विप्लवलाई माकेमै आउन आग्रह

लिवाङ । निर्वाचन उपयोगको विषयलार्ई लिएर पार्टी विभाजनको पीडा खेपिरहेका विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)ले माओवादी केन्द्रमै फर्किन आग्रह गरेका छन् ।

‘विप्लवजीले १० वर्षअघि बाटो बिराउनु भएको थियो । अहिले सहीबाटोमा फर्कनु भएको छ’, गृहजिल्ला रोल्पाको सुनछहरी गाउँपालिकाको फगाममा २६ वैशाखमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले भनेका छन्, ‘गणतन्त्र, संघीयताको र सामाजिक न्यायसहितको मूलधारमा, मूल बाटोमा स्वागत छ । अरुका पछाडि लाग्नुभन्दा प्रचण्ड नेतृत्वको मूलधारमा आउनुहोस्, यसमा नलजाए हुन्छ ।’

राजनीतिक उपलब्धिलाई निर्वाचनमार्फत् संस्थागत गर्ने माओवादी नीतिलाई संशोधनवादी र गद्दारीको बाटो भन्दै अर्को पार्टी गठन गरेका विप्लव अन्ततः चुनावी प्रतिस्पर्धामै फर्किएकोमा खुसी व्यक्त गर्दै पुनले आफ्नो पुरानो घर माओवादी केन्द्रमा फर्किन आग्रह गरेका हुन् ।

स्मरणरहोस् रोल्पाका अधिकांश पालिकामा विप्लव समूहले कांग्रेस, एमाले र राप्रपासँग चुनावी तालमेल गरेर स्थानीय तह निर्वाचनमा होमिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित