क्रान्तिकारी आन्दोलनलाई उचाईमा पु¥याउने प्रण गरौं

गुणनीधि आचार्य

२०३९ देखि प्रगतिशील गीत संगीतबाट प्रभावित भई म संगठनप्रति आकर्षित भएको हुँ । दाजुहरु टंक आचार्य, तारानाथ, शालिग्राम आचार्य लगायतले प्रगतिशील सोचाई राख्ने भएकाले दाजुहरुको प्रेरणाबाट मलाई प्रगतिशील संगठनमा काम गर्न सजिलो भयो । जीवन शर्मा घरमा आउने, गाउँमा गीत संगीतको माहौल हुने भएकाले म सानैदेखि कलाकार बने । २०४४ सालदेखि विद्यार्थी संगठनमा काम गरेर म त्यसबेलादेखि पार्टीमा आबद्ध भएँ ।

२०४५ देखि २०४७ सम्म भारतको हैदरावादमा वामपन्थी युवक मोर्चाको एरिया कमिटीमा काम गरें । हैदरावादमा रहँदा मेरो खेलकुदमा विशेष चासो थियो । नेपाल फर्किएपछि बागलुङको राङखानी माविमा अखिल (छैठौं) को इकाई अध्यक्ष र बागलुङ जिल्ला समिति सदस्य रही काम गरे । २०५४ देखि २०६४ सम्म बाँके जिल्लामा पार्टीका कामहरुमा क्रियाशील रहँे । २०६४ देखि संगठित रुपमा राष्ट्रिय जनमोर्चा बाँकेको कोषाध्यक्ष भए । २०६५ मा नेकपा (मसाल) कोहलपुर एरियाको सेक्रेटरी र २०७० देखि बाँके जिल्ला सदस्य बनँे । २०७२ मा राष्ट्रिय जनमोर्चा बाँके जिल्ला अध्यक्ष भई काम गरें । २०६८ सालदेखि बाँके जिल्लामा मैले हाँक साप्ताहिक पत्रिकालाई अहिलेसम्म व्यवस्थापन गर्दै आएको छु । मसालले हाँक पत्रिका परित्याग गरेपछि मैले बाँकेमा हाँकलाई व्यवस्थापन गरँे । २०७६ भाद्र १८ गते हाँक निस्कियो । नेपालगन्ज एयरपोर्टबाट जगदिश ढकाल र कृष्ण पाण्डेले मेरो हाँक लुकाई दिए । हाँक नबाँड्न अनेक लोभ, लालच धम्की दिए । तर मैले हाँक छोडिन ।

क्रान्तिकारी पार्टी निर्माण गर्दै क्रान्तिकारी शक्तिहरुको ध्रुवीकरणलाई अगाडि बढाउने सन्दर्भमा गत वैशाख १८ गते एकता अधिवेशन गरी वैशाख १९ गते नेकपा (मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको बीचमा पार्टी एकता घोषणा सम्पन्न भएको छ ।

विगतमा मसालमा सँगै काम गरेका साथीहरु रामसिंह श्रीस, परि थापा, केवी गुरुङ, प्रेम सुवेदीसित फेरि एउटै पार्टीमा रहेर काम गर्न पाउँदा खुशी लागेको छ । मोहन वैद्य किरण, सि.पी. गजुरेल, हरिभक्त कंडेलजीहरु सबै पाँचौं महाधिवेशनकालका नेता हुनुहुन्थ्यो । हामी सबैको इतिहास एउटै हो । टुटेको इतिहासको कडीलाई जोड्न सफल भएका छौं । यो हामी सबैको लागि गौरवको कुरा हो । मशालको पुनर्गठन भएपछि पार्टीको नेतृत्व तहमा रहनु भएका सन्तबहादुर नेपाली, कृष्णराज पौडेलजीहरुले कतै ढाँट छल नगरिकन प्रष्ट कुरा राख्दै एकता प्रक्रियालाई ठीक ढंगले टुंगाउने कार्यको सफल नेतृत्व गर्नु भएको छ । हामी सबैले एकता प्रक्रियामा सहभागी हुँदै क्रान्तिकारी आन्दोलनलाई उचाईमा पु¥याउने प्रण गरौं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित