राहुल गान्धीको मानहानीको निणर्यको पुनरावेदन उच्च अदालतबाट खारेज

असार २२, काठमाण्डौं । भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको मानहानीको पुनरावेदन उच्च अदालत गुजरातले खारेज गरेको छ । सुरत अदालतले २०२३ को मार्चमा सुनाएको दुई वर्षे जेल सजाएको निर्णयको विरुद्ध राहुल गान्धी उच्च अदालत गुजरात गएका थिए ।
उच्च अदालत गुजरातले तल्लो अदालतले गरेको निर्णय सदर गरेको छ । गान्धीले सन् २०१९को कर्णाटकमा लोक सभाको चुनावी अभियानमा मोदी थर भएका व्यक्तिहरु किन चोर जस्ता लाग्छन् ? भनेर बोलेको र यो कुराले सम्पूर्ण मोदी समुदायको मानहानी गरेको भन्दै सत्तारुढ पार्टी, भारतीय जनता पार्टीका विधायक पूणेश मोदीले तल्लो अदालत सुरतमा मुद्धा हालेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित