्रे उम्मेदवार राष्ट्रिय जनमोर्चा समन्वयको तर्फबाट आफू उपस्थित भएको उम्मेदवार गुरुङले बताएका छन ।
रुपन्देही ः
राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका सचिवालय सदस्य युवा नेता बाबुराम आचार्य (डिल्लीप्रसाद पाध्य) बुटवल उपमहानगर पालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । बुटवल उपमहानगरको उपमेयरमा राजमो समन्वयका तर्पmबाट युवा वाम नेता डिला रेग्मी उम्मेदवार बनेका छन् । रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नरबहादुर थापा र उपमेयरमा भिमबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।
यसैगरी रुपन्देहीको कञ्चनगाउँपालिकाको प्रमुखमा समन्वयका युवा नेता दिपक पौडेलले उम्मेदवार बनेका छन् ।
राजमो रुपन्देही जिल्ला समन्वय समितिले २०७९ वैशाख १२ गते एक प्रेस वक्तव्य जारी गर्दै जिल्लाका विभिन्न स्थानीय तहहरुको लागि आफ्ना उम्मेदवारले उम्मेदवारी दर्ता गराएको जनाएको छ । अध्यक्ष नरबहादुर थापाद्वारा जारी उक्त विज्ञप्तीमा जनाइए अनुसार राजमो समन्वय समितिले रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नम्बर १ मा पूर्णसिंह सुनारलाई वडा अध्यक्ष, देवेन्द्र आचार्य र प्रकाश सुवेदीलाई खुल्ला सदस्यमा उम्मेदवार बनाएको छ ।
त्यस्तै कञ्चनकै वडा नं. २ मा गंगाधर पौडेललाई वडा अध्यक्षमा, वडा नम्बर ३ मा मनिराम सापकोटालाई, वडा अध्यक्ष भिमबहादुर सिजापति र चतुराखर आचार्यलाई खुल्ला सदस्य र टिका थापालाई महिला सदस्यमा उम्मेदवार बनाएको छ । कञ्चन गाउँपालिकाको ४ नम्बर वडामा डिलमाया फौजाले राजमो समन्वयको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् ।
दाङः
राजमो दाङ जिल्ला समन्वय समितिले स्थानीय निर्वाचनका लागि जिल्लाका विभिन्न स्थानीय तहहरुका लागि आफ्ना उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएको छ । यही बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनका लागि राजमो दाङ जिल्ला समन्वय समितिसँग आबद्ध १२ जना उम्मेदवारहरुले विभिन्न पदमा आफ्नो उम्मेद्वारी दर्ता गरेका छन ।
घोराही उपमहानगर पालिकाको मेयर पदमा राजमो समन्वयका तर्फबाट जनजाति नेता लिला बहादुर (लालध्वज) पुनले र उपमेयरमा महिला नेतृ बसन्ता भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन । राजमो समन्वयका नेता कार्यकर्ताहरुले मनोनयनको पहिलो दिन नै जुलुश सहित निर्वाचन आयोगको कार्यालय पुगेर उम्मेद्बारी दर्ता गराएका थिए । घोराही उपमहानगरपालिकाको मेयर, उपमेयर र ८ वटा वडाका वडाअध्यक्ष पदमा राजमो जिल्ला समन्वय समिति दाङले उम्मेदवारी दर्ता गरेको छ । वडा नम्बर २ मा भक्त बहादुर केसी, ३ मा रोम बहादुर मरासिनी ६ मा सावित्री चौधरी, १२ मा टिङ्गरु चौधरी, १४ मा यमसरी घर्ती, १५ मा बालाराम कालाथोकी, १८ मा मिनु प्रसाद सुवेदी र १९ नम्बर वडामा मङ्गल बहादुर घर्तीले वडाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन् । घोराही उपमहानगर पालिकाको मेयर र उपमेयरका लागि राजमो जिल्ला समन्वय समिति दाङले अन्य सबै दलहरुले भन्दा पहिले बैशाख ३ गते नै आफ्ना उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको थियो ।
दाङ जिल्लाको गढवा गाउँपालिकामा पनि राजमो समन्वयका तर्फबाट उम्मेद्वारी दर्ता गरिएको छ । गढवा गापाको उपाध्यक्ष पदका लागि चन्द्र बहादुर केसीले उम्मेद्वारी दर्ता गराएका छन् भने वडा नम्बर ४ को वडाध्यक्ष पदका लागि मन्जु जिएमले उम्मेद्वारी दर्ता गराएकी छिन । यसरी दाङमा राजमो समन्वयका तर्फबाट कुल १२ जनाको उम्मेदवारी परेको छ । ती सबै उम्मेदवारहरुले आफ्नो उम्मेदवारी स्वतन्त्रबाट दर्ता गराएका छन् ।
बागलुङ ः
नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको विशेष गढको रुपमा मानिने बागलुङ जिल्ला मसाल भित्रको अन्तरसंघर्षको गहिरो असर परेको ठाउँ हो । दक्षिणपन्थी विचार लिएको मसाल नेतृत्वले भिन्न विचार राखेकै आधारमा बागलुङ ढोरपाटन नपा ४ का निर्वाचित वडा अध्यक्ष तिलक पुनमाथि सांघातिक आक्रमण गराउनेदेखि झुटा मुद्दा लगाउने र कांग्रेसमा प्रवेश गरेको कपोकल्पीत निर्णय पार्टी सचिवालयको बैठकबाट गराई वडाअध्यक्ष पद खाली गराउन निर्वाचन आयोगमा निवेदन नै दिने कुकर्मसम्म गरेको थियो । पार्टी नेतृत्वको अमानवीय क्रियाकलापका विरुद्ध दृढतापूर्वक जुध्दै आएका उनै तिलक पुनको नेतृत्वमा बागलुङको ढोरपाटनमा “विद्रोही राजमो” ले नेकपा(एमाले) सँग चुनावी तालमेल गरेको छ । एमाले बागलुङका उपाध्यक्ष लक्ष्मण पुनमगर र राष्ट्रिय जनमोर्चा (विद्रोही समूह) का संयोजक तिलक पुनले एक चुनावी समझ्दारी पत्रमा संयुक्त हस्ताक्षर गर्दै एमालेको चुनाव चिन्ह सूर्यलाई दुवै पक्षले साझा चुनाव चिन्हको रुपमा प्रयोग गर्ने सहमति गरिएको छ । दुई पक्ष बीच त्यहाँ भएको सहमति बमोजिम राजमो विद्रोही पक्षको तर्फबाट ढोरपाटन नगरपालिकाको उपप्रमुखमा तारा कुमारी पुनले, ४ नम्बर वडाको वडाध्यक्षमा तिलक पुनले, ४ नम्बर वडाको खुल्ला सदस्यमा विरेन्द्र श्रीपालीले र दलित महिला सदस्य पदमा कमलाछवि वि.क.ले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सहमति अनुरुप वडा नम्बर २ को खुल्ला सदस्यमा प्रेम चालिसे र वडा नम्बर ९ को महिला सदस्यमा नरमति पुनले विद्रोही राजमोका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । बागलुङको ढोरपाटन नगरपालिकामा उक्त पद बाहेकका अन्य सम्पूर्ण पदहरुमा राजमो विद्रोही पक्षले नेकपा(एमाले) का उम्मेदवारहरुलाई सहयोग गर्नेछ ।
स्थानीय नेता कार्यकर्ताहरुको भावना विपरीत आफैले राजनैतिक दस्तावेजमा वर्गबैरी घोषणा गरेको नेपाली कांग्रेससँग पार्टी नेतृत्वले चुनावी गठबन्धन गरेपछि रुष्ट बनेका राजमो बागलुङका असन्तुष्ट पक्षले जैमिनी नगरपालिकामा पनि छुट्टै उम्मेदवारी दर्ता गराएको छ । जैमिनीमा राजमो बागलुङको असन्तुष्ट समूहबाट मेयरमा जयराम शर्मा र उपमेयरमा कृष्णप्रसाद पौडेल“सञ्जाल” ले उम्मेदवारी दर्ता गराएका छन् । बागलुङ ज्यामिरेघाट काण्डका जिउँदा शहिद रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष दलबहादुर वि.क.ले जैमिनी नगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । जैमिनीकै ७ नम्बर वडाको अध्यक्षमा टंक राना र ६ नम्बर वडाको अध्यक्षमा जीवन थापाले उम्मेदवारी दिएका छन् । राजमो बागलुङका असन्तुष्ट पक्षबाट जैमिनी नगरपालिका वडा नम्बर ७ को खुल्ला सदस्यमा हुमबहादुर नेपाली र दलित महिला सदस्यमा कुमारी नेपालीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्यूठान ः
मसालका महामन्त्री मोहनविक्रम सिंहको गृह जिल्ला प्यूठानमा पनि राजमो समन्वय समितिका तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाको मेयर पदमा विरबहादुर पुन र उपप्रमुखमा ओविराम घर्ती मगरले राजमो समन्वयको तर्फबाट स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् । पुन यस अघिको स्थानीय निर्वाचनमा पनि राजमोका तर्फबाट सोही पदमा चुनाव लडेका थिए र थोरै मतले मात्र पराजित भएका थिए । स्वर्गद्वारी नगरपालिकाको ६ नम्बर वडाअध्यक्षमा समन्वय समितिका तर्फबाट घनश्याम पोख्रेलले उम्मेदवारी दिएका छन् । यस्तै प्यूठानको माण्डवी गाउँपालिकाको वडा नम्बर ३ मा राजमो समन्वयका तर्फबाट दलित महिला सदस्य पदमा रिता सुनारले उम्मेदवारी दिएकी छिन । प्यूठानमा मसाल नेतृत्वले पाँच दलीय गठबन्धन भित्र पनि कांग्रेससँग मात्र चुनावी तालमेल गरेपछि मसाल तथा राजमो कार्यकर्ताहरुमा व्यापक असन्तुष्टि बढेको छ । असन्तुष्ट ती नेता कार्यकर्ताहरुको प्रतिनिधित्व गर्दै प्यूठानका अन्य पालिकाहरुमा पनि राजमो प्यूठानका केही नेता कार्यकर्ताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बुझिएको छ ।
कपिलवस्तु ः
राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वले कपिलवस्तुमा यस अघि आफूले “विखण्डनवादी”को संज्ञा दिएको जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ । राष्ट्रिय जनमोर्चाको क्रान्तिकारी विचार समूह राजमो जिल्ला समन्वय समिति कपिलवस्तुले भने जिल्लामा एकल रुपमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी अभियान अघि बढाएको छ । राजमो जिल्ला समन्वय समिति कपिलवस्तुका अध्यक्ष हिमलाल वाग्ले कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरको उम्मेदवार बनेका छन् भने शिवराज नगरपालिकाको ४ नम्बर वडाअध्यक्ष पदमा कमल खड्काले राजमो समन्वयका तर्पmबाट स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
नवलपुर ः
यसैगरी नवलपुर जिल्लामा राजमो समन्वयका तर्फबाट गैंडाकोट नगरपालिकाको वडा नम्बर ६ मा वडाध्यक्ष पदमा लालसिंह मल्ल र वडा नम्बर १४ को खुल्ला सदस्यमा मेघराज पौडेलले उम्मेदवारी दिएका छन् । गैंडाकोट नगरपालिकाको १६ नम्बरमा वडाध्यक्ष यस अघि राष्ट्रिय जनमोर्चाका गोबद्र्धन ज्ञवाली (गणेश ज्ञवाली) ले जितेका थिए । अहिले मनोनयन दर्ताको पछिल्लो दिन वैशाख १२ गते एक प्रेस वक्तव्य जारी गर्दै राष्ट्रिय जनमोर्चा परित्याग गरेको घोषणा गरेका छन् । राजमो परित्याग गरी गणेश ज्ञवालीले स्वतन्त्र रुपमा गैंडाकोट नगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
अर्घाखा“ची ः
अर्घाखाँची जिल्लामा राजमो समन्वयका तर्फबाट सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकामा नै उम्मेदवारी दर्ता गरिएको छ ।
राजमो समन्वय समितिका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष राजेन्द्र नेपालीले सन्धिखर्क नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । सोही नगरपालिकाको वडा नम्बर ४ मा राजमो समन्वयको तर्फबाट खिमराज भट्टराई र खुल्ला सदस्य पदमा गोकर्ण परियारले स्वतन्त्रमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
स्याङ्जा ः
स्याङ्जा जिल्लाको दोस्रो सदरमुकामका रुपमा परिचित वालिङबजार रहेको वालिङ नगरपालिकामा राजमो स्याङ्जाा अध्यक्ष राजेन्द्र गैरेले पाँच दलीय गठबन्धनबाट विद्रोह गरी मेयर पदमा उम्मेदवारी दिएका छन् ।
“आफैले वर्गशत्रु घोषणा गरेकोसँग घाँटी जोडेर भोट माग्दै हिंड्न मेरो मनले मानेन ।” राजमो स्याङ्जाका अध्यक्ष राजेन्द्र गैरेले भने–“पाँच दलीय गठबन्धनको समर्थनमै गिलास चिन्ह लिएर कुनै उपयुक्त पदमा मलाई उठ्न आग्रह गरिएको थियो । तर त्यो प्रस्ताव स्वीकार गर्न मेरो मनले मानेन र स्वतन्त्रमा वालिङनगरपालिकाको मेयरका लागि आप्mनो उम्मेदवारी दर्ता गराएको छु ।”
तनहु“ ः
पार्टी केन्द्रको दक्षिणपन्थी नीतिका विरुद्ध राजमो तनहुँको सिंगो समितिले विद्रोह गर्दै राजमो केन्द्रीय समन्वय समिति अन्तर्गत परिचालित हुने निर्णय लिएको थियो ।
त्यही राजमो जिल्ला समन्वय समिति तनहुँले जिल्लाको व्यास नगरपालिकाको मेयर पदमा धनबहादुर परियारलाई उम्मेदवार बनाएको छ । यस्तै राजमो समन्वय समितिका तर्फबाट तनहुँको म्याग्दे गाउँपालिकामा सुकबहादुर बुढाथोकीले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् । दुवै उम्मेदवारहरुले वैशाख १२ गते आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।