मशालद्वारा किसानका समस्या तथा भ्रष्टाचार विरुद्ध एकजुटहुन अपील

काठमाडौँ, २९, साउन । नेपाल कम्युनिष्ट पार्टी (मशाल)ले देशमा प्राकृतिक विपद, किसानका समस्या, विभिन्न भ्रष्टाचार, सुनकाण्ड, साम्राज्यवादीहरूको प्रभाव बारे जनतालाई सजग हुन तथा सङ्गठित हुन आह्वान गरेको छ । मशालका महासचिव सन्तबहादुर नेपालीद्वारा २०८० साउन २९ गते जारी गरिएको वक्तव्यमा उक्त कुरा जनाइएको छ ।

वक्तव्य “हाम्रो पार्टी सरकारको जनविरोधी, राष्ट्रघाती तथा गैर जिम्मेवार कार्यको विरोध गर्दछ र किसान लगायत आम जनताका समस्या समाधान गर्नका लागि माग गर्दछ” भनिएको छ । वक्तव्यमा ठूला नेताहरूको नाम भ्रष्टाचारमा आउँदा पनि तिनीहरूलाई कारवाही नगरिएकोमा विरोध प्रकट गर्दै भनिएको छ “गृहमन्त्रीले पार्टीका ठूला नेताहरूको नाम ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुन तस्करीमा जोडिएको सार्वजनिक भई सक्दा पनि उनीहरूलाई कुनै कार्वाही शुरु गरेका छैनन् । पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री, पूर्व मन्त्रीहरू, पूर्व उपराष्ट्रपति, पूर्व सभामुख र मन्त्रीहरू लगायत दर्जनौँ नेताहरूलाई आजसम्म सिआइबीले समात्न सकेको छैन ।”

वक्तव्यमा देशको वर्तमान अवस्थाबारे विश्लेषण गर्दै भनिएको छ “दलाल शासकहरूले सत्ता टिकाउनका लागि महङ्गी, भ्रष्टाचार, तस्करी, मानव तस्करी, कमिशनखोरी, माफिया गिरी तथा राष्ट्रघातलाई अझै अगाडि बढाउनेछन् । त्यसको परिणाम देश पराधीन हुनेछ, राष्ट्रको अस्तित्व मेटिनेछ ।”

महासचिव नेपालीद्वारा जारी वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

“सरकारको उपेक्षामा पर्दै आएको किसान वर्ग अहिले आर्थिक तथा प्राकृतिक विपदको मार खेपिरहेको छ । लाखौँ पशुहरू लम्पी स्कीन रोगबाट मरिरहेका छन् । देशका दुर दराज क्षेत्रसम्म जनता डेङ्गु र आँखा पाक्ने रोगबाट पीडित छन् । लामो खडेरीले गर्दा समयमा किसानले धान रोप्न पाएनन् । मल, विउ, सिञ्चाई आदिको अभावले गर्दा किसानहरूको यो वर्ष राम्रो उत्पादन हुने स्थिति देखिंदैन । वर्षा सुरु भएपछि बाढी पहिरो र डुवानका कारण हजारौ जनताले सास्ती व्यहोरी रहेका छन् । तर सरकारको त्यसतर्फ ध्यान गएको छैन । सरकार आफ्नो सत्ता टिकाउने खेलमा लागिरहेको छ । प्रतिपक्षको मागलाइ निर्ममतापुर्वक दवाउन खोज्दा लामो समयदेखि संसद निरन्तर अवरुद्ध छ । त्यसकारण संसदमा जनताका समस्याहरूबारे कुनै प्रश्न उठ्न पाएको छैन । कृषि प्रधान देश भनिए तापनि सरकार किसानको समस्यालार्ई बेवास्ता गरेको छ । तस्करी, भ्रष्टाचार, सुदखोरी, कमिसन खोरीका काण्डहरूलाई मिलाउने नाममा खाली तमाशा गर्नमा तल्लीन छ । हाम्रो पार्टी सरकारको जनविरोधी, राष्ट्रघाती तथा गैर जिम्मेवार कार्यको विरोध गर्दछ र किसान लगायत आम जनताका समस्या समाधान गर्नका लागि माग गर्दछ ।

अहिले देशमा एकपछि अर्को गरेर अनेकौँ प्रकरणहरू उठिरहेका छन् । ती प्रकरणहरू मध्ये नक्कली भुटानी शरणार्थी, ललिता निवास र पछिल्लो समयमा सुन तस्करी प्रकरण अगाडि आएको छ । यी प्रकरणहरू अहिले अचानक देखिएका होइनन् । लामो समयदेखि प्रतिकृयावादी सत्तामा बस्नेहरूले आफूलाई सम्राट सम्झने र जनतालार्ई रैति बनाएर गर्दै आएको अपराधको परिणाम हो । अहिले अतिसार भएपछि मात्र बाहिर सार्वजनिक भएको हो । यसभन्दा अगाडि शासकहरूका कुनै अपराधबारे प्रश्न उठिहाल्यो भने सत्ता पक्ष र प्रतिपक्ष मिलेर दवाउने काम गरेका थिए । अहिले गृहमन्त्री नारायण काजी श्रेष्ठले प्रहरीलाई स्वतन्त्र ढङ्गबाट छानवीन गर्न हौसला प्रदान गरेका छन् । प्रहरी सक्रिय भएको छ र सफलता प्राप्त गर्दै गएको छ । हाम्रो पार्टी गृहमन्त्रीको यो सकृयतालाई सम्मान गर्दछ । तर स्थिति के देखिएको छ भने गृहमन्त्रीले पार्टीका ठूला नेताहरूको नाम ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुन तस्करीमा जोडिएको सार्वजनिक भई सक्दा पनि उनीहरूलाई कुनै कार्वाही शुरु गरेका छैनन् । पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री, पूर्व मन्त्रीहरू, पूर्व उपराष्ट्रपति, पूर्व सभामुख र मन्त्रीहरू लगायत दर्जनौँ नेताहरूलाई आजसम्म सिआइबीले समात्न सकेको छैन । सीआईवीले नसमात्नुमा सरकारले सीआइवीलाई त्यो अधिकार दिएको छैन भन्ने कुरा जो कसैले पनि बुझ्न सकिने कुरा हो । सरकारले सीआईवीलार्ई अधिकार पनि नदिने र चारैतिरबाट उच्चस्तरीय छानवीन समिति गठन गरी अपराधीलार्ई कठघरामा उभ्याउनु पर्ने आवाज उठिरहँदा त्यसलाई पनि इन्कार गरिरहने हुँदा सरकार यी प्रकरणका नाइकेहरूलाई पक्रन नचाहेको कुरा प्रष्ट छ । सरकार यी प्रकरणहरूका अपराधीहरूलाई कुनै नौलो विधि तयार गरेर उम्काउन चाहन्छ ।

विश्वव्यापी रूपमा साम्राज्यवाद तथा पूँजीवाद सङ्कटको अवस्थामा छ । त्यो सङ्कट बाहिरबाट होइन, आन्तरिक समस्याको कारणबाट हो । उसले पूँजीवादी सङ्कटलाई जति टाल्न उपाय खोजे पनि सकेको छैन र सक्दैन । नेपालको सन्दर्भमा जनताको महान जनआन्दोलन मार्पmत सामन्त, दलाल र नोकरशाही पूँजिपति वर्गको सत्ताको अन्त्यगरी जनवादी सत्ता स्थापित गर्न चाहेको भएपनि देशी विदेशी प्रतिकृयावादी सक्तिहरूको षडयन्त्रबाट लोकतान्त्रिक गणतन्त्रको नाममा दलाल नोकरशाही पूँजीवाद स्थापित हुन गयो । अहिलेको दलाल नोकरशाही पूँजीवादी सत्ताले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, अखण्डता माथिको सौदावाजी र नेपाली शोषित पीडित जनतामाथि दमन र लुटपाट गरेर आप्mनो प्रतिकृयावादी चरित्र देखाएको छ । त्यसैले यो दलाल नोकरशाही पूँजीवादी सत्ता जति लामो समयसम्म टिक्छ, त्यसले देशमा नव औपनिवेशिकरणलाई झन बलियो बनाउनमा नै उद्धत रहन्छ । दलाल शासकहरूले सत्ता टिकाउनका लागि महङ्गी, भ्रष्टाचार, तस्करी, मानव तस्करी, कमिशनखोरी, माफिया गिरी तथा राष्ट्रघातलाई अझै अगाडि बढाउनेछन् । त्यसको परिणाम देश पराधीन हुनेछ, राष्ट्रको अस्तित्व मेटिनेछ । शासकहरूले जनताको आक्रोशलाइ तत्कालका लागि साम्य पार्न केही साना सुधारका काम गरे जस्तो गरेर जनतालाई दलाल पूँजीवादप्रति विश्वास दिलाउन चाहन्छन् । तर यथार्थमा यो उनीहरूका लागि सम्भव छैन । अहिलेको प्रकरणमा नारायणकाजी श्रेष्ठले केही सकृयता देखाए पनि यो दलाल पूँजीवादी व्यवस्थामा यस प्रकारका काण्डहरू अन्त्यहुन सक्दैनन् र ती काण्डहरू हिजो पनि थिए, आज पनि छन् र भोलि पनि रहने छन् । त्यसकारण अहिले देखिएका प्रकरणहरूमा केही व्यक्तिहरूलाई कार्वाही भयो भने पनि यस प्रकारका अपराध रोकिदैनन् । किनकि यी सबै अपराधहरू सत्तामा बस्ने शासकहरूले नै सुरक्षित, संरक्षित र व्यवस्थित ढङ्गले सञ्चालन गराउँदै आएका छन् र गराई रहनेछन् ।

मूल अपराधीहरूलाई कार्वाहीका लागि जनताबाट अझ ठूलो दवावको आवश्यकतालाइ बढाउँदै यो सामन्त, दलाल र नोकरशाही पूँजीपति वर्गको राज्यसत्ताको अन्त्य र नयाँ जनवादको स्थापनाका लागि जनता उठनु पर्ने बेला आएको छ । हाम्रो पार्टी सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरूलाई उच्चस्तरको सङ्घर्षका लागि एकजुटहुन अपील गर्दछ ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित