मनाइयो १३३ औं मई दिवस

काठमाडौं । श्रमजीवी मजदुरहरुको महान पर्वका रुपमा लिइने अन्तर्राष्ट्रिय श्रमिक दिवस देश तथा विदेशका विभिन्न भागहरुमा विविध कार्यक्रमका साथ मनाइएको छ । विभिन्न वाम तथा कम्युनिस्ट पार्टी एवं टे«ड युनियनहरुको आयोजनामा १ मे २०२२ अर्थात् २०७९ वैशाख १८ गतेका दिन १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको हो । यसै सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट संगठन र व्यक्तित्वहरुको मोर्चा ‘संयुक्त क्रान्तिकारी मोर्चा’ नेपालको आयोजनामा भर्चुअल माध्यमबाट समारोहको आयोजना गरी १३३ औं मे दिवस मनाइएको थियो ।

उक्त  समारोहलाई सम्बोधन गर्दै नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका संयोजक सन्तबहादुर नेपालीले मई दिवसको क्रान्तिकारी स्पीरिटलाई आत्मसाथ गर्दै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनु पर्ने बताए । “मजदुरहरु सचेत नहुँदासम्म मात्र अवसरवादी र प्रतिक्रियावादीहरु सफल हुने हुन् ।  जब मजदुर वर्ग सचेततापूर्वक आन्दोलनको मैदानमा उत्रन्छ तब आफुलाई निकै शक्तिशाली सम्झने तानाशाहहरु पनि झुक्न बाध्य हुन्छन् । मई दिवसले हामीलाई दिएको मुख्य सन्देश पनि त्यही हो ।” समारोहको अध्यक्षता समेत गरेका संयोजक नेपालीले भने–“मजदुर वर्गको काँधमा आफू मात्र होइन सम्पूर्ण जनतालाई मुक्त गराउने जिम्मेवारी छ ।” नेता नेपालीले सम्बोधनका क्रममा देशमा नयाँ ढंगबाट नयाँ सोचका साथ कम्युनिस्ट आन्दोलन अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताए । सच्चा कम्युनिस्ट आन्दोलन नेपालमा र संसारभरी नै अहिले रक्षात्मक अवस्थामा रहे पनि त्यो अस्थायी कुरा भएको भन्दै नेता नेपालीले सच्चा कम्युनिस्ट आन्दोलन कालान्तरमा शक्तिशाली बनेर जाने विश्वास व्यक्त गरे । “संशोधनवादका विरुद्ध अहिले पनि संसारभर लडाई जारी छ । कम्युनिस्ट आन्दोलनभित्रका दक्षिणपन्थी अवसरवादीहरुले पुँजीवाद र साम्राज्यवादका अगाडि आत्मसमर्पण गरिसकेका छन् ।”–संयोजक नेपालीले भने–“हामीले अब नयाँ ढंगले कम्युनिस्ट आन्दोलन अगाडि बढाउने सोंच ल्याएका छौं । विचारमा मात्र होइन अब व्यवहारमै हामी नयाँ सोचका साथ लाग्नु पर्छ ।” सम्बोधनका क्रममा नेता नेपालीले देशको राष्ट्रियता र स्वाधिनताको रक्षा गर्ने जिम्मा पनि इतिहासले देशभक्त तथा जनतान्त्रिक शक्तिहरुको काँधमा सुम्पिएको बताए । “देशको राष्ट्रियता र स्वाधीनता संकटको भुमरीमा फसिरहेको छ । राष्ट्रघाती एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदित गरिएपछि देशको राष्ट्रियता र स्वाधिनता झनै गम्भीर संकटमा फस्न पुगेको छ ।”–संयोजक नेपालीले भने–“संशोधनवादीहरुले देशको राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्दैनन् । इतिहासले देशको राष्ट्रिय स्वाधिनता रक्षाको जिम्मा पनि सच्चा देशभक्त तथा जनतान्त्रिक शक्तिहरुको काँधमा सुम्पिएको छ । इतिहासले सुम्पिएको उक्त जिम्मेवारी अब हामीले पूरा गर्नु पर्छ ।”

समारोहलाई सम्बोधन गर्दै माओवादी आन्दोलनका नेता नारायण शर्माले मजदुर आन्दोलन र कम्युनिस्ट आन्दोलन एक सिक्काका दुई पाटा भएको बताए । सम्बोधनका क्रममा नेता शर्माले मई दिवस मनाउने क्रममा सरकारबाट गरिएको दमन र गिरफ्तारीको निन्दा गरे । देशमा लोकतन्त्र आएको भन्ने कुरा ढोंग मात्र भएको उनले प्रष्ट पारे ।

जनसमाजवादी पार्टीका उपमहासचिव डम्बर विक्रम कार्कीले समारोहलाई सम्बोधन गर्दै दलै पिच्छेका टे«ड युिनयनहरुले मजदुरवर्गका वास्तविक समस्या समाधान गर्न नसक्ने बताए । आफूलाई कम्युनिस्ट भएको दावी गर्ने नेताहरुकै घरमा समेत बालश्रम शोषण रहेको उनले बताए । मजदुरहरुको ज्यालाको वैज्ञानिक मापदण्ड तय गरिनु पर्नेमा नेता कार्कीले सम्बोधनका क्रममा विशेष जोड दिएका थिए ।

अन्टुकका पूर्व अध्यक्ष एवं राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका सचिवालय सदस्य नारायण सापकोटाले समारोहलाई सम्बोधन गर्दै मई दिवस, मजदुरहरुको आन्दोलनले विजय प्राप्त गरेको दिन भएको बताए । विश्वमा साम्राज्यवादीहरुका बीचमा नयाँ द्वन्द्व शुरु भएको बताउँदै नेता सापकोटाले सम्बोधनका क्रममा साम्राज्यवादको चिहानबाट समाजवादको उदय हुने विश्वास व्यक्त गरे । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देव बहादुर लामिछानेले भारतबाट समारोहलाई सम्बोधन गर्दै संयुक्त क्रान्तिकारी मोर्चा नेपालको निर्माणबाट भारतमा रोजगाररत रहेका नेपाली श्रमिकहरुमा नयाँ आशा संचार भएको बताए । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष हिमाल थापाले बेल्जीयमबाट उक्त भर्चुअल समारोहलाई सम्बोधन गर्दै १३२ वर्ष अगाडि मजदुर आन्दोलनले स्थापित गरेको मान्यता नेपाल लगायत विश्वका अन्य कैयौं देशहरुका मजदुहरुले अहिले पनि उपभोग गर्न नपाएको बताए । नेकपा (मालेमा केन्द्र) का अध्यक्ष लक्ष्मण उप्रेतीको संचालनमा अघि बढेको सो भर्चुअल समारोहलाई राष्ट्रिय जनसरोकार मञ्चका राजन तिमिल्ससीना र प्रगतिशील रुपान्तरण आन्दोलनका ज्योतिलाल वनले समेत सम्बोधन गर्दै गई दिवसको महत्वबारे प्रकाश पारेका थिए । समारोहमा पुष्पपाल विचार मञ्चका टेकनाथ पौडेल, नेकपा (समाजवादी) का माधव दाहाल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष स्पेनबाट दुर्गा शर्मा, महासचिव दक्षिण कोरियाबाट विदुर शर्मा लगायतका अतिथिहरुको समेत आतिथ्यता रहेको थियो ।

फरिदावाद  ःमूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदावाद नगर समितिको आयोजनामा १३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । मजदुरहरुको महान पर्व मई दिवस १ मई २०२२ का दिन फरिदावादमा सम्पन्न गरिएको हो । सो मई दिवस समारोहको अध्यक्षता किशन पुनले गरेका थिए । समारोहमा अतिथि आशन ग्रहण पछि सहिदहरूको सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाई भूमिसरा बुढाले स्वागत गरेकी थिइन । सो ऐतिहासिक मई दिवस समारोहलाई सम्बोधन गर्दै शुभकामना दिनेहरूमा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सचिव नारायण शर्मा, अतिथिहरु केन्द्रीय सदस्य थम्मन थापा, मधु भुसाल, विनीमाधव पौडेल र नोयडाबाट कोष प्रसाद शर्मा रहेका थिए । कार्यक्रमको संचालन प्रेम थापाले गरेका थिए ।

इलाहाबाद ः मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ईलाहावाद नगर समितिको आयोजनामा १३३औ मई दिवस दिनांक १ मई २०२२ का दिन ईलाहावाद नेपाली धर्मशालाको हलमा सम्पन्न गरिएको छ । कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष ओम बहादुर थापाले गरेका थिए । अतिथि आशन ग्रहण पछि सहिदहरूको सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाइ पर्शुराम पान्डेले स्वागत गर्नु भएको थियो । ऐतिहासिक मई दिवस कार्यक्रममा शुभकामना दिनेहरूमा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष खिमानन्द न्यौपाने,केन्द्रीय सदस्य पम्फा न्यौपाने, नेपाली धर्मशालाका अध्यक्ष गोपालमणी काफ्ले र उपाध्यक्ष निल बहादुर थापा रहेका थिए । इलाहवादमा कार्यक्रमको संचालन नगर सचिव हरेन्द्र नाथले गरेका थिए ।

चेन्नै ः मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै, पूर्व,पश्चिम, तथा उत्तर, दक्षिण नगर समितिको संयुक्त आयोजनामा १ मई २०२२ का दिन १३३ औ अन्तराष्ट्रिय मजÞदूर दिवस आम सभाको रूपमा चेन्नईको टिनगरमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता चेन्नई दक्षिण नगर अध्यक्ष रन बहादुर थापाले गरेका थिए । अतिथि आशन ग्रहण पछि सहिदहरूको सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाइ शब्दबाट उत्तर नगर सदस्य उमानन्द आचार्यले र संगीत बाट रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए । उक्त मई दिवस समारोहको प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष देव बहादुर लामिछाने रहेका थिए । प्रमुख अतिथि लामिछानेले समारोहलाई सम्बोधन गर्दै मई दिवसको औचित्यताबारे प्रष्ट पारेका थिए । समारोहलाई सम्बोधन गर्दै मइ दिवसको शुभकामना दिने अन्य अतिथिहरुमा मूल प्रवाहका केन्द्रीय महासचिव महेन्द्र बस्याल, केन्द्रीय सदस्य दुर्गा सुवेदी, दयाराम खनाल, अर्जुन के सी, ज्योति नारायण शर्मा, नर बहादुर गुरूङ, विद्यार्थी केन्द्रीय सदस्य नर बहादुर बि क, क्षेत्रीय सदस्य तिलक राम गोराथोकी, क्षेत्रीय सदस्य माया हमाल, क्षेत्रीय महिला विभाग सदस्य लक्ष्मी खनाल, सुनीता बस्याल राम कुमार केसी र नगर सदस्य टिका नेपाली रहेका थिए ।  कार्यक्रममा रक्तिमका कलाकारहरूद्वारा गीत र नृत्य प्रस्तुत गरेर कार्यक्रमलाइ शोभायमान बनाइएको थियो । मई दिवसको उक्त समारोह गर्नका लागि धनराज बिकले हल बुकिंगमा सहयोग गरेका थिए भने पश्चिम नगर सदस्य मनिलाल नेपालीले समारोहमा धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पूर्व नगर अध्यक्ष बोमलाल बसेलले गरेका थिए ।

बेंगलोर ः मुलप्रवाह अखिल भारत नेपाली एकता समाज बेँगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा १३३ औं मई दिवस समारोह बेंगलोरमा भब्य र सानदार रुपमा सम्पन्न गरिएको छ ।

मुल प्रवाह बैंगलोरका सस्थापक सदस्य राम सिंह जिएमको अध्यक्षता र सेर सिह बिकको संचालनमा अघि बढेको कार्यक्रममा विशेष उपस्थिति केन्द्रीय प्रतिनिधि धर्मराम बिक र प्रमुख आतिथ्यता मुल प्रवाहका केन्द्रीय उपाध्यक्ष मदन भण्डारीको रहेको थियो । समारोहमा केन्द्रीय सचिब रामसिह बि.क.,  केन्द्रीय सदस्य तथा हाँक साप्ताहिकका संवाददाता करन दयाल, केन्द्रीय सदस्य किसनबहादुर बिक, केन्द्रीय सदस्य तथा रक्तिम कलाकार गणेश बिक, विद्यार्थी केन्द्रीय सल्लाहकार प्रतिभा बिक, महिला क्षेत्रीय विभागबाट मिना बिक, विद्यार्थी क्षेत्रीय विभागबाट कमला कुमारी बिक, महिला विभाग दक्षिणनगर अध्यक्ष ज्ञानमति बि क उत्तर नगरबाट करन ओलीको समेत आतिथ्यता रहेको थियो । अध्यक्षको आसनग्रहण पछि सहिदहरू प्रति एक मिनेट मौनधारण पश्चात् समारोहमा दक्षिणनगरका सदस्य राम दत्त पाण्डेयले शब्दबाट स्वागत गरेका थिए भने रक्तिम साँस्कृतिक अभियानका कलाकारहरूले गीतबाट स्वागत गरेका थिए । प्रमुख अथितिको आसनबाट बोल्दै मुल प्रवाहका उपाध्यक्ष मदन भण्डारीले अमेरिकाको सिकाँगो शहरमा मजदुरहरूले गरेको आन्दोलन सँसारभरिका मजदुरहरूको लागि आज प्रेरणादायक रहेको बताए ।

त्यसैगरी विशेष अतिथिको आसनबाट बोल्दै केन्द्रीय प्रतिनिधि धर्म रामले मजदुरको आन्दोलन निर्यणयात्मक हुने बताए । सम्बोधनका क्रममा नेता धर्मरामले आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरन्जनको मागलाई मजदुर आन्दोलनले सुनिश्चित गरे तापनि अझै नेपाल लगायतका धेरै देशहरुमा मजदुरहरूका मागहरु पूरा नभएको बताए ।

मुल प्रवाह केन्द्रीय सदस्य तथा हाँक साप्ताहिक बेँगलोरका इन्चार्ज करन दयालले समारोहमा कबितामार्फत् सिकागो शहरमा शान्तिपूर्ण आन्दोलन गरिरहेकै बेला कुनै अज्ञात ब्यक्तिले बम बर्साउँदा त्यहाँको प्रशासनको निर्देशनमा पुलिसले गोली हानी दर्जनांै मजदुरहरूलाई मारेको घटनाबारे प्रष्ट पारेका थिए ।

दक्षिण नगर अध्यक्ष तथा केन्द्रीय सदस्य किसन ब बि क ले मजदुरहरूको एकता भनेको बलियो अटुट कडि भएको बताए । अमेरिकाका मजदुरहरूलाई त्यो बेला अरू देशका मजदुरहरूले साथ सहयोग नदिएको भए आज आफूहरुले यसरी जुटेर सभा गर्न सक्ने अवस्था नआउने बताए ।  समारोहलाई मुल प्रवाहका केन्द्रीय सचिव राम सिह बिक, केन्द्रीय बैकल्पिक सदस्य गणेश बिक, महिला क्षेत्रीय विभागबाट मिना बिक, महिला बिभागबाट ज्ञानमति बिक र उत्तर नगरबाट करन ओलीले  समेत सम्बोधन गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित