हिमाल पारीको देश चीनको उसु गाउँमा नेपाली मजदुर

–नरेन्द्रजङग पिटर
मलाई गत सेप्टेम्बर ९ देखि २२ सम्म हिमाल पारीको देश चीनको छिङ हाई प्रान्तको उसु गाउँको भ्रमण गर्नै अवसर मिलेको थियो । नेपाल –चीन मिडिया सोसाइटीको आयोजनामा हामी पत्रकारहरुको एउटा समुहले चीन भ्रमण गरेका थियौं । हामीले मात्र एउटा छिङहाई प्रान्त भ्रमण ग¥यौं त्यो प्रान्त भ्रमणका क्रममा हामीले नेपाली मजदुरहरुलाई भेटेका थियौं ।

उसु गाउँ निकै रमाइलो विकसित ठाउँ रहेछ । गाउँ भने पनि विकसित शहर जस्तै छ उसु । नेपालको हुम्ला ,उदयपुर ,धादिङ,नुवाकोट र ललितपुरका नेपालीहरु त्यहाँ पुगेको पायौं ।ललितपुरका हाम्रा नेवार दाजुभाइहरु व्यापार गर्न त्यहाँ पुगेका रहेछन्। थाङका मजदुर र क्युरिपको मजदुरको रुपमा नेपालीहरु त्यहाँ काम गर्दा रहेछन् ।क्युरिप भनेको नेपालको स्वयम्भु पाटनतिर बुद्धका मुर्तिहरु कुँदिरहेका हुन्छन् । हो ,त्यो नै क्युरिप हो । उनीहरु त्यहाँ आउने जाने गर्दा रहेछन् । चिनियाँ प्रोप्राइटरहरूको मजदुर भएर उनीहरूले काम गरिरहेका हुन्छन् । उनीहरू नेपालबाट त्यति टाढा पुगेकाछन । रहरले भन्दा पनि रोजीरोटीकै समस्याले पुगेका हुन् । तर उनीहरूका पनि मनमा पक्कै पीडा होला ,जहान केटाकेटी छाडेर त्यहाँ पुगेका छन् । मालिकका अगाडि हामीले उनका समस्या सोध्न पनि सकेनौं । उनीहरूले भन्न पनि सकेनन् ।

छिङगहाई प्रान्त ७० हजार वर्ग कि।मि। मा फैलिएको छ । ५९लाख ६० हजार त्यस प्रान्तको जनसंख्या छ । हान त्यहाँको मुख्य जाति भए पनि अन्य तिब्बती लगायतका जातिहरू छन्। त्यहाँ ५ प्रकारका मुस्लिमहरु छन् ।ताओपंथी , चिनियाँ बौद्धिष्ट, तिब्बती बौद्धिष्ट , कृश्चियन लगायतका समुदायहरु रहेका छन् ।
छिङग हाई ऐतिहासिक र पुरातात्विक सम्पदाले समृद्ध रहेछ । ११ औं शदीका बौद्ध मथ र मस्जिदहरुलाई संरक्षण गरेर राखिएको रहेछ । हामीले त्यहाँ इमा ९इस्लामिक धर्मगुरु ० लाई भेट्यौं ।हामीले ह्वाङहो नदीको किनारमा रहेका हेप्पी भिलेजको भ्रमण ग¥यौं । विश्व विख्यात म्युजियमको अवलोकन ग¥यौं । चिनियाँहरु पुरातात्विक सामग्री संकलन र इतिहासको संरक्षण गरेको देख्यौं ।असाध्यै उत्प्रेरित भयौ ।चीनको सबैभन्दा ठूलो ताल छिङग हाई ताल हो । हामीले त्यसलाई पनि हेर्न पायौं । पर्यावरणको संरक्षण कसरी गर्न पर्दछ भन्ने कुरा त्यो ताल अवलोकनबाट उत्प्रेरित भयौं ।२०१० मा ७।१ रेक्टर भुईचालो जाँदा उसु गाउँ ध्वस्त भएको रहेछ । २ हजार ६ सय भन्दा धेरै मान्छे मरेका रहेछन् । भूकम्पको सम्झनागराउने गरी म्युजियम बनेको रहेछ ।भूकम्पबाट उसु गाउँको म्युजियममा विनास ,उद्धार र आधुनीकीकरण झल्काईएको छ ।पाहुनाहरुलाई स्वागत गर्ने तिब्बती संस्कृति अत्यन्त लोभलाग्दो रहेछ ।त्यहाँ श्रङगचङग गम्पो सहित दुईवटा रानी हरित तारा र भृकुटीको नाम लेखिएको पाइयो ।उसु गाउँ समुन्द्र सतहबाट ४ हजार मिटर भन्दा माथि रहेछ ।

चिनियाँ कम्युनिष्ट पार्टी भित्र प्रतिस्पर्धा भएर स्थानीय तहको नेतृत्व लिँदा रहेछन् । २ वर्ष वेइजिङ विश्वविदालयमा अध्ययन गरेर आएकी एउटी युवतीले उसु गाउँको नेतृत्व गरेकी रहिछन् । चाखलाग्दो के छ भने १९८० पछि जन्मिएका सबै चिनियाँले चिनियाँ भाषा जान्दा रहेछन् ।पश्चिमा मिडियाले फैलाएजस्तो त्यहाँ धार्मिक स्वतन्त्रता नभएको भन्ने रहेनछ । त्यहाँ धार्मिक स्वतन्त्रता छ । तर धर्मलाई राजनीति सित जोड्न पाईदैन त्यहाँ दलाईलामाको नाम लिँइदैन । पाञ्चेन लामाको नाम लिइने रहेछ । उसु गाउँमा हरेक मरेको मान्छेहरुको नाम पत्थरमा लेखेर राख्दा रहेछन् । सबैभन्दा ठूलो सोलार उद्दम पनि त्यही प्रान्तमा रहेछ ।विशाल ,फराकिला , पाटनहरुमा भेडा चौरौ र घोडाका बथानहरु चरिरहेको दृश्य देख्दा “आहा” भन्न मन लाग्यो । थरी थरी का फूलहरु बगैँचा भरी फुले जस्ता देखिने त्यो दृश्य असाध्य मनमोहक थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित