ओलीले गणतन्त्र उल्टाउन खोजेको प्रचण्डको आरोप

धनगढी । पाँच दलीय गठबन्धनको एक प्रमुख घटक नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्र उल्टाउन लागेको गम्भीर आरोप लगाएका छन् । अहिले गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा भइरहेको अध्यक्ष प्रचण्डको दावी छ ।

धनगढीमा २६ वैशाखमा पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले देशलाई २०१८सालमा फर्काउने एमाले अध्यक्ष केपी ओलीको योजना असफल पार्न पाँच दलीय गठबन्धन बनेको बताएका थिए । 

प्रचण्डले एमालेको संसद अवरोध गर्ने कार्यप्रति कटाक्ष गर्दै –सदन चल्न नदिएर देशलाई अन्धकार बनाउन खोज्नेले जनताको आँखामा छारो हालेर चुनाव जित्ने सपना नदेख्न चेतावनी समेत दिएको थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित