जापानमा शक्तिशाली भुकम्प

काठमाडौं । जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा ९ मेका दिन ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर इएमएससीले स्थानीय समय अनुसार विहान ११.५३ बजे भूकम्प गएको जनाएको छ । भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाई छ ।

यसैबीच ताइवानको तटीय क्षेत्रमा सोमबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । राजधानी ताइपेईका भवनहरु र टापुभरि कम्पन महसूस गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । यद्यपि क्षतिको तत्काल कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।

ताइवान र वरपरका क्षेत्रहरुमा नियमित रुपमा भूकम्पको चपेटामा पर्ने गरेको पाइन्छ । रासस÷एएनआई

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित