न्यूयोर्कतर्फ संसदीय टोली

काठमाडौं । संसदीय टोली न्यूयोर्कतर्फ प्रस्थान गरेको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा चार सदस्यीय संसदीय टोली असार २४ गते न्यूयोर्कतर्फ प्रस्थान गरेको हो ।
संयुक्त राष्ट्र मुख्यालयमा आगामी सेप्टेम्बर हुने दिगो विकास सम्मेलनका लागि एजेण्डा तय गर्ने उच्चस्तरीय राजनीतिक मञ्चमा छलफलका लागि भाग लिन त्यसतर्फ गएका हुन् ।
टोलीमा नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा र संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डे रहेको सचिवायलको सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । संयुक्त राष्ट्र मुख्यालयमा हुने छलफल यही आसार २५ देखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित