प्रतिगमन कि अग्रगमन ?

मेघराज भट्टराई ••
आज हामी देशको नागरिकलाई जङ्गली युग तिरै लैजाँदै छौ कि आधुनिकीकरण तिर बहसको विषय बनेको छ । २००७ सालतिर संसारभरि उथलपुथल भएको थियो । भारत देश र भारतीय जनता विदेशीद्वारा शासित भएर मुक्ति पाएका चाइनामा जनवादी क्रान्ति सम्पन्न भएको र संसारभरि शोषित उत्पीडित वर्गको मुक्तिको लागि जनता जागेको वस्तुगत अवस्था थियो । हाम्रो देशमा जहानियाँ शासन व्यवस्थाबाट मुक्तिको आन्दोलन पनि शुरु भएको अवस्थामा भारतको चलाखीपूर्ण योजना र नेपाली राजनीतिज्ञहरूमा दास मनोभावनाको कारण हामी त्यो समय विश्वको परिवर्तनमा सामेल हुन सकेनाँै । यहाँको निरङ्कुश व्यवस्थाको अन्त्य यही बसेर यहीका जनतालाई सहभागी गराइ गर्नु पर्दथ्यो । तर यहाँ भारतको विस्तारवादी चिन्तनको प्रभावमा हाम्रा त्यतिखेरका राजनीतिज्ञ नेतृत्व फसे ।

हामीलाई भौगोलिक पीडाको अप्ठ्यारोको कमजोरीलाई भजाउने र आफ्नो अधिनस्त बनाउने काम भारतले १९५० बाट नै शुरु गर्‍यो । यो नै हामीमाथि आजसम्म हुँदै आएको दादागिरी र नेपाल र नेपाली जनताको मुक्तिको बाधक अवस्था हो । चाइना तिर अग्ला हिमश्रृङ्खला हुनु, नाका नखुल्नु, चिनियाँ भाषा हामीले नसिक्नु र अर्को तिर भारतीय सीमा खुल्ला सजिलो सहज गीत, सङ्गीतको माध्यमबाट हिन्दी भाषा बस्ती बस्ती पुग्नु र खुल्ला सिमानाको कारण हामी साना साना बाल्य अवस्था मै घर परिवारको आर्थिक अवस्था सुधार्न भारत कै भुमिमा जानु पर्ने बाध्यता नेपालको प्रगतिको बाधक हो । यो अवस्थालाई हामीले नतोड्ने हो भने हामी कहिलै सार्वभौमिक स्वतन्त्र राष्ट्र हुन सक्दैनौँ । यो त्यति सजिलो भने छैन । किनकि यहाँका ७०% नेता भारत कै चाकडी गरी जीविका चलाऊने गर्दछन् ।

कोही विजेपीका छन् कोही काङ्ग्रेस आइका पक्षधर छन् । यहाँ यही स्थितिलाई बुझेर होला तत्कालीन राजा महेन्द्रले देशको सार्वभौमिकता भन्दामाथि ठूलो केही चिज हुन सक्दैन भन्ने बुझेर नै देशलाई औद्योगिकरणको बाटो लगेको । यहाँ पैसा भारतीय चल्ने शिक्षा भारतीय चल्ने भाषामा भारतीय हस्तक्षेप उत्तरी सीमानामा भारतीय चेकपोस्ट यो काम जहिले जहिले प्रजातन्त्र आउँछ त्यही बेला भारतको नाङ्गो हस्तक्षेप भएको छ । यो हामीले आफुलाई धाट्ने कामबाट मुक्त भएर भन्न सक्नु पर्छ कि भारतको हुकुमा नमान्ने राजा राजपरिवार नेता धेरै दिन बाँच्न सकेको छैन । कुनै एउटा स्थान सङ्घ संस्था निकाय भारतीय हस्तक्षेपबाट मुक्त छ ? छैन । यहाँको आयुर्वेद उत्पादन, यहाँको कृषि क्षेत्र, यहाँको शिक्षा स्वास्थ्य प्रशासन सेना सम्पूर्ण रुपमा हामीलाई टात पल्ट्याउने काम नै भारतीय दलाल माफियाहरूको हो ।

हामीले कुनै खानी संचालन गर्न पाउँदैनौ, हाम्रो बस्ती छेउबाट ठुला नदी बगेर गएका छन् हाम्रो जग्गा बाँझो छ सुक्का छ हामीले हाम्रो जमिन सिचाइ गर्न पाउँदैनौ, हामीले प्रसस्त खेती गरेर आफ्नो देशको आवश्यकता पूरा गर्न खोज्यौ भने उसका दलाल माफियाले हाम्रो कृषि पैदावार किन्न दिँदैन । हाम्रो वन हामीलाई उपभोग गर्न दिँदैन, वनमा काठ कुहिएको गएको छ तर त्यो काठ प्रयोग गरेर यहाँ कुनै उद्यगोग खोल्न दिदैन । हजारौ वर्ष यही देशको उत्पादनले बाँचेका नेपाली हिमाल पारी गएर भोट (तिव्वत) बाट ब्यापार व्यवसायी गरेर जीवन चलाऊने हाम्रा पुर्खाहरू भारतसँग नजिक किन भएनन होला ? कल्पना गरौ त ?

यहाँको राज्य संयन्त्रमा शुक्ष्म व्यवस्थापन गरेर सम्पूर्ण रुपमा भारतमुखी बनाएर हामीलाई कहिलै दुनियाँ सँग हिंड्ने बातावरण नै हुन नदिये पछि हामी सधैं पछौटेपन मै बाँचिरहनु पर्ने स्थिति यहाँ छ । यसको समाधान कसरी हुन्छ अहिले यही विषयमा हामी केन्द्रित हुने समय आयो । हामी सम्पूर्ण नेपाली नागरिक एक ठाउँमा उभिएर भारतसँगको सम्पूर्ण असमान सन्धि सम्झौता खारेर गरेर सिमानाको व्यवस्थापन गरेर निश्चित स्थान बाहेक सम्पूर्ण खुल्ला सिमाना बन्द गर्न आवश्यक छ । हरेक नागरिकले आफ्नो मातृभूमि प्रति आहुति दिनु पर्ने दिन आयो । यहाँ भारतीय दलाललाई चिनेर लखेट्ने समय आयो । यत्तिकै पृथ्वी नारायण शाहले दिव्यपोदेशमा दक्षिणको छिमेकी धुर्त छ यस सँग होसियार गरनु भने को होइन रहिछ । उसको स्वार्थ भन्दा बाहिर कोही गयो भने त्यो व्यवस्था व्यवस्थाका संचालक सबैको भविस्य नै धरापमा पर्ने देखिन्छ । यो बेला देशमा अराजकता मौलाएको छ ।

हिन्दु राज्य अनि राजतन्त्रको मुद्दा उठेको छ । यसमा प्रत्यक्ष वा अप्रत्यक्ष भारतीय खुफिया भूमिका हुन सक्छ । यसमा अजित डोभालले नै सहयोग गरेको अध्ययनले देखाउँछ । सीमानामा हिन्दु मुसलमानको लडाई हिन्दू क्रिश्चयनको लडाईं यो यत्तिकै भएको होइन । हो यहाँ २०४६ सालको अवस्था भन्दा दर्दनाक अवस्थामा छौ । यसको निकास हामी फेरि निरङ्कुश अवस्था मै फर्किनु पर्छ भन्ने सोच ठीक होइन । हरेक मान्छे स्वतन्त्र खोज्छ । तपाईं हामी बुवा आमासँग छुट्टिएर किन अलग बस्छौ कहिलै सोचेका छौ ? बुवाले भनेको कुरा मान्न नपरोस आफ्नो मनमर्जीको मालिक होस तपाईंले गरेको कामको विरोध नहोस भनेर होइन ? किन भन्दा हाम्रो सामाजिक परिवेश यही होइन र छैन र ? यहाँको शिक्षाले यही कुरा सिकाएको छैन र ? अझ तपाईं देश छोडेर जानुको कारण खोज्नु भयो भने य कुरा नै बढी लागु हुन्छ । जीवन चलाऊने समस्याले विदेश जानेको सङ्ख्या नगन्ने हुन्छ ।

आज नयाँ पत्रिकाको खबर हेरे १४ पालिकामा प्रशासकीय अधिकृत महिला भन्ने समाचार छ । आज भन्दा १०० वर्ष पहिलेको कल्पना गरौ त के महिला यो अवस्थामा थिए ? पक्कै पनि थिएनन् । आज उनीहरू राष्ट्रपति सभामुख बने डाक्टर, इन्जिनियर, पाइलट छन् जनप्रतिनिधि छन् यानी कि घरको चुलो चौकोबाट मात्रा होइन राष्ट्र संसार चलाऊन हामी सक्षेम छौ भन्ने प्रमाण दिएका छन यो नै परिवर्तन हो । फेरि सती जानु पर्ने फेरी बुर्खा लगाउनु पर्ने अब कसैले मान्दैन । यो विज्ञानको युग हो । आविष्कर गर्दै मानव जीवनको लागि सहज जिविकोपार्जनको व्यवस्था गर्नु पर्छ । हामीले आफ्नो राष्ट्रको लागि चाहिने उद्योग कारखाना हामी आफ्नो ठाउँमा बनाउनु पर्छ भारतीय दलालहरूलाई किनारा लगाउनु पर्छ । यसको लागि देशभक्त राष्ट्रवादी प्रगतिशिल शक्तिको अग्रगामी मोर्चाको निर्माण र राष्ट्रिय पुँजीपतिको रक्षामा हातेमालो गर्नु पर्‍यो । शिक्षामा व्यापक सुधार सीपमुलक शिक्षा निशुल्क शिक्षा बनाउनु पर्‍यो ।

स्वास्थ्य सेवा बनाउनु पर्‍यो । नैतिकवान, जिम्मेवारी र जवावदेहिताको शिक्षा आजको आवश्यकता हो । यसैले मात्रा हामी सम्पूर्ण नागरिक मानव बन्न सक्ने छौ जातिय विभेद धार्मिक विभेदको अन्त्य गर्न पनि शिक्षामा नै सुधार गर्नु पर्‍यो । यो कोही बाकाबिर एकलैले गर्न सक्दैन । यसको लागि राष्ट्रियता मानवता प्रति समर्पण बनौँ । निश्चित रुपमा म फेरि बालक हुन सक्दैन मेरो गन्तव्य मृत्यु नै हो । राजाको राइती हुने कुरा स्विकार्य हुँदैन । हो राजा नागरिक भएर यो राष्ट्र बचाउन देशभक्तहरू एक ठाउँमा आए स्वागत योग्य कुरा हो । अब मान्छे शासित हुने छैनन कसैले उचालेर उफ्रिँदा खुट्टा आफ्नै दुख्ने छन् याद रहोस् ।

हामीले अग्रगामी पाइला चाल्नु पर्दछ । न कि पछाडि फर्कने काम । अब पछाडि फर्केर राजतन्त्र बोकेर हिंड्न कोहीले सक्दैन । अगाडि बढेको समय र देशलाई पछाडि फर्काउन कसैले सक्दैन । कोशिस गर्नेहरूलाई नेपाली जनताले सफल हुन दिनु हुँदैन । हामीले हाम्रा देशीय र विदेशी शत्रुहरूलाई चिन्न सिक्नु र सक्नुपर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित