एकता समाजलाई जनतासँग जोड्दै गएको छौं

– रामसिंह वि.क.
मेरो जन्म बैतडी जिल्ला सिल्ङ्गा गाविस वडा नम्बर ३ हाल पाटन नगरपालिका २ सिल्ङ्गा हो । बुबा नरपति कोलि र आमा लक्ष्मी कोलिको कोखबाट २०२९ साल कार्तिक ५ गते मेरो जन्म भएको हो ।
म संगठनमा सन् १९८७ तिर भारतको अमृतसर पंजाबमा आबद्ध भएको हुँ । राम बहादुर नेपालीको हातबाट अखिल भारत नेपाली एकता समाजको सदस्यता लिएको थिएँ । तर म त्यसबेला भर्खर १५ वर्षको उमेरमा प्रवेश गरेकोले संगठनमा राम्रोसँग क्रियाशील हुन सकिन । फेरि १९९३ तिर दक्षिण भारतको बेङ्गलोरमा आएको थिएँ । त्यसबेला जातीय समता समाजको चहलपहल धेरै राम्रो थियो । त्यही देखेर म १३ मार्च १९९३ मा जातीय समता समाजको सदस्यता लिएर काम गरेको थिएँ । त्यसबेला जनरोशनी साँस्कृतिक परिवारमा समावेश भए । अहिलेसम्म पनि संगठनमा काम गरिरहेको छु ।
अहिले म अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव तथा रक्तिम साँस्कृतिक केन्द्रीय विभाग भारतको संयोजकका साथै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय एकता महाधिवेशन समितिको सदस्य समेत रहेर भारतमा छरिएका श्रमजीवि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकता समाजमा संगठित गर्दै हिंडिरहेको छु ।
भैलोमा हामीले जनवादी गीत र केही देउसीसम्बन्धी देशको मौलिकतासित मेल खाने, कुनै समुदायलाई आँच नआउनेगरी गीतमा नाँच गान गरी गाउने गरेका छौ । साथै आफ्नै मौलिकतामा आधारित गीत रक्तिम साँस्कृतिक अभियानका गीत गाउँछौँ जस्तै ःझिलिमिलि सबैको घर । वर्ष दिनको रमाइलो तिहार । यस्तै खालका गीत गाउने गरेका छौं ।
देउसी भैलो नेपालीहरुको दोस्रो महानचाड हो । खासगरी धार्मिक रुपमा यसलाई छुट्टै प्रकारले मनाउने गरिन्छ तर हामी प्रगतिशील पक्षधर साथीहरुले भारतमा रहेका नेपाली दाजुभाइहरुलाई संगठित गर्ने र विभिन्न गलत बाटोमा हिंडेहरुलाई सही बाटोतिर डो¥याउनुका साथै भैलोको माध्यमबाट सबैको घरघरमा गएर भेटघाट हुने हुँदा भैलो प्रगतिशील रुपमा खेलिन्छ ।
हामी अखिल भारत नेपाली एकता समाजको झण्डामुनि देउसी–भैलो खेल्दै आएका छौं र अहिले पनि त्यही रुपमा खेल्दैछु साथै जहाँ जे सम्भावना हुन्छ त्यहाँ त्यही हिसाबले खेल्छौं तर यहाँ भनेजतिको सजिलो छैन भैलो खेल्न धेरै कठिनाइ पनि छन् तर हामी हरेक वर्ष भैलो खेलिरहेका छांै ।
अखिल भारत नेपाली एकता समाज नेपालीहरुको विश्वविद्यालय भएको हुनाले यसबाट शिक्षा लिएका साथीहरु जुनसुकै चुनौतीको सामना गर्न तयार छन् । अरु भन्दा पहिला भैलो खेल्दा नेपालबाट कलाकारहरु मगाएर खेलिन्थ्यो भने अहिले भारत नै सयौं जान कलाकारहरु छन् । तर उनीहरुलाई जनवादी कला, साहित्य, संस्कृतिमा बाँड्न अलि चुनौती भने छ । मेरो मनमा लागेको र सम्झना आएको कुरा एउटा कुरा के छ भने बेङ्गलोरमा मादल र हारमोनियम विना थपडी लगाएर भैलो खेलेका थियौं ४ दिनसम्म ।यसरी समग्रमा भन्नू पर्दा जुनसुकै अप्ठ्यारोलाई पनि सहेर देउसी भैलो भने हामीले हरेक वर्ष खेलिरहेका छौं ।
देउसीको बेला नेपालमा रहने दाजुभाई दिदीबहिनीहरुलाई भारत प्रवासको भूमिबाट के सन्देश प्रवाह गर्न चाहन्छु भने भैलो देउसी खेल्ने नाममा विभिन्न प्रकारका नशालु पदार्थ सेवन गरी देश र जनतालाई असर गर्ने काम नगर्नु साथै देशमा मौलाउँदै गइरहेको विकृति र छाडा प्रकारका गीत, संगीततिर ध्यान नदिई जनवादी तथा प्रगतिशील प्रकारका गीत जसले समाज विकासमा टेवा पुग्ने गीत संगीतमा नाचगान गरी देउसी भैलो मनाउन होला भन्ने कामना सहित २०८१ साल दिपावलीको सम्पूर्ण देशवासीहरुमा हार्दिक मंगलमय शुभकामना ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित