काठमाडौँ । स्थानीय तह निर्वाचनको मौन अवधि शुुरु हुने पूर्वसन्ध्यामा निर्वाचन आयोगले मौन अवधिमा गर्न नहुने कामहरुबारे सचेत गराएको छ ।
वैशाख ३० गते हुुने गैरहेको स्थानीय तहको निर्वाचनको मौन अवधि २७ वैशाखको राती १२ बजेदेखि सुरु भएको छ ।
आयोगका अनुसार मौन अवधिको समयमा निम्न कार्य गर्न पाइने छैन ।
१)मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नपाइने ।
२) निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नपाइने ।
३) मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।
४) एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत् मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने ।
५) मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने ।