काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको आगामी अधिवेशन २०७९ जेठ ३ गतेदेखि शुरु हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । नेपाल सरकार मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९÷१÷२५ को सिफारिसमा सम्वत् २०७९ साल जेठ ३ गते मंगलबारका दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’ राष्ट्रपति कार्यालयद्वारा २०७९ वैशाख २५ गते जारी विज्ञप्तिमा भनिएको छ ।
Comments