हेटौडा उपमहानगरपालिकाको कार्यालयमा यस्ता दुई सेट मुडाको कुर्ची र टेबुल राखिएको छ । यी कुर्ची र टेबुल भिमफेदी कारागारका बन्दीहरूले तयार गरेका हुन् । नगरपालिकाका कर्मचारी भिम खत्रीका अनुसार दुई सेट सामग्रीलाई ५० हजार रुपैयाँमा खरिद गरिएको हो । स्थानीय उत्पादन र सीपलाई सबैले यसरी नै प्रबर्द्धन गर्ने तिर ध्यान दिएमा देश निर्माणमा योगदान पुग्ने थियो ।
Comments