चाडवाड आउँदा गाउँका आफन्तहरुको याद आउँछ

– दुर्गा सुवेदी
मेरो जन्म २०४३ पौष २२ गते  जैमिनी नगरपालिका वाड नं ८ छिस्ती ढाव, बाग्लुङ जिल्लामा  भएको हो ।
विवाह पछि म चेन्नै आएकी थिएँ । २००३ देखि अखिल भारत नेपाली एकता समजमा लागेर निरन्तर संगठनको काम गरिरहेकी छु ।
संगठनमा लाग्न मलाई चेन्नैमाको सांगठनिक वातावरणले प्रेरित गरेको थियो । २००३ तिर चेन्नैमा विशाल संगठन थियो । अखिल भारत नेपाली एकता समाजले नाम बदलेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बनेको थियो । संगठनले भारतमा कार्यरत नेपालीहरूको हकहित र सुरक्षाको प्रत्याभूति गर्दै सबैको हितमा काम गरेको देख्दै म पनि संगठनमा लाग्न पाए भन्ने हुन्थ्यो तर म संग समय थिएन। विस्तारै विस्तारै सगंठनमा जिम्मेवारी वहन गर्न थाले ।
अहिले म अखिल भारत नेपाली एकता समाजकी केन्द्रीय सदस्य तथा महिला विभागकी ईन्चार्ज भएर काम गरिरहेकी छु । संगठनमा लागेर जनताको सेवा गर्न पाउदा आफैलाइ गर्व लागेको छ ।
यतिबेला नेपालीहरु माझ तिहार पर्व आइरहेको छ । देउसी भैलोको तयारी भारत भरी भैरहेको छ । हाम्रो गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको मंसीर १३ देखी २३ सम्म काठमान्डुमा राष्ट्रिय एकता महाधिवेशन हुन गइरहेको छ । त्यसैले हामीले भैलो, महाधिवेशको सहयोगर्थ र प्रचार प्रसारलाई एकै साथ जोडेर अगाडि बढाइरहेका छौं । भारत भरी देउसी भैलो र पर्चा वितरणको काम चलिरहेको छ ।
खास गरी हामीले हाम्रै रक्तिमका गीत गाउँदै आएका छौं । कतै कतै हामीले आफै तयार गरेका गीत पनि छन् । हामीले “के देउ मैले कोसेली दाइलाइ छाउनीमा बसेर रूनीलाइ”, “पैयुँ फूल्दा” “यसपाली त आउन सकिन अर्को साल आउने छु दशैमा” जस्ता रमाइला गीतहरू पनि समावेस गरिएको छ ।
देउसी भैलो नेपालीहरूको तिहार÷दिपावलीमा आयोजना गर्ने प्रचलीत कार्यक्रम हो । देउसी भैलो खेलेर समाज संगठनले आया आर्जन गर्नुका साथै कैयन महत्वपूर्ण सामाजिक कामहरू पनि गरेको ईतिहास छ। हामीले पनि भारतमा देउसी भैलो खेलेर समाजको लागि आया आर्जन गर्छौ। नेपाली कला सस्कृतिको जगेर्ना गर्न र मजदूरहरूको लागि मनोरन्जन भेटघाटको लागि पनि देउसी भैलो खेल्ने गरिन्छ।
भारतमा कतै पहिला सबै मजदूर साथीहरूका कार्यस्थलमा पुगेर भैलो प्रचार प्रसार गरी आर्थिक सहयोग उठाउने गर्छौ त्यस पछि एक ठाउँमा हल बुक गरेर भव्य साँस्कृतिक कार्यक्रम सहित भैलो कार्यक्रमको आयोजना गरिन्छ भने कतै घर घरमा गएर नाचगान सहित भैलो खेल्ने चलन पनि छ ।
देउसी भैलोमा पहिला एक पटक हामी गोर्खा रेजीमेन्टमा गएर गनि खेलेको सम्झना छ ।
तिहार खासगरी दाजु बहिनीको चाड पनि हो । हामी विदेशमा रहेर पनि आफ्नो देशको कला संस्कृतिदेखि आफ्ना बालबच्चाहरूलाई नजिक बनाउनको लागि चाडपर्वहरूलाई प्रगतिशील ढंगबाट मनाउने गर्दछौं । तर चाडवाड आउँदा देशमा रहेका आमावुवा दाजुभाई दिदीवहिनी र आफन्तजनको याद आउँछ । तिहारको अवसरमा सबैलाई हार्दिक शुभकामना भन्न चाहान्छु ।
चेन्नै, भारत

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित