व्यक्ति एक आयाम अनेक

  • टंकराज ढकाल ‘तितेपाती’

नेपालको कम्युनिष्ट आन्दोलन अनेक आरोह अवरोह भएर गुज्रिरहेको सर्वविदित नै छ । नामले कम्युनिष्ट तर व्यवहारमा वर्तमानको भाँडतन्त्रका कमाउनिष्ट्खाओवादी हुनका लागि विदेशी प्रभुको गुलाम बन्नु सामान्य बनेको छ । त्यसमा पनि वामपन्थि धरोहर भनिने तथाकथित धरोहर मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसाल आठौ महाधिवेशन पश्चात एमसिए कम्पनि प्रा लि मा बदलिएको सर्वत्र जानकारी छ । ब्राण्ड बनेको नाम अधोगति र सर्वनाश बनाउने दिशातर्फ बढेको छ । जसका अनेक आयाम छन्,यहाँ केही आयामको छोटो चर्चा गर्ने प्रयास गरिएको छ । अन्दोलनमा तुषारापात गर्ने अराजक प्रवृतिको शुरुवात गर्ने श्रेय यही कम्पनिलाई जान्छ । यसलाई  केही कथाबाट बुझाउने कोशिश गरिएको छ ।

१)कुनै स्थानमा एक सोम शर्मा नाम गरेका मानिस थिए । उनी दिनहुँ सातुको भिक्षा माग्दथे । साँझ आफ्नो कुटीमा फर्केपछि राम झोपडिमा आफूले खाएर बचेको सातु माटाको घडामा राख्दथे । घडा आफू सुत्ने ओछ्यानको माथि बलोमा झुण्डिएका हुन्थे । कालक्रममा उनीसित सात घडा सातु जम्मा हुन पुग्छ । एक रात सुतेको बेलामा उनी कल्पनाको लोकमा घुम्न थाल्दछन् । म सित यत्रो सात घडा सातु छ । यथा समयमा गाउँ र शहरमा अनिकाल पर्नेछ । मान्छेहरू खानका लागि तड्पिनेछन् । त्यतिबेला म धनी हुनु सामान्य भयो नै । जव अनिकाल पर्छ म यो सातु बेच्नेछु, प्रसस्त पैसा जम्मा हुनेछ । त्यो पैसाले बाख्रा किनेर पाल्नेछु । त्यसपछि गाई भैंसी पालेर बिक्रि वितरणबाट म उच्चकोटीको धनी हुनेछु । मसित धन र आलिशान महल हुनेछ । अनि शहरको धनी मान्छे आएर मलाई सुन्दर छोरी दिनेछ । म सुन्दर घरमा परिवारको साथ बस्नेछु । छोरा जन्मनेछ । कुनै बेला उसकी आमा भान्सामा व्यस्त रहेको बेला हुनेछ । यता छोरा खेल्दा खेल्दै रुनेछ । तब मैले त्यो छोरालाई फुल्याउन भन्नेछु । उनले नमाने पछि मैले लात मार्नेछु । यस्तै तन्द्रामा खेल्दा खेल्दै सोमले चर्को गरी लात मार्छन् । सातु छरपष्ट भएर ओछ्यानभर पोखिन्छ ।               

कथाले भनेजस्तै एमसीए कम्पनिको हालत सोम शर्माको जस्तै बनेको छ । हरेक मान्छेलाई साथ लिने, रस चुसेर छोक्रो बनाएर फाल्ने काम शुरुआति चरणबाट नै सम्पादन हुँदै आएको छ । पुष्पलालदेखि निर्मल लामा हुँदै हालसम्म पनि सोम प्रवृत्ति यो वा त्यो रूपमा मौलाएको छ । यो सबै दुस्वप्नको शिकार हुने धेरै मान्छे छन् । यसले कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि सिधा हुन सक्दैन भनेर प्रमाणित गरेको छ । सधै नाफाखोरी, साँढे चरित्र, यौन दुस्वप्न र दूराचारले छपक्कै गाँजेको छ । पीडितहरुले ढिलोसम्म पनि यो दुस्वप्न बुझ्न नसक्नु विडम्वना बनेको छ । यस्को प्राकट्य टड्कारो नाटकीय रूप आठौ महाधिवेशनको बनेको छ । अघिल्ला महाधिवेशनमा पनि छुपेरुस्तम चरित्र प्रकट भएको कुरा दस्तावेजको अध्ययनबाट देखिन्छ । धिक्कार छ त्यो गीत– ‘लेफट राइट कदम बढाऊ’, ‘गङ्गा कावेरी एक्सप्रेस’, ‘झिम्रुक नदी र चिवे चराको कथा’लाई पनि ।

२)एक गाऊँको नजिकैको जङ्गलमा चतुरे नामको छट्टु श्याल बस्ने गर्दथ्यो । बेला मौका उसले गाउँ छिरेर चील आयो चील आयो भनेर कराउने गर्दथ्यो । सबै मान्छे कुखुरा चल्ला हाँस लैजान्छ कि भनेर चनाखो बन्दथे र आकाशतिर हेर्न थाल्दथे । तब उसले यही मौका छोपेर कुखुरा चोर्ने गर्दथ्यो । उनीहरूले यो श्यालको चकारी हो भनेर बुझ्न सक्दैनथे । यसरी मान्छेहरूले नोक्सान बेहोर्ने अवस्था सिर्जना हुन्थ्यो ।

संसारभरका माफिया र दलालको चाकरी गर्न भूमिगत बन्नु र षड्यन्त्रमा सामेल हुने अनि भ्रान्तिको लङ्गौंटी भने भिरिरहने । बेसारले आफ्नो गुण नछाडेजस्तो विदेशीको झोला बोक्ने झोलेले फरक तरिकाले झोला बोकेको त छर्लङ्ग भयो त । पैसाको लागि झोला बोक्ने झोलेले फरियावादको सहारामा द्वैध चरित्र किन देखाउनु परेको होला ?

अहिलेसम्म सबैजसो मान्छेले नबुझेको छट्टुगिरि यही एमसीए कम्पनीले गरेको रहेछ । बाहिर बिभिन्न मुद्दाका कुरा ऊठान गर्ने अनि जव समस्या उत्कर्षमा पुग्छ, अनि भित्र पसेर माफियासित सम्झौता गर्ने र मोटो रकम कुम्ल्याउने । संघीयता बिरुध्दको आन्दोलन लगायतका महत्वपूर्ण मौका छोपेर रअ, भारतीय दूतसित गोप्य भेटवार्ता गर्ने गर्छ । करोड काण्डमा बबुर खरेलसितको साँठगाँठ यसका ज्वलन्त उदाहरण हुन् । अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउन समारोहमा रुसको भ्रमण गराउने भ्रान्ति दिन र कार्यकर्तालाई भ्रम छर्न श्याल सफल भयो । आफूलाई आउँदा जाँदा खान बस्न र भिक्षा माग्ने, उपचार गर्ने थलो्मञ्च तयार गरेको छ । सांसद बनेकी दुर्गा पौडेलले २०७२ सालको भूकम्पमा पीडितलाई दिने राह्त त्रिपाल कुम्ल्याएको तथ्य जगजाहेर छ । सियो चोर्ने चोरले दरवार फोर्दैन भनेर कसैले भन्न सक्छ र ? चोरको माझमा चण्डाल पसे के होला ? हल्लुडो होसप्रसाद चित्रबहादुर के सि ले २०६३मा नागरिकता विधेयक र पछि एमसिसि सम्झौतामा सही धस्काएको र त्यसबापतको मोटो कमिशन रकम कम्पनिले लगेर लकरमा राखेको छ । भारतीय राजदूतसित गोप्य भेट गर्ने रकम लिने लगायतका काला कर्तुत धेरैको नजरमा ताजा नै छन् ।  

३) एक दम्पति बस्थे गाउँमा । लोग्नेको उमेर अलि ढल्केको र श्रीमति बैशका अवस्थामा थिए । असन्तुष्ट महिलामा यो बुढो छिटो मरे म पोइला जाने थिएँ भन्ने सोच बढ्दै गयो । र अनेक उपायको खोजमा लागिन् । यस्तैमा उनी गाउँको ज्योतिषकोमा पुगिन् र आफ्नो व्यथा बताइन् । ज्योतिष यो कुरामा भित्रि मनले जानकार थिए । तब उनले केहीबेर केही शाश्त्रका किताब पल्टाएजस्तो गरेर सोचेर संस्कृतको यो श्लोक भने – ‘माघमासे घृत पुवा पुरुषो नजियते,चैत्रमासे खुदो खट्टे स्त्रियाणाम् बलियते ।’ यसको अर्थ –माघ महिनामा घ्यु र पुवा खान दियो भने पुरुष बाँच्दै बाँच्दैन । चैत्र महिनामा खुदो खट्टे खाएमा महिला बलियो हुन सक्छे भनेर अर्थ बताइदिए । राम्रो उपाय भेटिएको खुशीमा फुरुङ्ग पर्दै महिला घर फर्किन् । अनि माघ महिनाभर लोग्नेलाई घ्यु पुवा खान दिइन् । के को मरोस त बूढो ऊ त झन तगडा पो भयो । क्रमश चैत्र महिना पनि आयो । अनि महिलाले आफू बलियो बन्न खुदो खट्टे टन्न खान थालिन् । हप्तादिनमा त छेरौटिले पो समात्यो । हुँदा हुँदै उनी परमधाम पो गइन् । जे नहुनु थियो त्यो भयो ।

यो कथाको शार ठ्याक्क यही  एमसीए कम्पनिमा लागु भएको छ । मर्नेबेला कमिलाको प्वाँख पलाएको छ । विदेशी प्रभुको सल्लाहले गठबन्धनको दाम्लोमा लगनगाँठो पार्न खोज्दा खुदो खट्टेको परिणाम सार्थक बनेको छ । प्युठानबाट दुर्गा पौडेललाई सांसद बनाएर रजगज गर्ने सपना चकनाचुर बनेको छ । म तल परे पनि मेरो गोडा त माथी नै छ भन्ने दुस्वप्न जागृत अवस्थामा नै छ । स्थानीय चुनाबमा काङ्ग्रेसले काँध थापेर ४स्थान आए पनि संसदीय चुनावमा भने तोरीको फूल फुलाएर देखाइदिनेछन् । काङ्ग्रेसको बुई चढेर स्वर्ग पुग्नु नै थियो त किन प्रतिक्रियावादी भन्नु ? यही संसदीय आहालमा डुबुल्की मार्नु थियो त किन अन्य पार्टीलाई दक्षिणपन्थी अवसरवादको पगरी भिराउनु ? ढुलमुल र अवसरवादी एमाले किन भन्नु ? आफ्नो रगतमा सामन्ति अवसरवादी रगत बग्छ भने हरेक आन्दोलन तुहाउन माफियाको भुमिका किन खेल्नु ? इमान्दार मानिसलाई लुटनका लागि विषाक्त आरोप किन लगाउनु ? यी र यस्ता क्रियाकलापले एमसिए कम्पनिको लाज छोप्ने मुकुण्डो उदाङ्गो भैसकेको छ । जर्मनीको एमएलपिडि र रिमको बुई चढेर साम्राज्यवादी अमेरिकाको दलाली गरेर कस्को हित गरिरहेको छ यो एमसिए कम्पनिले । गरिरहेको छ त केवल आफूलाई चलखेल गर्न र खर्चको जोहो गर्ने पृष्ठभूमि तयार मात्र । संसारभरका माफिया र दलालको चाकरी गर्न भूमिगत बन्नु र षड्यन्त्रमा सामेल हुने अनि भ्रान्तिको लङ्गौंटी भने भिरिरहने । बेसारले आफ्नो गुण नछाडेजस्तो विदेशीको झोला बोक्ने झोलेले फरक तरिकाले झोला बोकेको त छर्लङ्ग भयो त । पैसाको लागि झोला बोक्ने झोलेले फरियावादको सहारामा द्वैध चरित्र किन देखाउनु परेको होला ?

४)महाभारतमा एक कथा छ– भारुण्ड चराको । त्यो चराको जन्मबाट नै शरीर एक र टाउको दुई थिए । दुई टाउकाको बिच रूचि फरक थियो । एकले भन्थ्यो सद्भाव र एकता हुनुपर्छ अर्कोले भन्थ्यो म नै सर्वेसर्वा हुनुपर्दछ । आहार खोज्ने क्रममा एकदिन एक गुलियो अमृत फल भेटियो,र एक मुखले खान थाल्यो,अर्कोले माग्यो । मैले खाएपनि उही पेटमा जाने त हो,किन चुरिफरी गर्छस् हँ तँ भन्दै कपाकाप खायो । असल फल भएकोले ठीकै भयो । त्यस्तै आर्को दिन दोश्रो टाउकाले विषयुक्त फल भेटायो । ए यो विषादीयुक्त न खा मरिन्छ भन्यो । तर उसले के मान्थ्यो उसले ,फटाफट फल खाइदियो । फलस्वरूप त्यो चराको इहलीला समाप्त भयो ।

कथामा भनेको पहिलो शीर कार्यकर्ता र दोश्रो शीर नेतृत्व हो । स्वार्थको बशमा परेको दम्भी शीरले प्रतिक्रियाबादी भनेको काङ्ग्रेससित गठबन्धनमा विषफल ग्रहण गरेर आत्महत्याको बाटो रोजेको छ । अरूले भनेको राम्रो वा असहमतिको कुरालाई बेवास्ता गरेर विषफलको सेवनले आफ्नो अस्तित्व मटियामेट गरेको छ । सर्वेसर्वा र सम्राट बन्नुको परिणाम हिटलर मुसोलिनी र जारहरूबाट सिक्न सक्नुपर्दछ ।

५)जाँदा जाँदै शून्य र अङ्कको झगडाले सिकाएको पाठ अविस्मरणीय हुनसक्छ । अङ्कको उत्पत्ति अरवहरूले गरेका हुन्,शून्यको उत्पत्ति एसियाबाट भएको हो । एकपटक शून्य र अङ्कको बिचमा को ठूलो भन्ने कुरामा विवाद भयो । अङ्कले भन्छन– ‘हामी ठूलो हो,हामीलाई शून्य नभएपनि केही फरक पर्दैन ।’ शून्य भन्दछ– ‘म ठूलो हो किनकि मैले तिम्रो अस्तित्वलाई दश सय वा हजारगुणा बढाई दिने तागत छ ।’ दुबैमा आफ्ना अडान यथावत रहे । हुन पनि हो अङ्कमा शून्य थप्दा गुणात्मक लालित्य भरिन्छ,त्यसबाट अङ्क निकालेपछि अस्तित्व मेटिन्छ । जहाँ दुबैको संयोजन हुन्छ त्यहाँ सार्थक परिणाम आउँछ । असमझदारीको कुरा त एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु नै हो ।

यहाँ भन्न खोजिएको कुरा शून्य व्यापक छ,श्रृष्टिमा पनि शून्यको महत्व अस्वीकार हुन सक्दैन । शून्य भनेको कार्यकर्ता वा जनसाधारण मानिसको समुह हो । जुन् अथाह रूपमा रहेको छ । अङ्क भनेको नेतृत्व हो सिमित संख्यामा रहेको हुन्छ । शून्यको साथबिना अङ्कले खासै काम गर्न सक्दैन । वर्तमानको विवाद भनेको स्वार्थी दम्भकारी नेतृत्वले सहअस्तित्व नकारेर पद बैभव प्रतिष्ठालाई शीरोधार्य गरेर दुश्मनसित घाँटी जोड्नाले आएको हो । अब नेतृत्वको नियति सोम शर्मा भारुण्ड चराको हुने कुरामा दुईमत छैन । टड्कारो परिणाम त निकट भविष्यमा हुने संसदीय र गाँडको पिलो प्रदेश सभाको निर्वाचनले प्रष्ट गर्नेछ । उता पाँचदलीय गठबन्धनको सरकारको समर्थन र भागवण्डामा सामेल हुने यता देखावटी रूपमा एमसिसिको विरोध गरेको जस्तो देखाउनु कुन नैतिकता भित्र पर्छ कुन्नि ? एमसिसिको पछाडि लुकेर रहेको तीर एसपिपिको विरोध गर्न सकिदैन र गठबन्धनबाट त्यो गर्न मिल्दैन भन्ने लाचार नेतृत्वको अभिव्यक्तिलाई हार्दिक श्रध्दाञ्जली बाहेक अन्य शव्दले समवेदना दिन सकिने ठाऊँ कहीँ कतै देखिदैन । सूर्यको अगाडि दियो किन बालौ र हजुर ? विज्ञेसु किमधिकम् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित