सिंजाली सुर्य थापा
पान्डिचेरी भारत
कला र साहित्य जस्तो छ त्यस्तै प्रस्तुति गर्नेलाई नै कलाकार भनिँँदो रहेछ । आज मेरो आँखाले खोजिरहेको छकि कला के हो ? साहित्य के कुन कलालाई यथार्थ भन्ने हो ? यथार्थ कलालाई पस्किने नै कलाकार भनेजस्तो अनुभव बटुल्ने कोशिस गरिएको छु । यहाँ यथार्थ जनमानसले बुझ्ने सहज तरिकाले जनताले बुझ्ने ,कला कहाँ छ भनी खोजिरहेको छु । यो कला क्षेत्रमा सुमधुर धुनमा गला जोडाउदै आउदाको फरक धेरै नै छ ।भौंतारिएको यात्रामा साझेदार हुन खोजिरहेको अनुभवलाई कोट्याउनु कला र कलाक्षेत्रले सबैमा सन्देश प्रवाह गरिरहेको अनुमान सहजै गर्न सकिने हुन्छ । यो कला क्षेत्र भएको अनुभुति जो कसैले पनि नियालेर भन्न सक्नुपर्ने हुन्छ तर यहाँ फरक छ । नयाँ परिवर्तनको खाँचो बोकेर रचिएको कलालाई कुल्चिनु परिवर्तन विरोधी कला हुन्छ । कला क्षेत्रमा जन भावनालाई समेटिएको कला पस्कनु उचित हुन्छ । हामी कतैबाट तिरस्कार हुन्छौं कि भन्ने मनसायले ग्रसित हुनु हुँदैन । आज यतिधेरै ठाउँमा या देश विदेश धेरै ठाउँमा प्रगतिशील कलाकारहरुबाट परिवर्तनशील कला प्रस्तुति गरेकाछौँ । यसो गर्दा आमूल परिवर्तन भयो कि जस्तो भान भएको हुन्छ तर कुन कला क्षेत्रले सबै खाले मानव समाजलाई सहजिकरण गर्न सक्छ भन्ने बारेमा धेरैको आँखामा कालो वादल मडारिएको अवस्था छ । कला क्षेत्रले कहिलै पनि एकल महसुस गरेको छैन । जहाँ म मेरै नजरले नियालेर बुझ्ने मौका छोपे कि कलाकारसंग म आफैं सहभागी भईरहेको हुन्छु । हामी आफ्नै तालमा आफ्नो प्रस्तुति दिएका हुन्छौ । सामाजिक संजालबाट म आफै नियालेर हेर्दा हजारौंको संख्यामा सजिएको जनमानसको मन भावना कलाकारहरुको सुमधुर धुन र आवाजलाई नियालेर सुनिरहेको देख्दा म सारै खुसीको अनुभव गरेको छु । हामी कस्ले सुन्ला ,कसले पढ्ला भनेर आफ्नो कलाकारिता पस्कने होइन ।हाम्रो लगाव कुन स्तरमा छ भन्ने कुरा प्रमुख कुरा हो । कस्तो कला प्रश्तुत गर्दा हाम्रो उद्देश्य पूरा हुन्छ भन्ने ध्यान दिनु पर्दछ ।हामीले रचेका र गाएका गीत नृत्य नाटकले के छायांकन गरेको छ । नृत्यकारहरुको पोशाकले कसलाई आक्रोशित बनाएको छ भन्ने कुरा नै प्रमुख हुन्छ । कला क्षेत्रले नै जनताको जनसत्ता ल्याउनलाई सहजिकरण गरिरहेकालेहाम्रा रे अरु हरुको कला क्षेत्रमा फरक रहेको छ । २०८१सालको सन्दर्भमा प्रगतिशील तीजि कार्यक्रमलाई पनि लिन सकिन्छ जहाँ हामीले जनताको आवाज र जनताको भावनाले ओतप्रोत गीत नृत्यहरु प्रश्तुत ग¥यौं । रक्तिम संस्कृतिक अभियानका गीतहरु धेरै नै स्थानमा घन्किएका थिए । तर फरक अब हामी नियालेर छुट्टाउनु अनिवार्य छ । जसले दक्षिणपन्थी पतनको बाटो रोजेका छन उनीहरुबाट पनि क्रान्तिकारी गीतहरु त गाएका छन तर फरक वैचारिक धरातलबाट भैसकेको छ कि उनीहरुबाट जनतालाई झुक्याउने काम मात्र भएको छ । आज हामी जस्तो छ त्यस्तै तरिकाबाट आफ्नो प्रस्तुति यथार्थमा जनमानसमा प्रस्तुति गर्दछौं । दुःख सुख सबैलाई छोडेर हाम्रा सुमधुर आवाज संगै रमाइरहेका हुन्छन र नृत्यनाटकबाट कहाँबाट दमन अन्याय अत्याचार भएको छ भन्ने सहजरूपमा बुझ्ने मौका जनताले पाउँछन् ।
त्यसकारण हामी जस्तो छ त्यस्तै प्रस्तुति गर्नुमा अग्रसर हुनुपर्छ जुन कार्यलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र अखिल भारत नेपाली एकता समाजले संचालन गरेको यो सालको तीजि कार्यक्रममा रक्तिमका कलाकारहरुले प्रश्तुती गरेको संस्कृतिक कार्यक्रमले पनि सहजै बुझ्न सकिन्छ ।
जस्तो छ त्यस्तैको वास्तविक यथार्थले पस्केका कोसेलीहरु जुन देशमा रहेका कलाकारले देश बाहिर रहेकाहरुलाई देश भित्र्याउने सन्देश “नेपाली माटोले भन्छ तिमीलाई ,कतै विदेश बसी बिर्सेएउकी गाउँ घरलाई ”र देश बाहिर रहेकालेफर्क भो अब दाजुभाई आफ्नै देश सम्झेर भन्ने नृत्य भाकाहरु प्रस्तुति गरेका थिए। यो नै वास्तविक जस्तो छ त्यस्तै कलाकारहरुको प्रस्तुति यसकारण देश र विदेशबाट र रक्तिम विदेशबाट अखिल भारत नेपाली एकता समाजले संचालन गरेको कार्यक्रममा सहभागी कलाकार साथै आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्नु हुने सबै सबैमा धन्यवाद साथै सम्मान गर्छु ।
अगामिसमयमा पनि यो भन्दा पनि अझै उच्चस्तरीय कार्य जनतासामु आउनेछ यहीँ अठोटका साथ रक्तिम अभिवादन ।समाजमा यथार्थ जस्तो छ त्यस्तै कार्यमा प्रश्तुती गर्ने कोशिस गरौं । कला कारितालाई अगाडि बढाऔं । यसैमा छ सच्चाई । यो सच्चाई बुझेमा संसार परिवर्तनको दिशा निर्देश हुनेछ यो चराचर जगतमा ।