- विमल शर्मा
गतांकबाट क्रमशः
गतकालको सिंहावलोकन
१. मसौदा प्रतिवेदन पेज २९ बुंदा ४१को अन्तमा उत्पन्न गरेको छ पछि पारित प्रतिवेदन पेज ३७, बुंदा ४५ को अन्तमा “उनीहरुको कथित पार्टी एकता पनि त्यही कुटपक्ष द्वारा निर्देशिन थियो । त्यसकारण त्यो गलत थियो र असफल भयो ।” भनेर नयाँ बाक्य राखिएको छ ।
२. मसौदा प्रतिवेदन पेज ३० को बुंदा नं.४२ को खतरा उत्पन्न भए पछि “ने० क० पा० (मसाल) का देश भरिका वामपन्थी पार्टी समिति र सदस्यहरुले २०४२ साल चैत्रमा चौथो राष्ट्रिय सम्मेलन गरेर नयाँ के०सं०स० बनाए, जसले अहिले सम्म माक्र्सवाद–लेनिनवाद–माओ विचार र पाँचौं महाधिवेशनको राजनैतिक लाइनको रक्षा वा जन आन्दोलनको विकास तथा पार्टी भित्र वा बाहिर विभिन्न प्रकारका अवसरवादीहरुका विरुद्ध लगातार दृढतापूर्वक र सम्झौताहीन प्रकारले संघर्ष चलाउंदै आएको छ ।” भनेर लेखिएको स्थानमा पारित प्रतिवेदनको पेज ३८ को बुँदा नं.४६ मा खतरा उत्पन्न भएपछि पछि “पार्टीको सिद्धान्त र महाधिवेशनद्वारा स्वीकृत लाइनको रक्षाका लागि पार्टीलाई माथि देखि तल सम्म नयाँ प्रकारले पुनर्गठन गर्नु पर्ने आवश्यकता भयो । त्यो अवस्थामा पार्टीका सच्चा वामपन्थी पार्टी कमिटी र कार्यकर्ताहरुको भेलाबाट २०४२ कार्तिक २२ र २३ मा केन्द्रिय को–आर्डिनेशन समितिको गठन भयो । त्यसको तत्वावधानमा २०४२ साल चैत्रमा चौथो राष्ट्रिय सम्मेलन गरेर नयाँ के०सं०स० बनाए, जसले अहिले सम्म माक्र्सवाद–लेनिनवाद –माओ विचारधारा र पाँचौं महाधिवेशनको राजनैतिक लाइनको रक्षा, जन आन्दोलनको विकास तथा पार्टी भित्र वा बाहिर विभिन्न प्रकारका देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरू र कम्युनिष्ट आन्दोलनमा देखापरेका दक्षिणपन्थी वा मध्यपन्थी” भनेर थपिएको छ ।
३. मसौदा प्रतिवेदन पेज ३०को बुंदा नं.४३ “अवसरवादी पार्टी एकता” शिर्षक बदलेर पारित प्रतिवेदनको पेज ३९को बुँदा नं.४७ मा “पाँचौं महाधिवेशनको राजनैतिक लाइनको तिलान्जली” शिर्षक बनाईको छ ।
४. मसौदा प्रतिवेदन पेज ३० को बुंदा नं.४३ को तेस्रो लाइनमा प्रतिको समर्थन पछि “सच्चा थिएन” को स्थानमा पारित प्रतिवेदनको पेज ३९को बुँदा नं.४७ मा प्रतिको समर्थन पछि “बेइमानी र कपटपूर्ण चालमात्र थियो” भनेर थपिएको छ ।
५. मसौदा प्रतिवेदन पेज ३० को बुंदा नं.४३ को पार्टी एकताको दौरानमा पछि मसौदामा नभएको पारित प्रतिवेदनको पेज ३९को बुँदा नं.४७ मा पार्टी एकताको दौरानमा पछि “सैद्धान्तिक वा राजनैतिक पक्ष र पारस्परिक मतभेदहरु वारे छलफल सम्म नगरिकन” भनेर थपिएको छ ।
६. मसौदा प्रतिवेदन पृष्ठ ३३ मा नभएको बुंदा नं. ४८ पारित प्रतिवेदनको पेज ३९को बुँदा नं.४८ बनाएर “अवसरवादी पार्टी एकताको शिक्षाबाट सिकौं” शिर्षक बनाएर नयाँ ३ वटा प्यारा निम्न अनुसार थपिएको छ ः–
“देशमा बहुदलीय व्यवस्था आएपछि पार्टी एकताको पक्षमा एउटा लहर नै आयो र त्यस दिशामा कैर्यों तिरबाट प्रयत्नहरू भए । हाम्रो पार्टी, पार्टी एकताको पक्षमा रह्यो, तर हाम्रो जोड यो कुरामा रह्यो कि त्यसप्रकारको पार्टी एकता हचुवा र अवसरवादी प्रकारले होइन, ठोस सैद्धान्तिक आधार र पूरा तैयारीका साथ हुनु पर्दछ । त्यही दृष्टिकोण अनुसार हाम्रो पार्टी पूर्व “मध्यपन्थी” “चौ० म०” र “सर्वहारा” समूहहरूसित पार्टी एकतामा सामेल भयो । त्यससन्दर्भमा हामीले यो प्रस्ताव राख्यौं कि पार्टी एकता गर्नु भन्दा पहिले सबै सैद्धान्तिक, राजनैतिक र संगठनात्मक पक्षहरूबारे छलफल गर्नु पर्दछ । पाटीं एकता गर्नु भन्दा पहिले मतभेदको स्पष्ट रेखा खिच्नु पर्दछ र ती मतभेदहरु मध्ये कति समाधान हुन सक्ने हुन र कति होइनन् ? कति मतभेदहरू आधारभूत मौलिक प्रकारका हुन र कति होइनन् ? स्पष्ट भएपछि नै कस्का बीचमा पार्टी एकता सम्भव छ र छैन ? त्यो कुरा टुन्गिन्छ र टुन्गाउनु पर्दछ । हाम्रो पार्टीले यो प्रस्ताव राखेको थियो कि प्रारम्भमा को–आर्डिनेशन कमिटी बनाएर हामीले त्यस प्रकारको पार्टी एकता र छलफलको प्रक्रियालाई अगाडि बढाउनु पर्दछ । तर अन्य पक्षहरू यो कुरामा सहमत भएनन्, उनीहरुले आपसमा गम्भीर प्रकारका मतभेदहरू हुंदाहुंदै पनि तिनीहरूवारे कु्नै छलफल सम्म नगरिकन पार्टी एकता संयोजन समिति बनाउने कुरामा जोड दिए । त्यसपछि हाम्रो पार्टी पार्टीएकताको त्यो वार्ताबाट अलग भयो र अन्य पक्षहरूले मिलेर एकता केन्द्र बनाए । तर अनुभवले बताएको छ कि उनीहरूले अपनाएको त्यसप्रकारको पार्टी एकताको प्रक्रिया गलत, गैर–माक्र्सवादी–लेनिनवादी प्रकारको थियो र त्यसरी सच्चा माक्र्सवादी–लेनिनवादी पार्टीको निर्माण हुन सक्दैनथ्यो र भएन पनि । नकारात्मक अनुभवबाट हामीले शिक्षा ग्रहण गरेर भविष्यमा त्यसप्रकारका गल्तिहरूबाट बच्ने प्रयत्न गर्नु पर्दछ ।”
“त्यसप्रकारको पार्टी एकताको सन्दर्भमा पहिलो कुरा ता के हो भने त्यो बेला पार्टी एकतामा सामेल पक्षहरू अगाडि आएको चुनावकोलागि आत्तिएका थिए र त्यसकालागि ठूलो पार्टी बनाएर सफलता प्राप्त गर्न चाहन्थे त्यसरी उनीहरूको पार्टी एकताका पछाडि एउटा क्रान्तिकारी पार्टीको निर्माणको भावनाले होइन, चुनावी सफलताको कामनाले बढी काम गरेको थियो । त्यसकारण उनीहरूकालागि क्रान्तिकारी पार्टीको निर्माणको प्रक्रियामा जानु सम्भव थिएन र भएन पनि ।”
“त्यो पार्टी एकताको प्रक्रियामा प्रमुख भूमिका पूर्व मध्यपन्थी समूहको रह्यो । उनीहरूको पार्टी एकताका प्रयत्नका पछाडि इमान्दारिताको अभाव रह्यो । उनीहरूले बेग्ला–बेग्लै पक्षहरूसित पार्टी एकताका सिलसिलामा उनीहरूमा खुला र ईमान्दारिता पूर्वक मतभेद राख्ने तथा खुला र इमान्दारिता पूर्वक एकता गर्ने स्प्रिटको अभाव रह्यो । पार्टी एकता पछि पनि उनीहरूको त्यसप्रकारको प्रवृत्तिले काम गरिरह्यो । उनीहरूको त्यसप्रकारको प्रवृत्तिले पाटी एकतामा अत्यन्त बाधा पुम्यो । पाँचौं महाधिवेशनका बेला देखि नैं उनीहरूमा देखापरेको कुनै पनि मतभेद राख्ने वा विरोध गर्ने साथीहरू प्रति घोर असहिष्णुताको प्रवृत्तिले ए० के० को गठन पछि पनि काम गरिरह्यो। पाँचौं महाधिवेशन पछि उनीहरूले मतभेद राख्ने र उनीहरूका नीति र कार्यहरूको विरोध गर्ने के०स० का सबै सदस्यहरू लाई एकै चोटी के०स० बाट निष्कासन गरेका थिए र सबै जिल्ला समिति हरूलाई भंग गरेका थिए । ए०के० को गठनमा प्रमुख भूमिका खेल्ने समूह पूर्व “मध्यपन्धी” समूहमा देखापरेका त्यसप्रकारका कमजोरीहरुका कारणले ए०के० कैल्यै पनि एउटा पार्टीका रुपमा अस्तित्वमा आएन र त्यसमा सामेल बेग्लाबेग्लै समूहहरुको बेग्ला बेग्लै गुटको रुपमा अस्तित्व रहिरह्यो । त्यसरी आज ए०के० मा देखापरेको फुटको बीज स्वयं उनीहरुको पार्टी एकताको प्रक्रियामा नै अन्तरनिहीत थियो । त्यो अनुभवले एकातिर पार्टी एकताको प्रश्नमा हाम्रो पार्टीले अपनाएको नीतिलाई सही प्रमाणित गरेको छ भने, अर्कातिर ए०के० को गठनमा देखापरेका गलत तौर तरिकाको अनुभवले पनि नकारात्मक प्रकारले नेपालको वामपन्थी कम्युनिष्ट आन्दोलनलाई निकै शिक्षा मिलेको छ, र भविष्यका पार्टी एकताकालागि गरिने प्रयत्नका दौरानमा तिनीहरूबाट प्राप्त शिक्षाहरु माथि संधै ध्यान दिईराख्नु पर्दछ ।”
तात्कालिन कार्य नीति
१. मसौदा प्रतिवेदनको पेज ३५मा तात्कालिन ठोस कार्यक्रम शिर्षकको (क) मा भएको “राजतन्त्रको अन्त हुनुपर्दछ” को स्थानमा पारित प्रतिवेदन पेज ४५ को तात्कालिन ठोस कार्यक्रम शिर्षकको (क) मा “राजाको अन्त र सत्ता राजाबाट जनतामा हस्तान्तरण हुनुपर्दछ” भनेर बनाईएको छ ।
२. मसौदा प्रतिवेदनको पेज ३७ को बुँदा ५१ मा “किसानहरुको बर्ग संघर्ष” शिर्षक को अन्त्यमा नभएको वाक्य पारित प्रतिवेदन पेज ४९को बुँदा ५६ को अन्त्यमा दिनुपर्ने आवश्यकता छ पछि “त्यो कार्यलाई सशक्त र प्रभावपूर्ण प्रकारले अगाडि बढाउन किसान समस्या र आन्दोलनका समस्याहरु वारे विस्तृत रुपले विचार गरेर एउटा दस्तावेज दिनु पर्दछ र त्यसको जिम्मा निर्वाचित केन्द्रिय समितिलाई दिनु पर्दछ ” भनेर बनाइएको छ ।
३. मसौदा प्रतिवेदनको पेज ३८ को बुँदा ५५को केन्द्रीयतामा विशेष जोड शिर्षकको अन्त्यमा जोड दिनुपर्ने आवश्यकता छ पछि पारित प्रतिवेदनको पेज ५१ मा नया बुँदा ६१ बनाएर “ पार्टी एकता वा को–अर्डिनेशनकालागि पहल–कदमी” शिर्षक बनाएर निम्न अनुसार राखिएको छ ः
“आज देशमा अन्य कुनै माक्र्सवादी–लेनिनवादी पार्टी वा समुह नभएकाले पार्टी आधारमा पार्टी एकता को सम्भावना छैन । तै पनि विभिन्न अवसरवादी संगठनहरुमा माक्र्सवादी–लेनिनवादीहरु भएको वास्तविकता माथि ध्यान दिदा उनि हरुलाई (विभिन्न अवसरवादी संगठनमा रहेका माक्र्सवादी–लेनिनवादीहरुलाई) एउटै पार्टीमा संगठित गर्ने वारे स्पष्ट नीति निर्माण गरि छलफल र विचार आदान प्रदानका लागि ठोस पहल कदमी गर्नु पर्दछ । त्यसकालागि विभिन्न माध्यम र सम्भावनाहरु खोज्ने प्रयत्न गर्नु पर्दछ । अर्कातिर, तत्काल पार्टींगत आधारमा पार्टी एकताका लागि आधार नभए पनि भविष्यमा त्यसप्रकारको कुनै सम्भावना देखापरे त्यसप्रति सकारात्मक नीति अपनाउनु पर्नेछ । कुनै संगठनमा त्यहाँका माक्र्सवादी–लेनिनवादीहरुले आफ्नो संगठनका गलत नीति र नेतृत्वका विरुद्ध क्रान्तिकारी सैद्धान्तिक आधारमा संघर्ष चलाउन, सही सिद्धान्त तथा राजनैतिक र संगठनात्मक नीति अपनाउन र आफ्नो अवसरवादी चरित्रमा रुपान्तर गर्न सकेमा वा उनीहरु वारे हामीमा कुनै गलत समझदारी भएमा ती साफ भएमा पार्टी स्तरमा पार्टी एकताका लागि आधार तयार हुन सक्दछ । तर यो अवस्थामा पनि हामीले हचुवा र अवसरवादी प्रकारले होइन, माक्र्सवादी–लेनिनवादी प्रकारले पार्टी एकता गर्ने प्रयत्न गर्नु पर्दछ । त्यसको अर्थ यो हुन्छ कि हामीले सर्वप्रथम बेग्ला बेग्लै पक्षहरुका बीचमा भएका सैद्धान्तिक र राजनैतिक मतमेदहरु के हुन् ? त्यो छुटयाउनु पर्दछ । त्यसपछि तिनीहरुमा पनि कति कतभेदहरुलाई समाधान गरेर हामी समझदारीमा पुग्न सक्दछौं र कतिका बारेमा एकता हुन सक्दैन ? त्यो स्पष्ट हुनु पर्दछ । हाम्रा बीचमा सामान्य प्रकारका मतभेदहरु बाकी रहेमा पार्टी भित्रको संगठनात्मक प्रकृया वा दुईलाइनको संघर्ष द्वारा तिनीहरुलाई टुंगाउनेगरि पार्टी एकता गर्न सकिन्छ । आधारभूत, मौलिक वा गम्भिर प्रकारका मतभेंदहरु देखापरेमा र तिनीहरुमा समाधानका सम्भावना देखा नपरेमा पार्टी एकतालाई अस्विकार गर्नु पर्दछ । पार्टी एकताको प्रश्नमा मतभेदहरुभए खुला, स्पष्ट र इमान्दारिता पूर्वक प्रस्तुत गर्नु पर्दछ र पार्टी एकता गरे खुला र इमान्दारी पूर्वक एकता गर्नु पर्दछ । त्यसकालागि एउटा अर्को पद्धति पनि अपनाउनु पर्दछ । त्यो पद्धति हो, विभिन्न पक्षहरूका बीचमा विभिन्न सैद्धान्तिक, वैचारिक वा राजनैतिक प्रश्नहरूमा छलफल, अंतरक्रिया वा राजनैतिक विषय.हरूमा आपसमा मिलेर काम गर्नका लागि को–अडिनेशन वा कुनै उपयुक्त संयंत्र (ःभअजबलष्कm) बनाएर काम गर्न प्रयत्न गर्नु पर्दछ । यसप्रकारक को–आडिनेशन वा संयन्त्रका रूपहरु पारस्परिक छलफल र सहमतिका आधारमा टुंगाउनु पर्दछ । त्यसप्रकारको कार्यप्रणलीद्वारा परस्परमा सहमति भएका विषयहरुमा प्रभावशाली प्रकारले काम गर्न, संयुक्त आन्दोलनलाई शक्तिशाली र व्यवहारिक बनाउन बेग्ला–बेग्लै पार्टी र समूहहरुमा छरिएका माक्र्सवादी–लेनिनवादीहरूलाई नजिक ल्याउन, मतभेद भएका विषयहरुमा अरू उच्च स्तरमा धारणा बनाउन वा एकताबद्ध हुनकालागि पनि आधार तयार पार्न योग दिन सक्दछ ।”
४. मसौदा प्रतिवेदनको पेज ३९ को बुँदा ५६मा नभएको प्याराहरु “ जनवर्गीय संगठनहरुको महत्व” शिर्षकमा “राजनीति, संगठन, आन्दोलन, संयुक्त आन्दोलन वा जन आधारलाई अगाडि बढाउन वा मजबूत पार्नकालागि जनवर्गीय संगठनहरुले अत्यन्त धेरै महत्व राख्दछन् । सर्वहारा वर्गको पार्टीले एक्लै आफ्नो क्रान्तिकारी उद्देश्य पुरा गर्न सक्दैन र त्यसकालागि त्यसले विभिन्न वर्ग, पेशा वा समुदाय वा स्तरका जनतासित घनिष्ट सम्बन्ध कायम राख्ने प्रयत्न गर्नु पर्दछ । त्यसरी नै पार्टीको गैर–सर्वहारा वर्ग सित को एकता र संयुक्त मोर्चा मजबूत तथा व्यापक हुन्छ ।”
“त्यसप्रकारको सम्बन्धको दोहोरो प्रवृत्ति हुन्छ र प्रथमतः पार्टीले जनताका विभिन्न वर्ग, पेशा, समुदाय वा स्तरका तात्कालिक हितहरुको पूर्ति वा रक्षाका लागि पहलकदमी गर्ने, द्वितीय, उनीहरूलाई पार्टीका राजनीतिक उद्देश्यहरुका पक्षमा संगठित, सक्रिय र आन्दोलित गर्ने । उक्त कार्यहरुले तात्कालिक र दौर्घकालीन दुवै दृष्टिले महत्व राख्दछन् ।” पारित प्रतिवेदनको पेज ५३ मा राखिएको छ ।
५. मसौदा प्रतिवेदनको पेज ४० को बुँदा ५७ को “विदेशमा कार्य” शिर्षकमा लेखिएको “नेपालको क्रान्तिकालागि अन्तर्राष्ट्रिय समर्थन अत्यन्त महत्वपूर्ण तत्व हो । अहिले सम्म खालि भारत स्थित नेपालीहरुलाई संगठित गर्न तिर नै हाम्रो ध्यान गएको छ । उनीहरुको संगठनलाई अरु विस्तार र सुदृढीकरण गर्न हामीले अरु ध्यान दिनु पर्ने आवश्यकता छ । त्यो बाहेक भारतका विभिन्न वामपंन्थी र मित्र सित सम्पर्क बढाएर तथा अन्य सम्भावनाहरुलाई बढी उपयोग गरेर नेपालको क्रान्तिको पक्षमा बढी भन्दा बढी आधार तयार पाने प्रयत्न गनु पर्दछ । भारत बाहेक अन्य देशहरुसितको सम्पर्कलाई बढाउने तिर पनि हामीले ध्यान दिनु पर्ने आवश्यकता छ ।” पारित प्रतिवेदनको पेज ५३ बाट पुरैं हटाईएको छ ।
६. मसौदा प्रतिवेदनमा नराखिएको तर पारित प्रतिवेदनको पेज ५४मा नयाँ बुँदाहरु बनाएर बुँदा ६४ देखि ७९ सम्म करिब ८ पेज “जनवर्गिय मोर्चामा पार्टीको काम” बनाएर थपिएको छ ।
विश्व दृिष्टकोणको प्रश्न
१. मसौदा प्रतिवेदनमा नभएको, पारित प्रतिवेदनको पृष्ठ ६९ मा नयाँ बुँदा ८१ बनाएर निम्नअनुसार थप गरिएको छ ः
द्वन्दात्मक भौतिकवादको विकासको प्रकृया ः
“विश्व दृष्टिकोणको सर्वहाराकरणको कार्य खालि सैद्धान्तिक प्रश्न मात्र होईन, यो हाम्रो व्यवहारसित घनिष्ट रूपले जोडिएको प्रश्न हो । व्यवहारसित हाम्रो विश्व दृष्टिकोणको सम्बन्धको प्रकृति दोहरो हुन्छ । प्रथम, जन संघर्ष मुख्यतः वर्ग संघर्षका दौरानमा नै हाम्रो विश्व दृष्टिकोण स्पष्ट हुदै जान्छ, द्वितीय, हाम्रो विश्व दृष्टिकोण सही र क्रान्तिकारी बन्दै गएपछि हाम्रो व्यवहारले पनि सही र क्रान्तिकारी रूप लिन सक्दछ । त्यसको अर्कोपक्ष यो हो कि हाम्रो विश्व दृष्टिकोणको प्रश्न हाम्रो दार्शनिक समझदारीसित पनि घनिष्ठ रुपले जोडिएको हुन्छ । त्यसकालागि सामान्यतः माक्र्सवादी–लेनिनवादी दर्शन विशेषतः द्वन्दात्मक भौतिकवाद प्रतिको हाम्रो समझदारी साफ हुनु पर्दछ । त्यसपछि नै हामीले कुनै विषयलाई द्वन्दात्मक भौतिकवादी दूष्टिकोणले हेर्न सक्नेछौं र अधिभूतवादी चिन्तनबाट बच्न सक्दछौं । यस सिलसिलामा सर्वप्रथम कुनै चीजलाई द्वन्दात्मक दृष्टिकोणका कारणले बुझ्ने कुराले अत्यन्त ठूलो महत्व राख्दछ । द्वन्दात्मक भौतिकवादबारे माक्र्सवादी–लेनिनवादी समझदारी समाज विज्ञान र वर्गसंघर्षका दौरानमा क्रमशः विकसित हुँदै आएको छ । त्यसरी माक्र्स एगेल्सको द्वन्दात्मक भौतिकवादी चिन्तनलाई क्रमशः लेनिन, स्टालिन र माओत्सेतुङ्गले परिमाजित र विकसित गर्दै आएका छन् । द्वन्दवाद र भौतिकवाद दुवैका पक्षमा उक्तकुरा सत्य हो । माक्र्स एगेल्सले आफ्नो समयमा भौतिकवादबारे जुन प्रकारका विचारहरु प्रकट गरेका थिए, भौतिक पदार्थको स्वरूपवारे मानिसहरूको ज्ञानमा बृद्धि भए पछि भौतिक शास्त्रको क्षेत्रमा उत्पन्न “संकट” को पृष्ठभूमिमा लेनिनले भौतिकवाद बारे माक्र्सवादी दर्शनलाई अरु परिमार्जित गरे । द्वन्दवाद बारे पनि माक्र्सवादी–लेनिनवादी चिन्तनमा लगातार विकास हुँदै आएको छ । एगेल्सले द्वन्दवादका ३ ओटा नियमहरू बताएका थिए । लेनिनले द्वन्दवाद सम्बन्धी समझदारीलाई परिमार्जित गर्दै परस्पर विरोधी तत्वहरूका बीचको एकतालाई “संक्षिप्तमा” द्वन्दवादको “सारतत्व” भन्न सकिन्छ भनेका चिए । यद्दपि त्यसका साथै उन्नले त्यो दिशामा अरू व्याख्या र विकासको आवश्यकता भएको कुरा बताएका थिए । तर त्यसप्रकारको विचार प्रकट गर्ने वेलामा उनले द्वन्दवादका अन्य नियम वा विशेषताहरूलाई अस्वीकार गरेका थिएनन् । माओले अन्तरविरोधलाई द्वन्दवादको आधारभूत नियम बताए । द्वन्दवादको विकासमा माओत्सेतुङ्गले गरेको यो अत्यन्त महत्वपूर्ण योगदान हो । तर यो नैं द्वन्दवादको अन्तिम रूप होइन, समाज र मानव ज्ञानका विकासका साथै द्वन्दवादले अरू उच्चस्तरमा विकास गर्दै जाने कुरा निश्चित छ र, लेनिनले भने झैं त्यसमा द्वन्दवादको विकास र माओले प्रतिपादन गरेका सिद्धान्तहरू पनि अरू व्याख्या र विकासको आवश्यकता भएको कुरा स्पष्ट छ ।”
कम्जोरीहरु
१. मसौदा प्रतिवेदनको पेज ७२ मा १०६ बुँदा पछि नभएको बुँदा थपेर पारित प्रतिवेदनको पेज १०१ मा नयाँ बुँदा १३० बनाएर “विचारहरुको प्रकाशनमा अनुशासनको प्रश्न” बनाएर निम्नअनुसार थप गरिएको छ ः
“गतकालमा कतिपय जिम्मेवार कामरेड द्वारा पार्टीभित्रका अन्तरविरोध असन्तोषलाई पार्टीको मुखपत्रमा सार्वजनिक रूपमा प्रकट हुने गरेको छ, जो कि गलत हो । त्यसका साथै कतिपय जिम्मेवार कामरेडद्वारा सार्वजनिक पत्रिका हरुमा पार्टीका मान्य सैद्धान्तिक मान्यताहरुका विरुद्ध विचार प्रकट हुने गरेका छन् र त्यो पनि गलत हो । यस प्रकारका प्रवृत्तिहरुमा नियन्त्रणकालागि विशेष ध्यान दिनु पर्ने आवश्यकता छ ।”क्रमशः