- विमल शर्मा
गतांकबाट क्रमशः
३. देशका राजनैतिक शक्तिहरुको विष्लेषण
१. मसौदा प्रतिवेदन पृ० २९ को बुँदा १ आठौंलाइनमा राजा, पछि लेखिएको “ने.का., सदभावना वा राप्रपाको वर्गीय आधार एउटै हो । तिनीहरुले सामन्त र दलाल पूँजीपतिवर्गको प्रतिनिधित्व गर्दैछन् । तर वर्गीय आधार एउटै भए पनि राजनैतिक दृष्टिले उनीहरुमा कैयौं अन्तरहरु छन् ।” भन्ने वाक्य पारित दस्तावेजको पृष्ठ २१ को बुँदा १ को ९औं लाइनबाट हटाइएको छ ।
२. मसौदा दस्तावेजको पृ० २९ को बुँदा १ अन्तीम लाइनमा कारणले पछि “अझै पनि प्रतिगमन र निरंकुश राजतन्त्रको पुनस्र्थापनाको खतरा कायम छ । त्यसैले” नभएको शब्द पारित दस्तावेजको पृष्ठ २१ को बुँदा १ को तलबाट चौथोलाइन माथि कारणले पछि थपिएको छ ।
३. मसौदा दस्तावेज ३० बुँदा २ को नवौं लाइनमा आफ्नो पछि “नीतिबाट” को ठाउँमा पारित दस्तावेजको पृष्ठ २२ बुँदा २ को नवौं लाइनमा आफ्नो पछि “राजनैतिक दस्तावेजबाट” भनेर राखिएको छ ।
४. मसौदा दस्तावेज ३० बुँदा २ को तलबाट सातौ लाइनमा त्यसैले पछि नभएको “प्रतिगमन र निरंकुश राजतन्त्रको पुनस्थापनाको खतरा कायम रहँदा सम्म” भनेर पारित दस्तावेजको पृष्ठ २२ बुँदा २ को तलबाट आठौं लाइनमा त्यसैले पछि थपिएको छ ।
५. मसौदा दस्तावेज ३० बुँदा २ को तलबाट माथि पाँचौ लाइनमा कायम गर्ने पछि “प्रयत्नसिल ऐक्यबद्धता कायम गर्ने प्रयत्न गर्दै त्यसलाई गणतन्त्रका पक्षमा लैजाने हाम्रो प्रयत्न हुनु पर्दछ । वा त्यसका लागि त्यो तयार नभए त्यसका विरुद्ध संघर्ष गर्दै गणतन्त्र पक्षमा व्यापक जनमत तयार पार्ने हाम्रो प्रयत्न हुनुपर्दछ” को स्थानमा पारित दस्तावेजको पृष्ठ २२ बुँदा २ को तलबाट माथि पाचौं लाइनमा कायम गर्ने पछि “सोचाईको पनि प्रगतिशील महत्व भएको कुरालाई स्वीकार गर्न सकिन्न । प्रतिगमन र निरंकुश राजतन्त्रको खतराका सन्दर्भमा वैधानिक राजतन्त्र वा सेरेमोनियल किङका पक्षधरहरुसितको एकताले पनि महत्व राख्दछ । तर त्यस प्रकारका सोचाईहरुलाई पनि गणतन्त्रका पक्षमा लैजाने हाम्रो प्रयत्न” भनेर राखिएको छ ।
६. मसौदा दस्तावेज पृष्ठ ३५, बुँदा ७ को ११ औं लाइनमा सकेको छैन पछि “नेतृत्वपंक्तिमा अन्य राजनैतिक दल, मुख्यतः माओवादी प्रति पिछलग्गुपनको प्रवृत्ति देखा परेको छ भने सरकारमा जानका लागि पनि पार्टीलाई फुटाउने काम भएको छ ।” भन्ने वाक्यांशलाई पारित दस्तावेजको पृष्ठ २७ बँुदा ७ को दशौं लाइनबाट सकेको छैन पछि त्यो शब्द हटाइएको छ ।
७. मसौदा दस्तावेज पृष्ठ ३६ को बुँदा ७ को तेस्रो लाईनमा प्रकारले संघर्ष पछि “गतकालमा” को स्थानमा पारित दस्तावेजको पृष्ठ २८ को बुँदा ७ को तेस्रो लाईनमा प्रकारले संघर्ष पछि “एकताकेन्द्र सित पार्टी एकता गरेर ने.क.पा. (एकताकेन्द्र–मसाल)को निर्माण गरेको गत ५ वर्षको अवधिमा पार्टीको संगठनात्मक अवस्था एकता, अनुशासन र वर्ग संघर्ष तथा पार्टीको राजनैतिक भूमिका धेरै नै कमजोर भयो वा पछाडि प¥यो । तै पनि त्यो अवधिमा पनि” भनेर थपिएको छ ।
८. मसौदा दस्तावेज पृष्ठ ३६ को बुँदा ७ को तलबाट माथि तेस्रो लाईनमा यो महाधिवेशनले पार्टीलाई पछि पारित दस्तावेजको पृष्ठ २८ को तलबाट बुँदा ७ को तलबाट माथि आठौं लाइनमा “को विशेष महाधिवेशनलाई नेकपा (मसाल) को पूर्व इतिहासलाई निरन्तरता दिदै पार्टीको नाम ने.क.पा.(मसाल) राख्ने तथा विशेष महाधिवेशनलाई ने.क.पा. (मसाल) को सातौ महाधिवेशनका रुपमा स्वीकार गर्ने ठेगान ग¥यो त्यसरी अब ने.क.पा. (मसाल) पुनस्र्थापित भएका छ । अब मसालको पुर्व स्पिरिट” भनेर नयाँ वाक्य थपिएको छ ।
९.मसौदा दस्तावेज पृष्ठ ३६ को बुँदा ७ को तलबाट माथि दोस्रो लाइनमा आधारमा पार्टीलाई पछि “अगाडि बढाउन मद्दत गर्नेछ भन्ने हामीले आशा गरेका छौं ।” भन्ने स्थानमा पारित दस्तावेजको पृष्ठ २८ को बुँदा ७ को तलबाट माथि तेस्रो लाइनमा आधारमा पार्टी पछि “को विस्तार र सुदृढिकरण वा पार्टीको राजनैतिक भूमिकालाई सशक्त गति र रुप दिन हामी सफल हुने छौं भन्ने हामीलाई पूरा आशा र विश्वास छ ।” भनेर राखिएको छ ।
४. तात्कालिक ठोस कार्यक्रम
१. मसौदा दस्तावेज पृष्ठ ३८ बुँदा १४ को क्षतिपूर्ति हुनु पर्दछ पछि नभएको शब्द पारित दस्तावेजको पृष्ठ ३० को बुँदा १४मा क्षतिपूर्ति हुनु पर्दछ पछि “औद्योगिक मजदूरहरुको न्यूनतम ज्याला निर्धारित गरिनु पर्दछ । उद्योगहरुमा मजदूरहरुलाई ठेकेदारी प्रथा अन्तरगत काम गराउने प्रणाली बन्द गरिनु पर्दछ ।” भनेर थपिएको छ ।
२. मसौदा दस्तावेज पृष्ठ ३९ को बुँदा १७ को खारेज हुनुपर्दछ पछि “शिक्षा र सहकारी कामकाजमा मातृभाषाहरुको प्रयोग गर्न पाउने अधिकार हुनुपर्दछ” भन्ने वाक्य हटाएर पारित दस्तावेज पृष्ठ ३१ बुँदा १८ मा खारे हुनुपर्दछ पछि “सबै भाषाहरुलाई विकासको अवसर र मद्दत प्रदान गरिनु पर्दछ ।” भनेर लेखिएको छ ।
३. मसौदा दस्तावेज पृष्ठ ३९ को बुँदा १९ को कडा व्यवस्था गरिनु पर्दछ पछि को स्थानमा पारित दस्तावेज पृष्ठ ३१ बुँदा २०मा कडा व्यवस्था गरिनु पर्दछ पछि “उनीहरुको भाषा संस्कृतिको संरक्षण वा विकासका लागि आवश्यक मद्दत गरिनु पर्दछ ।” भन्ने राखिएको छ ।
४. मसौदा दस्तावेज पृष्ठ ३९ को बुँदा २१ के अन्त्यमा राष्ट्रिय अर्थतन्त्रको निर्माण गरिनु पर्दछ पछि नभएको वाक्य पारित दस्तावेजको पृष्ठ ३१ को बुँदा २२ को राष्ट्रिय अर्थतन्त्रको निर्माण गरिनु पर्दछ पछि “द्वन्दका कारण रुग्ण हुन पुगेका उद्योगहरुलाई उचित क्षतिपूर्ति वा राहत सहित संचालन गर्नु पर्दछ ।” भनेर थपिएको छ ।
५. मसौदा दस्तावेजको पृष्ठ ४० बुँदा २७ को शुरुमा “सर्वसाधारणको लागि स्वास्थ्य सेवाको समुचित व्यवस्था हुनुपर्दछ” लेखिएको स्थानमा पारित दस्तावेजको पृष्ठ ३२ को बुँदा २८ मा त्यसको ठाउँमा “सर्वसाधारणका तथा विपन्न तथा असहाय, असक्त, अपा·लाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनु पर्दछ ।” भनेर लेखिएको छ ।
६. मसौदा दस्तावेजको पृष्ठ ४० बुँदा २८ को भ्रष्ट नीति पछि “तथा कांग्रेसीकरणको” भन्ने शब्द पारित दस्तावेजको पृष्ठ ३२ बुँदा २९ को भ्रष्ट नीति पछि हटाइएको छ ।
७. मसौदा दस्तावेज पृष्ठ ४१ बुँदा ३१ मा प्रचार र विज्ञापनमा पछि नभएको शब्द पारित दस्तावेज पृष्ठ ३३ बुँदा ३३ मा विज्ञापनमा पछि “महिलाहरुको ना·ो तस्वीर प्रदर्शन गर्ने कार्यमा” भनेर थपिएको छ । त्यही ३३ नं.बुँदाको रोक लगाइन पर्दछ पछि “सुन्दरी प्रतियोगिता आयोजना गर्ने कार्यलाई राज्यद्वारा कडा कानुन द्वारा रोक लगाइनु पर्दछ” नयाँ वाक्य थपिएको छ ।
८. मसौदा दस्तावेज पृष्ठ ४१ बुँदा ३२ मा नियन्त्रणका लागि पछि “कार्यवाही गरिनुपर्दछ” को स्थानमा पारित दस्तावेज पृष्ठ ३३ बुँदा ३४ मा नियन्त्रणको लागि पछि “आवश्यक कडा कानुनको व्यवस्था” थपिएको छ ।
९. मसौदा दस्तावेज पृष्ठ ४१ बुँदा ३३ मा नाफाखोरहरुको पछि नभएको शब्द पारित दस्तावेज पृष्ठ ३३ बुँदा ३५ मा नाफाखोरहरुको पछि “अवैध धन्दा माथि” भनेर थपिएको छ ।
१०. मसौदा दस्तावेज पृष्ठ ४१ बुँदा ४० को “पर्यटनको विकासका लागि प्रयत्न गरिनु पर्दछ । देशमा पर्यटन केन्द्रका सबै सम्भावनाहरुको उपयोग र विकास गरिनु पर्दछ पर्यटनबाट देशको सुरक्षा पर्यावरणमा बाधा पुग्न नदिन र प्रदूषण बढ्न नदिन सावधानी पूर्वक प्रयत्न गरिनु पर्दछ ।” को स्थानमा पािरत दस्तावेज पृष्ठ ३३ बुँदा ४४ मा “पर्यटन क्षेत्रमा विकासका सम्भावनाहरुको अनुसन्धान गरी पर्यटन व्यवसायलाई विकसित गरिनु पर्दछ । देशमा पर्यटन केन्द्रका सबै सम्भावनाहरुको उपयोग र विकास गरिनु पर्दछ । पर्यटनबाट देशको सुरक्षा पर्यावरणमा बाधा पुग्न नदिन प्रदुषण बढ्न नदिन सावधानी अपनाउन प्रयत्न गर्नु पर्दछ ।” भनेर राखिएको छ ।
११. मसौदा दस्तावेज पृष्ठ ४१ मा नभएका बुँदाहरु पारित दस्तावेज को पृष्ठ ३४मा ४५ देखि ५६ नं. बुँदासम्म निम्न अनुसार नयाँ बुँदाहरु थपिएको छ ।
(४५) नेपाल भारत सीमालाई प्रचलित अन्तर्राष्ट्रिय मापदण्डका आधारमा व्यवस्थित गरिनु पर्दछ ।
(४६) बैदेशिक रोजगारीका निम्ति विद्यमान दलाली प्रथा खारेज गरिनु पर्दछ र त्यसको व्यवस्था स्वयं सरकारले नै गर्नुपर्दछ ।
(४७) देशमा रहेका धातु तथा खनिजहरूका स्रोतहरूलाई राज्यद्वारा संरक्षण गरिनु पर्दछ र तिनीहरूलाई उद्योगका रूपमा विकास गरिनु पर्दछ ।
(४८) सातदल र माओवादीका नव–अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्नुपर्दछ ।
(४९) हिमाली भेग र तराईलाई जोड्ने उत्तर–दक्षिण मोटरबाटाहरू निर्माण गरिनुपर्दछ ।
(५०) पूर्व र पश्चिम जोड्ने रेलमार्गको निर्माण गरिनु पर्दछ । देशका पूरातात्विक तथा ऐतिहासिक महत्वका–गुफा, ताल वा अन्य स्थानहरूको संरक्षण गरिनु पर्दछ ।
(५१) जलस्रोतको व्यापक सदुपयोग गरी विद्युत उत्पादन तथा सिंचाईको विकासका लागि राज्यद्वारा योजना बनाइनु पर्दछ ।
(५२) दुर्गम पहाडी तथा हिमाली भेगका जनतालाई विद्युत, यातायात, खानेपानी, सिंचाई, शिक्षा लगायत बजार प्रवर्धनको उचित व्यवस्था गरी त्यो क्षेत्रको विकासमा जोड दिनुपर्दछ ।
(५३) पिछडिएका क्षेत्रको सर्वांगिण विकासका लागि योजनावद्ध प्रकारले काम गरिनु पर्दछ ।
(५४) दुर्गम तथा पिछडिएका गाउँहरूमा सुफत मूल्यका पसलहरू खोलिनु पर्दछ ।
(५५) हिमाली तथा पहाडी जिल्लाहरूमा जडिबुटि प्रशोधन केन्द्रहरूको स्थापना हुनुपर्दछ ।
(५६) सहकारी प्रणालीको विकासका लागि राज्यले ठोस नीति र योजना बनाउनु पर्दछ र त्यस्ता सहकारीहरूलाई प्रोत्साहित गर्नुपर्दछ ।
अन्तर्राष्ट्रिय परिस्थिति सम्बन्धी प्रस्ताव ः
१. मसौदा दस्तावेज पृष्ठ ४३ बुँदा ३ को तलबाट पाँचौ लाइनमा माथिको आक्रमण पछि “सद्दाम हुसेनलाई दिइएको मृत्यु दण्डले” भन्ने शब्दलाई पारित दस्तावेज पृष्ठ ३६ को बुँदा ३ को तलबाट पाँचौलाइनमा हटाइएको छ । सोही बुँदाको तलबाट माथि चौथोलाइनमा छर्ल· भएको छ पछि “उनका सहयोगीहरुलाई” भन्ने शब्द पनि हटाइएको छ ।
२. मसौदा दस्तावेज पृष्ठ ४४ को बुँदा नं. ४ को भूमण्डलीकरण, पछि “सामाजिकीकरणले समाजवादका लागि तयार पारेको बस्तुगत आधारका कारणले अन्तमा साम्राज्यवादको पराजय र विश्व क्रान्तिको विजय अवश्यम्भावी छ ।” भन्ने वाक्यांशलाई पारित दस्तावेज पृष्ठ ३७ बुँदा ४ को शुरुबाटै हटाइएको छ ।
३. मसौदा दस्तावेज पृष्ठ ४६ बुँदा नं.६ मा कब्जा जमाएका छन् पछि “अब रुस पनि जी–७को ग्रुपमा सामेल भएको छ” लाई पारित दस्तावेजको पृष्ठ ३९ को बुँदा ६ मा कब्जा जमाएका छन् पछि हटाईएको छ ।
४. मसौदा दस्तावेज पृष्ठ ४८ बुँदा ९ को अन्त्य को एक लाइन अगाडि व्यस्थाको पतन पछि “तथा पूर्व समाजवादी देशहरुमा” लाई पारित दस्तावेज पृष्ठ ४० बुँदा ९ को अन्त्यको एक लाइन अगाडि पतन वा पछि बाट हटाइएको छ ।
५. मसौदा दस्तावेज पृष्ठ ५० बुँदा १४ को छैठौं लाइनमा सदस्य बनिसकेका छन् पछि “दक्षिण एशियामा नेपाल र भुटान बाहेक सबै देशहरु त्यसको सदस्य बनिसकेका छन् । नेपालले त्यसको सदस्यताको लागि दरखस्त दिएको छ र विश्व व्यापार संगठनको सम्मेलनमा पर्यवेक्षकको हैसियतले उपस्थिति हुने गरेको छ ।” को स्थानमा पारित दस्तावेज पृष्ठ ४३ बुँदा १४ को छैठौं लाइनमा सदस्य बनिसकेका छन् पछि “नेपाल पनि विश्व व्यापार संगठनको सदस्य राष्ट्र बनिसकेको छ ।” भनेर राखिएको छ ।
६. मसौदा दस्तावेज पृष्ठ ६१ बुँदा ३० को आन्दोलन चलिरहेका छन् पछि “तर सहि सैद्धान्तिक आधार वा राजनीतिक नेतृत्वका अभावमा ती मध्ये कैयौ आन्दोलनहरु आतंकवादी गतिविधिका रुपमा पनि देखापरिरहेका छन् । कतिपय स्थानहरुमा स्वतन्त्रताको संघर्षको नाममा निर्दाेष नागरिक महिला, बालक बालिका वा निम्न वर्गिय मेहनतकश जनताको समेत निर्मम हत्याले त्यस प्रकारको आतंकवादी स्वरुपलाई नै बताउँछ ।” भन्ने वाक्यांसलाई पारित दस्तावेज पृष्ठ ५४ को बुँदा ३० मा चलिरहेका छन् पछि हटाइएको छ ।
७. मसौदा दस्तावेजको पृष्ठ ६१ बुँदा ३० को अन्त्यमा सामना गर्न परिरहेको छ पछि नभएको बाक्यांश पारित दस्तावेजको पृष्ठ ५४ बुँदा ३० मा सामना गर्न परिरहेको पछि “सद्दाम हुसेन ईराककमो महान देश भक्त हुन् । उनको सहादतले त्यहाँको राष्ट्रिय मुक्ति आन्दोलनलाई लगातार प्रेरणा दिईरहने छ । तर सही सैद्धान्तिक आधार वा राजनैतिक नेतृत्वका अभावमा ती मध्ये कैयौं आन्दोलनहरु आतंकवादी गतिविधिका रुपमा पनि देखा परिरहेका छन् । कतिपय स्थानहरुमा स्वतन्त्रताको संघर्षको नाममा निर्दाेष नागरिक महिला, बालक बालिक वा निम्न वर्गीय मेहनतकश जनताको समेत निर्मम हत्याले त्यसप्रकारको आतंकवादी स्वरुपलाई नै बताउँछ” भनेर थपिएको छ ।
८. मसौदा दस्तावेज पृष्ठ ६४ मा बुँदा ३४ पछि नभएको बुँदा पारित दस्तावेज पृष्ठ ५७ मा बुँदा ३५ बनाएर लेखिएको छ ः ३५. पूर्व समाजवादी देशहरूमा पूँजीवादको पुनस्र्थापना र विश्व समाजवादी व्यवस्थाको पतनको परिणामस्वरूप विश्व कम्युनिष्ट आन्दोलन अत्यन्त कमजोर भएको छ । त्यसले गर्दा विश्व समाजवादी, नयाँ जनवादी वा राष्ट्रिय मुक्ति आन्दोलनहरू अत्यन्त कमजोर हुन गएका छन् । पेरूमा चलेको क्रान्तिकारी आन्दोलन असफल भयो । नेपालमा पनि छापामार युद्ध सुरू भएको थियो । माओवादी समूहले सुरू गरेको त्यो छापामार युद्ध वा कथित जनयुद्ध उग्र “वामपंथी” भटकाव थियो । त्यसका तल्लो स्तरका कार्यकर्ताहरू क्रान्तिकारी स्पिरिटद्वारा प्रेरित भएको भए पनि त्यसको नेतृत्व अवसरवादी र क्यारिरिष्ट थियो र छ । त्यसैले त्यसको दक्षिणपंथी अवसरवादी दिशामा पतन अनिवार्य थियो । अहिले त्यसले माक्र्सवादी–लेनिनवादी वा स्वयं त्यो पार्टीले स्वीकार गरेको माओवादको सिद्धान्तलाई तिलाञ्जली दिएर दक्षिणपंथी नै दिशामा भैरहेको संक्रमणले त्यही कुरा बताउँछ ।
अन्तर्राष्ट्रिय स्तरमा कम्युनिष्ट आन्दोलनलाई संगठित पार्नका लागि गत दशकहरूमा कैयौं प्रयत्नहरू हुने गरेका छन् । त्यही सिलसिलामा रिमको स्थापना भयो । तर त्यसमा देखापरेको संकीर्णवादी वा नव–ट्राटस्कीवादी प्रवृत्तिहरूका कारणले त्यसले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई सही माक्र्सवादी–लेनिनवादी सिद्धान्तका आधारमा संगठित गर्नका लागि सकारात्मक योगदान दिन सकेन । ब्रुसेल्समा प्रत्येक साल सम्पन्न हुने अन्तर्राष्ट्रिय सेमिनारहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा विचारहरूको आदान–प्रदान वा सम्पर्कको विस्तारका लागि महत्वपूर्ण योगदान दिने गरेको छ । तर ती सेमिनारहरू कुनै सैद्धान्तिक आधारमा हुने गर्दैनन् । त्यसकारण अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई सुदृढ पार्न तिनीहरूको कुनै खास योगदान हुँदैन । जे.सी.जी (व्यष्लत ऋय(यचमष्लबतष्यल न्चयगउ) का तत्वाधानमा हुने अन्तर्राष्ट्रिय सम्मेलन (क्ष्ऋ)हरूले माक्र्सवादी–लेनिनवादी–माओत्सेतुंग विचारधाराको आधारमा माक्र्सवादी–लेनिनवादी पार्टी र संगठनहरूका बीचमा अन्तर्राष्ट्रिय एकताको निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तर अन्तर्राष्ट्रिय सम्मेलन (क्ष्ऋ) पनि ठोस माक्र्सवादी–लेनिनवादी सिद्धान्तका आधारमा संगठित हुने गरेको छैन । त्यसमा दक्षिणपंथी अवसरवादी र उग्र “वामपंथी” वा संकीर्णवादी संगठनहरू पनि सामेल हुने गरेका छन् । त्यसले गर्दा त्यसका तत्वाधानमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई ठोस सैद्धान्तिक आधारमा संगठित गर्ने कुनै खास भूमिका खेल्न सकेको छैन । समग्र रूपमा भन्नुपर्दा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा छ । तर त्यसको वस्तुगत आधार व्यापक र मजबुत छ । त्यसकारण माक्र्सवाद–लेनिनवाद–माओत्सेतुंग विचारधाराका आधारमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई संगठित गर्न ठोस पहल गर्नु पर्ने आवश्यकता छ ।
न्यूनतम कार्यक्रम
१. मसौदा दस्तावेजका पृष्ठ ६५ को बुँदा १ को अन्त्यमा नभएको परिच्छेद बनाएर पारित दस्तावेजको पृष्ठ १ को बुँदा १ को कार्यक्र पनि भन्दछौं पछि “त्यो लक्ष्य सर्वहारा वर्गको पार्टीको नेतृत्व, पार्टी नेतृत्वमा सबै क्रान्तिकारी वर्गहरुको संयुक्त मोर्चा तथा दीर्घकालिन जनयुद्धद्वारा मात्र प्राप्त हुन सक्नेछ । तर अहिलेको बस्तु स्थिति वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय परिस्थिति माथि ध्यान दिंदा सशस्त्र संघर्ष शुरु गर्ने अवस्था छैन र शान्तिपूर्ण जनआन्दोलन नै संघर्षको प्रधान रुप हुन्छ । तर त्यसको उद्देश्य पुनः नयाँ जनवादी क्रान्ति वा दीर्घकालिन जनयुद्धका लागि आधार तयार पार्ने हुनुपर्दछ ।” भनेर थपिएको छ ।
२. मसौदा दस्तावेज पृष्ठ ६६ को बुँदा ५ को शुरुको “नेपाली जनताले पहिले देखि नै आफ्नो देश माथि प्रभाव जमाउन चाहने ब्रिटिश साम्रज्यवादका विरुद्ध संघर्ष गर्दै आएका थिए । सुगौली सन्धीले नेपाली जनताको साम्रज्यवाद विरोधी आन्दोलनलाई मत्थर पार्यो र त्यसपछि राणा शासकहरुले ब्रिटिस साम्राज्यवादको दलाली गरि विभिन्न ढंगले खुसी पार्ने काम गरे । यसबाट नेपालको राष्ट्रियता नाजुक र कमजोर बन्दै गयो । तर जनताका ब्रिटिश साम्राज्यवाद प्रतिको घृणा जिवितै रह्यो ।” भन्ने स्थानमा पारित दस्तावेज पृष्ठ ३ को बुँदा ५ को शुरुमा “बृटिश साम्राज्यवादले भारतीय उपमहाद्विपमा आधिपत्य कायम गर्ने क्रममा नेपालमा पनि आक्रमण गर्ने नीति अपनाउदै आएको थियो । त्यो नीति अन्तरगत उनीहरुले राणालाई उपयोग गर्ने नीति अपनाए । राणा शासकहरुले ब्रिटिश साम्राज्यवादको दलाली गरी आफ्नो निरंकुश शासन मजबुत पार्ने नीति अपनाए । तर जनतामा राणा शासक प्रतिको घृणा जिवितै रह्यो ।” भनेर राखिएको छ ।
३. मसौदा दस्तावेज पृष्ठ ६७ बुँदा ५ को भारतीय शासकहरुले ने.का. पछि “जस्तो वफादार एजेन्टका माध्यमबाट” को स्थानमा पारित दस्तावेजको पृष्ठ ३ को बुँदा ५ को शासकहरुले ने.का. पछि “का माध्यमबाट” भनेर राखिएको छ ।
४. मसौदा दस्तावेज पृष्ठ ६७ को बुँदा ५ को सेकेन्ड लास्टमा घटना त्यही पछि “कुख्यात” भन्ने शब्द पारित दस्तावेजको पृष्ठ ३ को बुँदा ५ को सेकेन्ड लास्टमा घटना त्यही पछि बाट त्यो शब्द हटाइएको छ ।
५. मसौदा दस्तावेज पृष्ठ ६७ को बुँदा ५ को अन्त्यमा परिणाम हो पछि नभएको परिच्छेद पारित दस्तावेजको पृष्ठ ३ को बुँदा ५ को सम्झौताको परिणाम हो पछि “००७ साल पछि देशमा कैयौं महत्वपूर्ण राजनैतिक परिवर्तनहरु पनि भए । जसमध्ये निरंकुश राणा शासनको अन्त्य, सीमित रुपमा भएपनि बहुदलीय व्यवस्थाको स्थापना र संविधान सभाको चुनावको घोषणा आदि प्रमुख थिए । त्यसका बाबजुद देशमा कुनै मुलभूत परिवर्तन आएन र आउन सकेन” भनेर थपिएको छ ।
६. मसौदा दस्तावेज पृष्ठ ७० बुँदा ७ को अन्त्यको प्यारालाई ८ नं. बँुदा बनाइएको छ भने पारित दस्तावेजको बुँदा ७ को पृष्ठ ७ को अवरोध पैदा भएको छ पछि “नयाँ जनवादी क्रान्तिले सामन्त वर्ग वा दलाल र नोकरशाही पूजीपति वर्गको सम्पत्तिलाई जफत गर्ने छ । तर त्यसको अर्थ व्यक्तिगत सम्पत्ति माथि आधारित राष्ट्रिय उद्योग व्यापार वा कृषिलाई समाप्त गर्नु हुने छैन । नयाँ जनवादी क्रान्तिपछि मिश्रित आर्थिक प्रणाली अपनाइने छ, जस अन्तरगत सामुहिक कृषि, सहकारी प्रथा वा व्यक्तिगत सम्पत्तिमा आधारित उद्योग, व्यापार वा कृषिलाई साथ साथै संचालन गर्ने नीति अपनाइने छ । तर एकातिर, राष्ट्रिय अर्थतन्त्रलाई योजना बद्ध प्रकारले संचालन गर्ने, अर्कातिर, मेहनतकश जनताका हितहरुको रक्षा गर्ने गरी उद्योग व्यापार वा कृषिलाई व्यवस्थित पार्नका लागि राज्यको भूमिकालाई स्वीकार गरिने छ ।” भन्ने परिच्छेद थपिएको छ ।
७. मसौदा दस्तावेज पृष्ठ ७० को बुँदा ८ उद्देश्य पूरा गर्ने प्रयत्न गर्नुपर्दछ तर पछि “संविधान सभाको चुनाव सम्पन्न भएर” भन्ने स्थानमा पारित दस्तावेजको पृष्ठ ७ को बुँदा ९ को उद्देश्य पूरा गर्ने प्रयत्न गर्नुपर्दछ तर पछि “त्यो कार्य स्वतः हुने छैन । त्यसका लागि आन्दोलन पक्षधर राजनैतिक शक्तिहरू र जनताको ठोस भूमिका आवश्यक हुनेछ । अन्यथा २००७ साल वा २०४६ साल पछि जस्तै पुनः प्रतिगमन सुदृढ हुने र निरंकुश राजतन्त्र कायम हुने सम्भावना रहनेछ । नेपालको विशिष्ट अवस्थामा हाम्रो देशमा बैधानिक राजतन्त्र कायम रहन नसक्ने कुरा इतिहासले बारम्बार स्पष्ट गरिसकेको छ । यदि देशमा बैधानिक राजतन्त्र कायम गरिन्छ भने पनि राजाको प्रयत्न पुनः निरंकुश राजतन्त्र कायम गर्ने नै हुनेछ । २००७ वा २०४६ साल पछिको घटनाक्रमबाट त्यो कुरा सिद्ध भईसकेको छ । त्यसकारण हाम्रो देशमा बैधानिक राजतन्त्र कायम हुन्छ भने पनि त्यसले निरंकुश राजतन्त्रलाई नै मार्ग प्रशस्त गर्ने कुरा स्पष्ट छ । त्यसकारण नेपालको अहिलेसम्मको इतिहासको मूल्यांकन गर्दा हामी यो निष्कर्षमा पुग्दछौंँ । यदि हामीले गणतन्त्रको उद्देश्यलाई छाडेर वैधानिक राजतन्त्र कायम गर्ने नीति अपनाउँछौं भने त्यसको परिणाम पुनः निरंकुश राजतन्त्र नै हुने कुरा स्पष्ट छ । इतिहासको त्यो अनुभवबाट शिक्षा लिदै हामीले राजतन्त्र समाप्त गरेर गणतन्त्रको स्थापनामा नै मुख्य दिनुपर्दछ ।” भनेर थपिएको छ ।
८. मसौदा दस्तावेजको पृष्ठ ७१ को बुँदा ८ को तलबाट माथि पाचौ लाइनमा प्रतिकृयावादी प्रकारको पछि “सत्ताको” स्थानमा पारित दस्तावेजको पृष्ठ ९ को बुँदा ९को माथिबाट दोस्रोलाइनमा प्रतिकृयावादी प्रकारको पछि “अधिनायकवादको” बनाइएको छ ।
९. मसौदा दस्तावेज पृष्ठ ७४ बुँदा १४को अन्त्यमा नभएको परिच्छेद पारित दस्तावेजको पृष्ठ १२ को बुँदा १५ को “अन्तरविरोधहरुको हल हुनेछ ।” पछि “अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद, सामन्तवाद तथा दलाल र नोकरशाही पूँजीपति वर्ग क्रान्तिका दुश्मन शक्तिहरू हुन् । एकातिर, नेपाली जनता र, अर्कोतिर, उपरोक्त दुश्मन शक्तिहरूका बीचका अन्तरविरोधहरू नै आधारभूत अन्तरविरोधहरू हुन् । ती अन्तरविरोधहरू मध्ये पनि कुनै खास बेलामा कुनै खास अन्तरविरोध प्रधान हुन्छ । अहिलेको देशको खास अवस्थामा एकातिर, भारतीय विस्तारवाद र देशीय सामन्तवाद र अर्कातिर, नेपाली जनताका बीचको अन्तरविरोध नै प्रधान अन्तरविरोध हो । नेपालको तात्कालिक विशिष्ट अवस्थामा राजतन्त्रका विरूद्धको संघर्षमा नै मुख्य जोड दिनुपर्दछ । तात्कालिक अवस्थामा राजतन्त्रलाई समाप्त गरेर गणतन्त्रको स्थापनामा नै मुख्य जोड दिनुपर्दछ । तैपनि कार्यनैतिक रूपमा भारतीय विस्तारवाद र राजतन्त्र नै मुख्य दुश्मन हुन् ।” नयाँ परिच्छेद थपिएको छ ।
१०. मसौदा दस्तावेज पृष्ठ ७७ बुँदा १८मा सर्वहारा सांस्कृतिक क्रान्तिको पछि “प्रकाशले संसारलाई आलोकित बनाएको थियो ।” को स्थानमा पारित दस्तावेज पृष्ठ १५ बुँदा १९मा सर्वहारा सांस्कृतिक क्रान्तिको पछि “क्रान्तिले विश्व भरको क्रान्तिकारी आन्दोलनका लागि प्रेरणाको श्रोतका रुपमा काम गरेको थियो ।” भनेर राखिएको छ ।
११. मसौदा दस्तावेज पृष्ठ ७७ बुँदा १८ मा कम्युनिष्ट आन्दोलन नै पछि “एउटा संकटको घडीमा” को स्थानमा पारित दस्तावेज पृष्ठ १६ मा बुँदा १९ मा कम्युनिष्ट आन्दोलन नै पछि “ठूलो क्षति” भनेर लेखिएको छ ।
१२. मसौदा दस्तावेज पृष्ठ ७७ बुँदा १८मा अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलन पछि “मा गति प्रदान गर्ने काममा विशेष प्रकारको ध्यान दिईरहेका छन् । उनीहरुले वर्तमान विश्व कम्युनिष्ट आन्दोलनका समस्याहरुको समाधान गर्ने दिशामा ठोस पाइला चाल्दै गईरहेका छन् ।” भन्ने वाक्यको स्थानमा पारित दस्तावेज पृष्ठ १६ बुँदा १९ मा अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलन पछि “लाई सुदृढ र एकताबद्ध पार्न लगातार प्रयत्न गर्दै आएका छन् । माक्र्सवाद–लेनिनवाद–माओत्सेतु· विचारधाराको अजेय सैद्धान्तिक आधार बस्तुगत वर्गिय शोषण र उत्पीडन तथा तिनीहरुका विरुद्ध चल्ने वर्ग संघर्षले पुनः विश्व कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाउने छ र अन्तमा सम्पूर्ण विश्वमा समाजवादी क्रान्ति सफल हुने अवश्यम्भावी छ । सारा संसार त्यही भविष्यतिर आगाडि बढिरहेको छ ।” भनेर राखिएको छ ।
१२. मसौदा दस्तावेज पृष्ठ ८० (ढ) मा महिला मजदुरहरुको पछि नभएको शब्द पारित दस्तावेज पृष्ठ १९ (ढ)मा “समान कामको समान ज्याला सुनिश्चित तथा उनीहरुको” भनेर थपिएको छ ।
१३. मसौदा दस्तावेज पृष्ठ ८० (त) मा हितको रक्षागर्ने पछि नभएको शब्द पारित दस्तावेज पृष्ठ १९ को (त) मा हितको रक्षागर्ने पछि “महिला मजदुर गर्भवती र सुत्केरी हुँदाको अवस्थामा विशेष सुविधाको व्यवस्था गर्ने” भनेर नयाँ वाक्य थपिएको छ । सोही स्थानमा (त) पछि (थ)बुँदा बनाएर पारित दस्तावेजमा नयाँ बुँदा राखिएको छ । त्यसमा लेखिएको छ ः “मजदुरहरुलाई ठेकेदारी प्रथा अन्तर्गत काम गराउने परिपाटीको अन्त्य गर्ने ।”
१४. मसौदा दस्तावेज पृष्ठ ८० शिक्षा तथा स्वास्थ्य को (घ)पछि नभएको नयाँ बुँदा (ङ) बनाएर पारित दस्तावेज पृष्ठ २० मा लेखिएको छ “संस्कृतिको प्रगतिशील र जनवादी रुपान्तरमा जोडदिने ।”
१५. मसौदा दस्तावेज पृष्ठ ८० (ई) रोजगार तथा सामाजिक सुरक्षा शिर्षकको (ग)मा पुनस्र्थापनागर्ने पछि नभएको वाक्यांस पारित दस्तावेजको पृष्ठ २० को (ग) मा पुनस्र्थापनागर्ने पछि “महिला माथिका सबै हिंसा (घरेलु र सामाजिक)को अन्त्यका लागि कडा दण्ड सजायको व्यवस्था गर्ने । पैतृक सम्पत्ति सहित सामाजिक जिवनका सबै क्षेत्रहरुमा उनीहरुमाथि हुने उत्पीडनको अन्त्य गर्ने । सबै क्षेत्रमा महिलाहरुलाई पुरुष सरह अधिकार प्रदान गर्ने ।” भनेर लेखिएको छ । क्रमशः