घोराही उपमहानगरमा छैटौँले संगठन निर्माण अभियान संचालन गर्ने

दाङ, साउन ६ गते  । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैटौं घोराही उपमहानगर समितिको बैठक बसी विभिन्न निर्णय गरेकाे छ ।

भीम बहादुर रावतको अध्यक्षतामा बसेकाे बैठकमा नेकपा (मशाल) जिल्ला सचिव राम बहादुर जिएमको विशेष उपस्थिति रहेकाे थियाे ।

बैठकले विद्यार्थीहरूसङ्ग सम्पर्क बढाउँदै संगठन निर्माण अभियान संचालन गर्नु, देश तथा जनताका पक्षमा विद्यार्थीहरूमा चेतना जगाउने तथा साउन २० गते घोराहीमा नगर भेला गर्ने निर्णय गरेकाे छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित