रकम भुक्तनीको माग गर्दै निर्माण व्यवसायी आन्दोलित

असार २९ काठमाण्डौ । रकम भुक्तानीको माग गर्दै निर्माण व्यवसायी आन्दोलित भएका छन् । शुक्रबार निर्माण व्यवसायीहरूले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । उनीहरूले काम गरेको रकम तुरुन्त भुक्तनी गर्न प्लेकार्ड बोकेर धर्ना दिएका छन् ।

निर्माण व्यवसायीहरूले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर, मूल्य समायोजन तुरुन्त कार्यान्वयन गर, असार मसान्त सम्म निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर, निर्माण कार्यको म्याद थप गर ! लगायतका नाराहरू लेखेको प्लेकार्ड बोकेर धर्नामा बसेका थिए ।

निर्माण व्यवसायीले धर्नामा अर्थमन्त्री रामशरण महतको राजिनामा सङ्गेट्ट माग गरेका छन् । व्यवसयीले गरेको कामको भुक्तानी रोकेको भन्दै राजीनामा मागेका हुन् । मन्त्रीहरूले निर्माण कार्यको रकम जुनसुकै अवस्थामा प्राप्त गर्दछन् भनेपनि कामको भुक्तानी पाएका छैनन् ।

भुक्तानी नपाउँदा कामदारलाई पारिश्रमिक दिन नपाएको, बैंकहरूले कालो सूचिमा राखेको बताएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित