सञ्चार क्षेत्रको आवश्यक नीतिगत तथा कानुनी सुधार गरिने

असार २८ काठमाण्डौ । सरकारका प्रवक्ता तथा सुचना तथा प्रविधि मन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको नीतिगत तथा कानुनी सुधार गरिने बताएकी छन्बि । बिहिबार राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि उठेका सवालको स्पष्टीकरण दिँदै मन्त्री शर्माले सो कुरा बताएकी हुन्

मन्त्री शर्माले अहिले सूचना प्रविधिमा विकास भईरहेकोले आर्थिक, सामाजिक, शैक्षिक सबैमा प्रभाव परिरहेको बताउँदै साइबर सुरक्षाको जोखिम अति रहेको कुरामा जोड दिइन् ।अहिले सरकार सामाजिक संजाललाई कानुनी दायरामा ल्याउन प्रयासरत रहेको उल्लेख गरिन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित