–ऋषि कट्टेल
न्युज २४को सिधाकुरा कार्यक्रममा माओवादी युद्ध खास गरि पुष्पकमल दाहालका बारेमा भारतीय खुफिया एजेन्सी रअ का प्रमुख आरके यादवको अन्तरवार्ता प्रसारण भयो । प्रचण्ड भारतको मित्रहो । उनलाई युद्धकाल भरि रअको सहगोग र सुरक्षामा मध्य प्रदेशको जवलपुरमा राखिएको उल्लेख गरेकाछन ।उनले यति सम्म भनेका छन् कि दाहाल सँग यसलाई इन्कार गर्ने हैसियत छैन । यसले मेरो गम्भिर रुपमा ध्यान आकर्षण गरायो । लगातार भारतका जिम्मेदार मानिसहरुवाट आफ्ना लेखहरु, अन्तरवार्ताहरु र पुस्तकहरुमा समेत माओवादीको युद्ध र शान्ति प्रक्रियामा अवतरण समेत रअ को निर्देशन र सहयोगमा भएको खुल्ला अभिव्यक्ति आएको छ । माओवादीवाट आजसम्म कुनै आधिकारिक खण्डन समेत आएको छैन ।
यो विषय आज मात्र उठेको हैन । तत्कालीन परराष्ट्र मन्त्रि प्रणव मुखर्जी, जनरत मेहता,प्रचण्ड वावुरामले वाजपेयीलाई सहयोगको लागि लेखेको पत्रको सार्वजनिकीकरण,एसडी मुनिको लेख र अभिव्यक्तिहरु अनि सुधिर शर्माले प्रकाशन गरेको र स्वयं दाहालले सार्वजनिक गरेको पुस्तक प्रयोगशाला लगायत भरतीय मिडियामा आएका अनेकन समारचारहरुले माओवादीको सशस्त्र युद्धमा कतै न कतै भारतीय रअको सहयोग,संलग्नता र निर्देशन रहेको पुष्टि हुन्छ ।
यसले जनताको महान वलिदानको उपहास गरिरहेकोछ । समग्र माओवादीको सशस्त्रयुद्धबारे गम्भिर प्रश्न उठेको छ ।सत्य के हो यसवारे स्वयं युद्धमा संलग्न माओवादी कार्यकर्ताहरु र आम नेपाली जनताले जान्न पाउनु पर्द छ । यसर्थ राज्यले उच्चस्तरको राजनीतिक जाँच आयोग गठन गरेर यसको अनुसन्धान गराउनुु पर्दछ ।