असार २५ काठमाण्डौ । संसार भरि बाढीले वितण्डा मच्चाएको समाचार छ । लगातार भारीवर्षाको कारण विश्वका प्रमुख शहरहरूमा बाढी आएको छ ।
अमेरिकामा लगातार भारी वर्ष भइरहेको छ । हड्सन भ्यालीमा बाढीले सडक पूरै ढाकेको छ । बाढीले एक जनाको ज्यान गएको छ भने धेरै सङ्ख्यामा हराईरहेका छन् । अमेरिकाको अन्य शहरहरूपनि बाढीले प्रभावित भएका छन् ।
जापानमा पनि बाढी आएको छ । बाढीले एक जनाको ज्यान गएकाे छ । हज्जारौँ प्रभावित बनेका छन् ।
भारतको उत्तराखण्ड, दिल्ली लगायतका स्थानहरूमा भारी वर्षा हुनुका साथै धेरैको मृत्यु भएको छ । सडकहरू जलमग्न भएका छन् र आवागमनमा अवरोध भएको छ ।
त्यस्तै ब्राजिलमा पनि हालत खराब रहेको बताइएको छ । त्यहाँ बाढीबाट एक जनाको मृत्यु भएको छ । यसरी अहिले संसारभरिका स्थानहरूमा भारी वर्षाका साथै बाढी आएको छ ।