विमल शर्मा
गतांकबाट क्रमश….
अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन
१. राजनैतिक मसौदा प्रतिवेदन २०५० को पेज १० को बुँदा १३ मा “पूँजिवाद भित्रको आधारभूत अन्तरविरोध” शिर्षकलाई पारित प्रतिवेदनको पेज १२ मा बुँदा नं. १६ बनाई “कम्युनिष्ट होइन, पुँजीवादको पतन निश्चित ” बनाइएको छ ।
२. राजनैतिक मसौदा प्रतिवेदन २०५० को पेज १० को बुँदा १४ पछि मसौदामा नभएको “रिम” शिर्षकमा १८ नं. बनाइ कैयौं बाक्यहरुलाइ तल माथि बनाइको छ भने, मसौदामा नभएको तर पारित प्रतिवेदनको पेज १३ मा हद सम्म उपयोगि बनेको छ पछि “आज “रिम”को यसप्रकारको सकारात्मक योगदान र भूमिकाको चर्चा गर्ने बेलामा त्यसमा देखापरिरहेका कम्जोरी र सम्भावित भटकाव प्रति पनि हामिले आप्mनो ध्यान हटाउनु हुन्न ।
“रिम” को गत विस्तारित बैठकले त्यसको पहिलो सम्मेलनमा पारित घोषणापत्रमा पारित माक्र्संवाद–लेनिनवाद–माओतुङ्ग विचारधारामा संशोधन गरेर त्यसका ठाउमा “माओवाद” लाई अपनाएको छ । त्यसका साथै त्यो बैठकले स्टालिन र स्वयं माओत्सेतुङ्ग दुवैको, आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगलाई “लेनिनको युग हो र लेनिनवाद आजको युगको माक्र्सवाद हो” भन्ने सैद्धान्तिक व्याख्यालाई पनि संशोधन गरेको छ । “रिम”को बैठकले गरेका त्यस प्रकारका संशोधनहरूवाट त्यो (रिम) माक्र्सवाद–लेनिनवाद –माओत्सेतुङ्ग विचारधाराका मूल सिद्धान्तहरूबाट हट्ने र त्यसरी भटकावको शिकार हुने खतरा उत्पन्न भएको छ ।”
“माओवाद” ले स्टालिन र माओले व्याख्या गरेको आजको युग लेनिनको युग भएकोर लेनिनवाद नै आजको युगको माक्र्सवाद भएको सैद्धान्तिक मान्यताहरुको खण्डन गर्दछ । “माओवाद” को लेनिन युगको स्थान माओको तेस्रो युगले लिएको वा, त्यसकारण, बदलिएको स्थितिमा पहिले स्टालिन र माओले स्वीकार गरेको लेनिनवादको पथ प्रदर्शक सैद्धान्तिक आधारलाई कमजोर पार्ने गलत सोचाईहरुवाट विश्वको तात्कालिक क्रान्तिकारी आन्दोलन नीतिहरुको निर्धारणमा गम्भीर प्रकारका गल्तिहरू हुने खतरा भएको कुरा प्रष्ट छ । माओत्सेतुङ्ग विचारधाराको पथप्रदर्शनको अभावमा आज विश्व कम्युनिष्ट आन्दोलन सही क्रान्तिकारी माक्र्सवादी लेनिनवादी दिशामा अगाडि बढ्न सक्दैन । तर लेनिनवादको त्यसप्रकारको पथ प्रदर्शक सैद्धान्तिक आधारको अवमूल्यन भए पछि माओत्सेतुङ्ग विचारधाराले त्यस प्रकारको क्रान्तिकारी भूमिका खेल्न सक्दैन, त्यो (माओत्सेतुङ्ग विचारधारा) लंगडो बन्दछ र आज “माओबाद” ले त्यसलाई (माओ विचारधारलाई) त्यही प्रकारले कमजोर पारेको छ । त्यस प्रकारका गलत सोंचाईहरू “रिम”ले अपनाएका कैयैंं राजनैतिक प्रश्नहरू, जस्तो कि विश्वको मुख्य अन्तविरोध, सशस्त्र संघर्ष, जन आन्दोलन, चुनाव, संगठनात्मक पद्धति, कार्यशैलि आदिमा प्रकट हुंदै गैरहेका छन्, र त्यसले गर्दा त्यसभित्र कतिपय गैर माक्र्सवादी लेनिनवादी पार्टी र संगठनहरूको प्रवेशको सम्भावना पनि बढेर गएको छ । स्वयं नेपालबाट त्यसप्रकारको एउटा संगठनको प्रवेशले त्यो कुरा पुष्टि गरेको छ ।”
“हाम्रो पार्टीले “रिम” मा देखापरेका त्यस प्रकारका कमजोरीहरूका विरुद्ध दुई लाइनको संघर्ष चलाउँदै त्यसको एकतालाई मजबुत पार्न आप्mना प्रयत्नहरुलाई कायम राख्ने छ । तर यसप्रकारको दुई लाइनको संघर्षका सन्दर्भमा हामीले एउटा अर्को पक्षको पनि चर्चा गर्न चाहन्छौ । “रिम” प्रथम विभिन्न मार्सवादी लेनिनवादी पार्टी वा संगठन हरूको विचार र अनुभवहरुको आदान प्रदान र पारस्परिक विचार विमर्शको एउटा मंच मात्र भएकाले र, द्वितीय, “रिम” भित्र त्यसको स्वीकृति प्राप्त सिद्धान्त वा विचारहरूका विरूद्धका मतभेदहरुलाई पनि खुला रुपले लैजाने प्रचलन रहेकाले, जस्तै कि रिमको घोषणा पत्र अनुसार, माओत्सेतुङ्ग विचारधारा त्यसको स्वीकृत सिद्धान्त भएको बेलामा पनि “माओवाद” मान्ने “रिम” भित्रका पार्टीहरुद्वारा त्यसको (माओसेतुङ्ग विचारधाराको) आलोचना हुने गरेको परम्पराको पृष्ठभूमिमा हाम्रो पार्टीले त्यस (रिम) सित सम्बन्धित दुई लाईनको संघर्षलाई खुला र सार्वजनिक रूपले लैजाने आफ्नो अधिकारलाई सुरक्षित राख्दछ । हाम्रो पार्टीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा संधैं नै सिद्धान्त, समानता र सर्वहारा अन्तर्राष्ट्रवादका आधारमा भाईचारा सम्बन्धमा जोड दिदै आएको छ र त्यसमा कुनै पनि प्रकारको पिछलग्गुपन वा अन्धानुकरणको विरोध गर्दै आएको छ । “रिम” वा त्यसमा सामेल विभिन्न माक्र्सवादी लेनिनवादी संगठनहरूसित पनि हामीले तिनै सिद्धान्तहरुका आधारमा आफ्नो सम्बन्धलाई अगाडि बढाउने र सुदृढ पार्ने कुरामा जोड दिन्छौं ।” यसरी वाक्यहरु थपिएका छन् ।
राष्ट्रिय परिस्थिति
१. राजनैतिक मसौदा प्रतिवेदन २०५० को पेज १७ र १८ का बुँदाहरु (२३ महिला समस्या, २४ खस जातिको प्रभूत्व, २५ छुवाछुत समस्या र २६ तराइका जनताको स्थिति ) सम्बन्धि सबै निम्न अनुसारका बुँदाहरु हटाइएको छ ।
महिला समस्या,
“महिला समस्या–यो महाधिवेशनमा हामीले महिला, जनजाति, दलित जाति, अल्पसंख्यक जाति तराईका मूल वासिन्दाको स्थितिमाथि गंभीरतापूर्वक विचार गर्नु पर्ने आवश्यकता छ । वास्तवमा राणाकाल देखि नै उनीहरुलाई द्वितीय श्रेणीका नागरिक मानिदै आएको छ । पंचायती तानाशाही व्यवस्थाको अन्त पछि पनि त्यो अवस्थामा कुनै अन्तर आएको छैन । सरकारले उनीहरुको अवस्थामा सुधारकालागि कुनै उल्लेखनीय कदम चालेको छैन । समाजमा अहिले पनि मूलरूपमा महिलाहरुमाथि पुरुषको प्रभुत्व कायम छ । महिला माथि भेदभाव गर्ने कानूनहरु अझै पनि प्रचलित छन् । महिलाहरुलाई पुरुष सरह अधिकार प्रदान गर्नकालागि सरकारले कुनै ठोस कदम उठाएको छैन ।”
खस जातिको प्रभूत्व
“खस जातिको प्रभूत्व– हाम्रो देशमा कैयौं जातिहरु बस्दछन् । उनीहरुका बेग्ला–बेग्लै भाषा, संस्कृति र धर्म छन् । देशमा खस, जो शोषक जाति हो, को भाषा, संस्कृत वा धर्म (हिन्दू धर्म) लाई नै राज्यको भाषा, संस्कृति वा धर्मका रूपमा स्वीकार गरिएको छ । बताइरहनु पर्ने आवश्यकता छैन कि सरकारको त्यस प्रकारको नीति सांप्रदायिक नीति हो, जसले एउटा जातिको मात्र पक्ष लिएर अरुलाई दबाउंछ वा उपेक्षा गर्दछ । सरकारको त्यस प्रकारको सांप्रदायिक नीतिले देशका विभिन्न जातिहरु बीचको एकता तथा देशको अखण्डतामा पनि नकारात्मक असर परेको छ । जनजाति वा अल्प संख्यक जातिका भाषा, संस्कृति वा धर्म प्रति समान नीति, उनीहरुका भाषा, संस्कृति वा जीवनको अवस्थामा सुधारकालागि ठोस कार्यक्रमहरु तथा स्वायत्त शासनको अधिकार प्रदान गरेर नै उनीहरुलाई समान दर्जा प्राप्त हुन सक्छ र वास्तविक अर्थमा समान दर्जा मिल्न सक्ने छ ।”
छुवाछुत समस्या
“छुवाछूत समस्या– कानूनतः छुवाछुत प्रथालाई पंचायती तानाशाही व्यवस्थामा नै खतम पारिएको थियो । तर समाजमा व्यवहार र प्रचलनमा आज पनि देश भरी व्यापक रूपमा छुवाछुत प्रथा विद्यमान छ । वास्तविक अर्थमा छूवाछुतको भेद हटाउन र दलित जातिका जीवनको अवस्थामा सुधारकालागि प्रभावशाली कार्यक्रम आवश्यक छ तर सरकारले त्यसकालागि कुनै ध्यान दिईरहेको छैन वा उनीहरुका हित र अधिकारहरुको संरक्षणकालागि पंचायती व्यवस्थाका तुलनामा कुनै नयां कदम उठाइएको छैन ।”
तराइका जनताको स्थिति
“तराईलाई नेपालका शासक वर्गले एक प्रकारले आप्mनो उपनिवेश ठान्दै आएका छन् र त्यो सामन्ती दृष्टिकोण आज पनि मूल रुपमा कायम छ । सरकारका प्रतिक्रियावादी नीतिका कारणले खालि तराईका जनताको भाषा र संस्कृतिमा बाधा पुगेको छैन, तर एकातिर, नेपालको पहाडी क्षेत्र र भारतवाट ठूलो संख्यामा भै रहेको जन संख्याको अतिक्रमणले तराईका मूल वासिन्दाहरुको जमीनमाथिको स्वामित्व ठूलो मात्रामा समाप्त हुँदै गैरहेको छ र उनीहरु भूमिहीन किसान, खेत मजदूर वा अर्ध दासमा बदलिदै गैरहेका छन् । त्यो अवस्थामा तराईका जनताको भाषा र संस्कृतिको संरक्षण र विकास जमीनमाथिको उनीहरुको स्वामित्व वा स्वायत्त शासनको अधिकार उनीहरुका तात्कालिक न्यूनतम आवश्यकताको पूर्तिको अवसरबाट वंचित भएका छन् ।”
२. राजनैतिक मसौदा प्रतिवेदन २०५० मा नभएको पारित राजनैतिक प्रतिवेदन २०५१ को पेज २० मा बुँदा २५ मा “जेलको अवस्था” र बुँदा २६ मा “समाज सुधार आन्दोलन” बनाएर निम्नअनुसार नयाँ बुँदा थपिएको छ ः
जेलको अवस्था–
“हाम्रो देशका जेलहरु अझै मध्य युगिन अवस्थामा छन् । जेलमा गरिका सुधारहरु अपर्याप्त ता छंदैछन्, त्यो वाहेक देशका धेरै जसो जेलहरुमा ती पूरा लागू पनि गरिएका छैनन् । जेलमा कर्मचारी, पुलिस जेल भित्रको प्रशासन सित सम्बन्धित बन्दीहरुद्वारा गरिने अन्याय, अत्याचार, कुटपिट, भ्रष्टाचारद्वारा राजधानी सहित देश भरका जेल हरुमा बन्दीहरुले अत्यन्त कठिन, कष्टप्रद र आतंकको वातावरणमा जेल जीवन बत।उनु पर्दछ । जेल भित्र हुने त्यसप्रकारका अन्याय, अत्याचार, भ्रष्टाचारका वि रुद्ध उजूरी, छानबीन वा न्यायोचित कारवाईकालागि कुनै व्यवस्था छैन । बन्दीहरुलाई दिइने सुविधा छुट आदि बारे जेलका अधिकारीहरुद्वारा गरिने विभिन्न रिपोर्ट वा सिकायतसित निष्पक्ष अध्ययन भन्दा भ्रष्ट जेलका कर्मचारी, पुलिसका भ्रष्ट पक्षपात पूर्ण व्यवहार वा विभिन्न प्रकारका पूर्वाग्रहद्वारा प्रेरित हुन्छन् । पुलिस हिरासतको अवस्था त्यो भन्दा गम्भीर र भयानक छ । त्यहाँ बन्दीहरुमाथि अमानवीय अन्याय, अत्याचार गरिन्छ र अमानवीय तथा बर्बर यातनाहरु दिईन्छन् र त्यस सिलसिलामा कैयौं मानिसहरुको हत्या गरिन्छन् । जेलको वर्तमान अवस्थामा निष्पक्ष, उच्च स्तरीय अध्ययन गरेर त्यसमा आधुनिकिकरण गर्नु पर्ने आवश्यकता छ ।”
समाज सुधार आन्दोलन –
“हाम्रो देशमा समाज सुधार आन्दोलन धेरै पछाडि परेको छ । अन्य देशहरूमा पूजीवादी पक्षहरुले पनि त्यो क्षेत्रमा प्रशस्त काम गरेका छन् । अन्तर्राष्ट्रिय र छिमेकी भारतमा भएका सामाजिक सुधारहरु तथा तिनीहरुबाट देशको जनमतमा स्वयं स्फूर्त रुपले परेको जनमतको दबावको परिणाम स्वरुप शासक वर्गले पनि समाज सुधार सम्बन्धी कैयौं कानूनहरु बनाएका छन् । तर त्यस प्रकारका सुधारहरु अत्यन्त अपर्याप्त छन् । अहिले पनि हाम्रो समाजमा कयौं प्रकारका रुढीवादी चालचलन, कुरिती, अन्ध विश्वासहरु प्रचलित छन् । यसबाट महिला, दलित जाति र अन्य कैयौं जनसमुहहरु अमानवीय, झूठ, नीच र वर्बर अन्याय अत्याचार वा यातनाको शिकार हुने गर्नु पर्दछ । त्यसप्रकारका चालचलन, कुरीति वा अन्ध विश्वासका विरुद्ध समाज सुधार आन्दोलनमा हाम्रो देशमा अत्यन्त कमध्यान गएको छ । हाम्रो पार्टीले पनि मुख्य ध्यान राजनैतिक वा आर्थिक संघर्षमा नै केन्द्रित गर्ने गरेको छ र समाज सुधारको पक्ष प्रति हाम्रो कुनै ध्यान गएको छैन भने हुन्छ । त्यस प्रकारका रुढीवादी चलन, रीति रिवाज वा अन्ध विश्वासहरुद्वारा करीब–करीब पूरै समाज उत्पीडित हुनु परिरहेको छ । त्यसकारण हाम्रो पार्टीले समाज सुधार आन्दोलन लाई संगठित गर्न पनि विशेष ध्यान दिनु पने आवश्यकता छ ।”
राजनैतिक शक्तिहरुको विश्लेषण ः
१. राजनैतिक मसौदा प्रतिवेदन २०५० को पेज २० को बुँदा २९ रा०प्र०पा० शिर्षकको अन्तमा पारित प्रतिवेदन पेज २५को बुँदा ३१ मा मसौदामा नभएको लिनुपर्ने आवश्यकता छ पछि “आज देशमा विद्यमान बहुदलीय व्यवस्था मूलतः प्रतिक्रियावादी व्यवस्था हो, किन भने यो अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक व्यवस्थाको पक्षमा नै उभिने व्यवस्था हो । त्यसकारण हाम्रो मूल नीति यसलाई ध्वंश गरेर यसका ठाउँमा नयाँ जनवादी व्यवस्था कायम गर्र्ने नै हुनेछ । तै पनि मात्रात्मक रुपले यो राजाको निरंकुश शासनका तुलनामा देशमा विद्यमान सीमित प्रकारको प्रजातान्त्रिक प्रणाली पनि प्रगतिशील व्यवस्था हो । त्यसकारण राजा वा त्यसका दलालहरूबाट कुनै पनि पक्षद्वारा यो व्यवस्थाका ठाउँमा निर्दलीय राजाको निरंकुश शासन वा कुनै प्रकारको प्रतिक्रियावादी, अधिनायकवादी व्यवस्थाको पुनस्र्थापना वा स्थापना गर्ने प्रयत्नका विरूद्ध संघर्ष गर्नु पर्दछ । त्यसअनुसार राजा वा पुनरूत्थानवादी शक्तिहरूका दलालहरुका विरूद्धको संघर्षले हाम्रालागि विशेष महत्व राख्दछ ।” भनेर थपिएको छ ।
२. राजनैतिक मसौदा प्रतिवेदन २०५० को पेज २२ को बुँदा ३४ मा “ए०के० र ए०मा०ले०को राजनैतिक स्वरुप” शिर्षकमा लेखिएको “देशका विभिन्न देशभक्त र जनतांत्रिक समूहहरुमध्ये ए०के० र ए०मा०ले० को स्थान प्रमुख छ र त्यसकारण उनीहरुको राजनैतिक चरित्र वारे केही बढी स्पष्टताको आवश्यकता छ । ए० के० वाह्य रूपमा “वामपन्थी” समूह जस्तो देखिन्छ । कतिपय “क्रान्तिकारी” लफ्फाजी, कृत्रिम र नक्कली प्रकारले क्रान्तिकारिता को प्रदर्शनद्वारा त्यसले आफूलाई “वामपन्थी” र “क्रान्तिकारी” समूहका रूपमा देखाउने प्रयत्न गर्दछ । त्यसले विभिन्न भाइचारा पार्टीहरुका कतिपय सिद्धान्त र नीतिहरुको यान्त्रिक प्रकारले नक्कल गरेर पनि त्यसप्रकारको भ्रम दिने प्रयत्न गर्दछ । तर त्यो समूह यथार्थमा दक्षिणपन्थी दिशातिर बढी रहेको छ । ए०मा०ले०ले खुला र घोषित रूपले नै कैयौं आधारभूत माक्र्सवादी लेनिनवादी सिद्धान्त र माओत्सेतुङ विचारधारालाई तिलाञ्जली दिइ सकेको छ, त्यसरी त्यो समूह गद्दारीको दिशामा बढी रहेको छ । यहाँ हामीले गद्दारीको प्रश्नलाई विशेष राजनैतिक अर्थमा बुझ्ने प्रयत्न गरेका छौं । जहाँ सम्म सैद्धान्तिक पक्षको प्रश्न छ, ए० मा० ले० ले सैद्धान्तिक रूपले माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरुसित गद्दारी गरिसकेको छ, तर देशको विशिष्ट, राजनीतिक संदर्भमा हामीले कुनै दुश्मन शक्तिको पूरै दलाली गर्ने अर्थमा र नेपालको नयाँ जनवादी क्रान्तिका संदर्भमा कुनै दुश्मन शक्तिसित पूरै दलालीको अर्थमा, त्यसरी देशको राष्ट्रिय र जनतांत्रिक आन्दोलनमा पूरै गद्दारीका अर्थमा नै कुनै खास पक्ष लाई गद्दार ठान्ने गरेका छौं । त्यसले (ए० मा० ले०) ले बारम्बार आन्दोलनमा ढुलमुल र अवसरवादी नीति अपनाए पनि वा विभिन्न दुश्मन शक्तिहरु प्रति सम्झौता परस्त नीति अपनाए पनि समग्र रूपमा विचार गर्दा त्यसले अझै कुनै दुश्मन शक्तिको पूरै दलाल बनि सकेको छैन र जनतन्त्र तथा राष्ट्रियताको आन्दोलनमा पूरै गद्दारी गरिसकेको छैन । त्यसकारण त्यसलाई अझ देशभक्त र जनतान्त्रिक शंक्ति र त्यसकारण मित्र शक्ति मान्नु पर्दछ ।” भनिएको बाक्य पुरै हटाइएको छ ।
३. राजनैतिक मसौदा प्रतिवेदन २०५० को पेज २३ को बुँदा ३४ को दोस्रो प्यारामा भएको “अर्कातिर ती दुबैले आपूmलाई” को स्थानमा पारित दस्तावेजको ३७ नं बुँदा बनाएर “आज ए०के० र ए०मा०ले०ले” बनाइएको छ ।
४. राजनैतिक मसौदा प्रतिवेदन २०५०मा नभएको पारित दस्तावेजको पृष्ठ २८को दोस्रो प्यारामा “ए०के० देशभक्त र जनतान्त्रिक समूह हो । तर त्यसलाई कम्युनिष्ट पार्टी भन्न मिल्न । ए० के० ले बाह्य रूपमा “कान्तिकारिता” को प्रदर्शन गर्ने तर यथार्थमा दक्षिणपन्थी दिशा समातेको अवसरवादी राजनैतिक समूह हो । त्यसले देश भित्र र कतिपय भाईचारा पार्टीहरुलाई पनि “माक्र्सवादी–लेनिनवादी पार्टी” भएको भ्रम दिन काफीहदसम्म सफल भएको छ । त्यसकारण त्यो समूहको वास्तविक राजनैतिक स्वरूपबारे केही व्याख्याको आवश्यकता छ ।” भनेर थपिएको छ ।
५. राजनैतिक मसौदा प्रतिवेदन २०५०मा नभएको ३८ नम्बर नयाँ बुँदा बनाएर ए०के० को अराजकतावादी चिन्तन प्रणाली शिर्षकमा निम्न अनुसार थप गरिएको छ ः–
“ए०के० को समस्या के हो भने त्यसको चिन्तन प्रणाली मूल रूपमा अराजकतावादी छ । यस प्रकारको चिन्तन प्रणाली दुई रूपमा प्रकट हुने गरेको छ ः प्रथम, वैचारिक रूपमा हद दर्जाको अस्थिरता, द्वितीय, वस्तुगत पक्षको हददर्जा को उपेक्षा । पहिलाको “मध्य पन्थी” समूह र ए० के० को वर्तमान बहुमत पक्षको गत करीब एक दशकको अध्ययन गर्ने हो भने त्यो कुरामा कुनै शंका रहन्न । त्यस प्रकारको चिन्तन प्रणालीको परिणाम यो हुन्छ कि उनीहरु एकातिर, मार्क्सवादी–लेनिनवादी सिद्धान्तहरू र अर्कातिर, वस्तुगत पक्षको उपेक्षा गरेर अत्यन्त हल्का र हचुवा प्रकारले एउटा विचार वा नीतिबाट अर्को नीति वा विचारमा कुद्ने गर्दछन् । उनीहरूका नीति र विचारहरुमा त्यसप्रकारको परिवर्तन सैद्धान्तिक वा वस्तुगत पक्षको यथार्थ मूल्यांकन होइन, उपरी प्रकारका पूर्वाग्रह, विरोध, ‘सेन्टिमेन्ट’ ‘मु’, उत्तेजना, लहड, सस्तो लोकप्रियताको आकांक्षा, कार्यकर्ता वा जनमतको दबाव, क्यारिरिष्ट, महत्वाकांक्षा वा बेग्ला–बेग्लै अवसरवादी उद्देश्य वा स्वार्थहरूद्वारा निर्धारित हुने गर्दछन् । उनीहरुको त्यसप्रकारको गैर–माक्र्सवादी–लेनिनवादी, अराजकतावादी चिन्तनको परिणाम स्वरूप नै गतकालमा विभिन्न सैद्धान्तिक वा राजनैतिक प्रश्नहरु, जस्तो कि देशको राजनैतिक परिस्थिति, राजनैतिक शक्तिहरूको विश्लेषण, सशस्त्र संघर्ष, जन आन्दोलन, संयुक्त मोर्चा, कार्यगत एकता, चुनाव, मुख्य अन्तरविरोध, अन्तरपा्टी संघर्ष, पार्टी एकता वा फुट, पार्टी संगठन, संगठनात्मक प्रणाली, अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन आदि विषयहरुमा उनीहरुका शोचाईहरु अत्यन्त हचुवा, हल्का र गलत रहने गरेका छन् । तिनीहरूमा छिटो–छिटो र कतिपय अवस्थामा हास्यास्पद प्रकारले परिवर्तन हुने गरेको छ । उनीहरुको त्यसप्रकारको कार्यविधि कुनै पनि नीति निर्धारित गर्दा उनीहरुले सैद्धान्तिक र वस्तुगत दुवै पक्षमा हद दर्जाको स्वेच्छाचारिता र मनोगतवादी तरिका अपनाउने कुरामा कुनै शंका रहन्न ।”
“उनीहरुले ने०क०पा० (मसाल)को भन्दा आफ्नो राजनीति बेग्लै र क्रान्तिकारी भएको देखाउन रणनैतिक बहिष्कारको नीति अपनाए । उनीहरुको त्यो नीति माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरुको विवेचना वा वस्तुगत परिस्थितिको ठोस विश्लेषणमाथि होइन, हचुवा प्रकारको प्रतिस्प्रधाको भावनामाथि आधारित थियो । त्यसकारण बहुदलीय व्यवस्था आएपछि चुनावी सफलताहरु प्राप्तगर्ने आकांक्षा प्रवल भएपछि रणनैतिक बहिष्कारको शोंचाईलाई तिलाञ्जली दिएर संसदीय चुनावमा कुद्न उनीहरुलाई अलिकतिपनि बेर लागेन । जबकि रणनैतिक बहिष्कारको अर्थ नयां जनवादी क्रान्ति सफल नहुँदासम्म कुनै चुनावमा भाग नलिनु हुन्थ्यो । ०४६ सालमा बहुदलिय आन्दोलन शुरु भएपछि उनीहरुले त्यसलाई प्रतिक्रियावादी संघर्ष भनेर विरोध गरे । तर त्यो संघर्षको जोड बढ्न थालेपछि पुनः त्यसलाई समर्थन गर्न पुगे । उनीहरुले नेकपा (मसाल), चौ० म० आदिको नेतृत्वलाई दक्षिणपन्थी अवसरवादी बताएर त्यो पार्टी एकता हुन नसक्ने कुरा “रिम” को बैठकमा पनि बताएका थिए । तरपछि ती सबैलाई वामपंथी र माक्र्सवादी–लेनिनवादी बताएर ती सवैसित पार्टी एकता गर्ने नीति अपनाए, र “एकता केन्द्र”को गठन गरे, यद्यपि नेकपा (मसाल) त्यसरी हचुवा प्रकारले गरिएको पार्टी एकतामा सामेल भएन । उनीहरुसित पार्टी एकता गरेपछि चौ० म० उनीहरुकालागि वामपंथी भयो, तर उनीहरुसित मतभेद भएपछि त्यो पुनः दक्षिणपन्थी अवसरवादी बन्न पुग्यो । उनीहरुले करीब एक दशकदेखि सशस्त्र संघर्ष नै संघर्षको प्रधानरूप भएको बताउँदै आएका छन् । तर व्यवहारमा उनीहरु शान्तिपूर्ण जन संघर्षको सीमा बाहिर निस्कन सकेका छैनन् ।”
“माथिका केही उदाहरणहरुले उनीहरुको चिन्तनको हद दर्जाको अस्थिर, हचुवा र कतिपय अबस्थामा हास्यास्पद र केटा–केटी प्रकारको स्वरूपलाई नै बताउंछ । एकातिर माक्र्सवादी–लेनिनवादी सिद्धान्त र अर्कोतिर वस्तुगत पक्षको उपेक्षा गरेर आफ्ना विचार र नीतिहरु निर्धारित गर्नुको स्वाभाविक परिणाम त्यो वाहेक अरू केही हुन सक्दैन र त्यही भएको छ ।”
“त्यसरी अराजकतावादी चिन्तन प्रणाली, अवसरवादी चरित्र, भाईचारा पार्टीहरुको अन्धानुकरण तथा “वामपंथी” को मिश्रण मा ए० के० ले जुन प्रकारको राजनैतिक लाइन अपनाउन पुगेको छ, त्यसले देशको वामपन्थी कम्युनिष्ट आन्दोलन र जन आन्दोलनमा पनि काफी नोक्सान पुराईरहेको छ । त्यसकारण देशको वामपन्थी कम्युनिष्ट आन्दोलन तथा जन आन्दोलन व्यापक हितमा ए० के० को त्यसप्रकारको चरित्रको भण्डाफोडको प्रश्नले विशेष महत्व राख्दछ ।”
६. राजनैतिक मसौदा प्रतिवेदन २०५०मा नभएको ३९ नम्बर नयाँ बुँदा बनाएर “ए०के० को पूmट” शिर्षकमा निम्न अनुसार थप गरिएको छ ः–
“आज ए० के० भित्रका विभिन्न गुटहरू आपसमा फुटिसकेका छन् । यद्यपि औपचारिक रूपमा त्यसको घोषणा हुन र त्यसले स्पष्ट राजनैतिक रूप लिन बाकी नै छ । अझ उनीहरूको फूट औपचारिक रूपमा बाहिर आइसकेको छैन र त्यसले स्पष्ट राजनैतिक रूप लिन बाँकी नै छ । त्यसकारण त्यसवारे औपचारिक रूपमा कुनै निष्कर्ष निकाल्नु सहि हुने छैन । त्यो अवस्थामा तत्काल हामीले ए०के० भित्रको विवाद र फूटको प्रक्रियाबारे सीमित घेराभित्र बाफ्नो विचार प्रकटगर्न सक्नेछौं । ए० के० को वर्तमान नेतृत्व वा पूर्व मध्यपन्थी समूहले पूर्व चौ०म० वा पूर्व सर्वहारा समूहसितको विवाद र फुटमा आफ्नो क्रान्तिकारीलाईन र दक्षिणपन्थी अवसरवादी लाईनका बीचका विचको अन्तर बताउदै छ । तर जस्तो कि पहिले नै प्रष्ट गरियो, पूर्व मध्यपन्थी वा वर्तमान ए०के० को राजनैतिक लाईनबाट “वामपन्थी” लफ्फाजीलाई हटाइदिने हो भने त्यसभित्र पूर्व चौ० म० को राजनैतिक लाइन नै बॉकी रहन्छ । संसदीय चुनावको बेलामा उनीहरुले (पुर्व मध्यपन्थी समूहले) आफ्ना कतिप नीतिहरुलाई तिलान्जलि दिएर दक्षिणपन्थी अवसरवादीहरुसित पार्टी एकता गर्नु पछाडि चुनावी राजनीतिले नै काम गरेको थियो । खालि चुनावी सफलतकालागि सैद्धान्तिक र राजनैतिक पक्षहरूलाई उपेक्षा गरेर दक्षिणपन्यी स्तरको राजनीतिलाई स्वीकार गरेर पार्टी एकता गर्ने समूहले आफूलाई क्रान्तिकारी माक्र्सवादी लेनिनवादी बताउनु यथार्थतासित मेल नखाने कुरा हो । त्यो अवस्थामा खालि अैले चौ०म०हरुसित फूट भएका कारणले पूर्व मध्यपन्थी वा ए०के०को वर्तमान नेतृत्वलाई मार्क्सवादी– लेनिनवादी भन्न मिल्दैन । उनीहरुको पूmटले स्पष्टता राजनैतिक वा संगठनात्मक आकार लिन बाँकी भएकोले अैले हामीले उनीहरूको जुन विश्लेषण गरिरहेका छौं , त्यो अैलेसम्मको राजनीतिक स्वरूपमाथि नै आधारित छ । उनीहरुको राजनैतिक लाइन चरित्रमा हुने परिवर्तन अनुसार पछि विश्लेषणलाई अरू अगाडि बढाउदै लैजानु पर्ने छ । तै पनि सामान्य रूपले हामीले ती बेग्ला–बेग्लै समूहहरू ए०के०भित्र रहेमा वा ती वेग्ला–वेग्लै भएर छरिए पनि तिनीहरुलाई पहिले झै देशभक्त जनतान्त्रिक समूहहरू तथा मित्र शक्तिहरुमा राखेर एकता–संघर्ष–एकताका आधारमा उनीहरूसित कार्यगत एकता संयुक्त मोर्चा वा को–अर्डिनेशन गर्ने हाम्रो नीति रहने छ ।”
७. राजनैतिक मसौदा प्रतिवेदन २०५०मा नभएको ४० नम्बर नयाँ बुँदा बनाएर “ए०मा०ले” शिर्षकमा निम्न अनुसार थप गरिएको छ ः–
“ए०मा०ले० एउटा देशभक्त जनतान्त्रिक समूह हो । ए०मा०ले० अंझै कुनै देशी वा विदेशी शक्तिको सम्पूर्ण रुपले दलाल बनि सकेको छैन । त्यसकारण एउटा गद्दार गुट बनि सकेको छैन । त्यसले राजा, कांग्रेस, भारती विस्तारवाद, अमेरिकी साम्राज्यवादसित झन् पछि झन् सम्झौता परस्त नीति अपनाउँदै गएको छ । त्यसरी राजनैतिक दृष्टिले त्यसले गद्दारीको बाटो समातेको छ । आफ्नो त्यसप्रकारको चरित्रले गर्दा गतकालमा राष्ट्रियता र जनतन्त्रको प्रश्नहरुमा त्यसले कैयौंपल्ट फुटपरस्त नीति अपनाएर देश र जनतालाई धोकादिने गरेको छ । त्यसको चरित्रमा त्यसप्रकारको प्रवृत्ति बढ्दै गएको भए पनि त्यसको स्वरुपमाथि सम्पूर्ण रुपले विचारगर्दा मूल रुपमा अझै राष्ट्रियता, जनतन्त्र तथा जनताका प्रगतिशील र न्यायपूर्ण मागहरुका पक्षमा उभिने राजनैतिक शक्ति हो र त्यसकारण मित्र शक्ति हो । यसअर्थमा त्यो सित एकता–संघर्ष–एकताका आधारमा एकता गर्ने नीति अपनाउनु पर्दछ ।”
“तर सैद्धान्तिक प्रकारले कम्युनिष्ट आन्दोलन सित गद्दारी गरिसकेको छ र, त्यसकारण त्यो कम्युनिष्ट पार्टी होइन । त्यसले अझै कम्युनिष्ट पार्टीको नामलाई तिलान्जलि दिइसकेको छैन, तर जुनवेलासम्म आफ्ना वामपन्थी कार्यकर्ता तथा जनतालाई भ्रमदिन त्यो नामको उपयोगिता हुनेछ, तव सम्म नै त्यसले त्यो नामलाई अपनाउने छ । जब त्यो नाम छांड्दा त्यसले बढी व्यवहारिक फायदा हुने देख्ने छ वा देशी वा विदेशी प्रतिक्रियावादीहरुको समर्थन प्राप्त गर्न त्यसप्रकारको आवश्यकता हुनेछ, त्यो नामलाई तिलान्जलि दिन त्यसलाई कुनै हिचकिचाहट हुने छैन ।”
“ए०मा०ले० प्रकट रूपमा अझै माक्र्सवादी–लेनिनवादीको कुरा गरे पनि वास्तवमा त्यसले आधारभूत क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरू लाई तिलान्जलि दिइसकेको छ । माक्र्सवाद–लेनिनवाद –माओत्सेतुङ्ग विचारधारा महान सर्वहारा साँस्कृतिक क्रान्तिको उग्र समर्थनको साथ नै जन्म भयो तर छिटै यसको उग्र “वामपन्थी” चरित्रले जस्तो कि प्रायशः हुन्छ दक्षिणपन्थी दिशा समात्यो र त्यसले एक पछि अर्को गर्दै क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरू छाड्दै गयो । चीनको प्रतिक्रान्ति पछि स्वयं त्यसले पहिले गद्दार घोषित गरेको तेंगगुट प्रति पिछलग्गुपनको नीति अपनायो । त्यसपछि त्यसले चीनको महान सर्वहारा सांस्कृतिक क्रान्तिमा महान भूमिका खेल्ने का०च्यांग चुन चियाओ वा का० च्यांग चिङÞहरुलाई “ग्यांग अफ फोर” भनेर विरोध गर्न थाल्यो । माओत्सेतुङ्ग विचारधारालाई तिलान्जलि दियो । कोरिया, भियतनाम क्यूबा सहित दुनियां भरिका संसोधनवादी पार्टीहरुलाई भाईचारा पार्टीहरूका रूपमा स्वीकार गर्न थाल्यो । त्यो यहाँसम्म अगाडि बढ़्यो कि आफ्नो चौथो महाधिवेशनमा उनीहरूले सोभिगत सामाजिक साम्राज्यवाद सहित पूर्वी यूरोपका समाजवाद बाट पूँजिवाद समातेका देश रुलाई “समाजवादी” घोषित गर्न पुगे । आफ्नो पाचौं महाधिवेशनमा उनीहरुले औपचारिक रूपले नयाँ जनवादलाई तिलान्जलि दिए । आज ए०मा०ले० एउटा व्यवहारिक उपयोगितावादी (एचबनmबतष्क ) समूह बनेको छ । तात्कालिक व्यवहारिक लाभ वा कुनै पनि प्रकारले सत्तामा सहभागिता त्यसको प्रधान उद्देश्य बनेको छ । कुनै पनि राजनैतिक पार्टीकालागि सत्ताको प्रश्न केन्द्रीय प्रश्न हुन्छ तर एउटा कम्युनिष्ट पार्टीका लागि त्यो क्रान्तिकारी सिद्धान्त, उद्देश्य, कार्यक्रम वा नीतिहरु प्रधान हुन्छन् र तिनीहरुलाई पूरा गर्नकालागि सता प्राप्त गर्न प्रयत्न गर्दछ, तिनीहरुलाई तिलान्जलि दिएर होइन । तर ए०मा०ले० क्रान्तिकारी सिद्धान्त र आदर्शहरुवाट व्यवहारिक उपयोगितावादी बनिसकेकाले तात्कालिक व्यवहारिक लाभ वा सत्तामा सहभागिताकालागि कुनै पनि क्रान्तिकारी सिद्धान्त, उद्देश्य, कार्यक्रम वा नीतिहरुलाई तिलान्जलि दिनु देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूसित साँठगाँठ गर्न, देश र जनताका आधारभूत हितहरूको गौदाबाजी गर्न उनीहरुकालागि कु्नै मुश्किलको कुरा हुने छैन । कम्युनिष्ट पार्टीका क्रान्तिकारी सिद्धान्त र आदर्शहरुबाट भैरहेको आफ्नो त्यसप्रकारको पतनलाई उनीहरूले “माकर््संबाद–लेनिनवादको सिर्जनात्मक विकास र प्रयोग” को रुपमा व्याख्या गरेर ए०मा०ले० को नेतृत्व आफ्नो संगठन भित्रका इमान्दार, वामपन्थी तथा संघर्ष र त्यागको इतिहास भएका कार्यकर्ताहरू तथा जनतालाई काफी भ्रमदिन सफल भएको छ । ए०मा०ले० ले सैद्धान्तिक प्रकारले नाङ्गिसकेको भएपनि त्यो अझै जनता र वामपन्थी कार्यकर्ताहरुका क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरू तथा कम्युनिष्ट आम्दोलन प्रतिको आस्थालाई उपयोग गरेर आफ्नो स्थिति बलियो पार्नं काफी सफल भएको छ । खास गरेर सैद्धान्तिक दृष्टिले अस्पष्ट, पिछडिएका ईमान्दार वामपंथी कार्यकर्ताहरुलाई सैद्धान्तिक प्रश्न भन्दा भावनात्मक, तात्कालिक, व्यवहारिक ध्यान दिन लगाएर तिनीहरूलाई क्रान्तीकारी कम्युनिष्ट आन्दोलनबाट गैर क्रान्तिकारी दिशामा लैजान ए०मा०ले नेतृत्वले लामो समय देखि काम गर्दै आएको छ । त्यो पृष्ठभूमिमा ए०मा०ले० को भण्डाफोरले देशकोे कम्युनिष्ट आन्दोलनमा विशेष महत्व राख्दछ ।”
क्रमशः