काठमाडौँ । पाँच दलीय गठबन्धनको देउवा सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को २०७९ वैशाख २५ गते बसेको बैठकले निर्वाचनको दिन सार्वजनिक बिदा दिने उक्त निर्णय गरेको हो ।
‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९ वैशाख २५ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ –गृह मन्त्रालयद्वारा २०७९ वैशाख २६ मा जारी सूचनामा उल्लेख छ ।
Comments