काठमाडौं । राष्ट्रघाती नागरिकता बिधेयक, महङ्गी र मलखाद अभाबका विरुद्धमा ६ वामदलले देशब्यापी बिरोध प्रदर्शन र सभा सम्पन्न गरेका छन् ।
काठमाडौंमा ६ बाम दलले रत्नपार्कबाट बिरोध जुलुश सुरु गरेका थिए । जुलुश बर्षातका बाबजुद पनि दरबार हाइस्कुल, जमल,घण्टाघर हुँदै पुनः रत्नपार्क आएर बिरोध सभामा परिणत भएको थियो । बिरोधसभालाइ नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिपि गजुरेल , नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि नारायण सापकोटा, नेकपा (बहुमत) का युवा नेता उपेन्द्र शाह र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
लुम्बिनी प्रदेशको बुटवलमा पनि ६ बाम दलले प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा सम्पन्न गरेका छन । बुटवलको नयाँ बस पार्कबाट अगाडि बढेको जुलुसले गगन भेदी नाराका साथ बजार परिक्रमा गरी पुरानो बसपार्कमा पुगेर बिरोध सभामा परिणत भएको थियो । विरोध सभालाई नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि राजमो केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेल माक्र्सवादी बिचार मंचका सचीव बिनबहादुर कुँवर, नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा र नेकपा (बहुमत) का जिल्ला इन्चार्ज कमरेड प्रभेसले सम्बोधन गरेका थिए । विरोध सभाको संचालन नेकपा (बहुमत)का नेता सुनिलले गरेका थिए । यस्तै गण्डकी प्रदेसको पोखरामा पनि ६ वामदलको आयोजनामा विरोध प्रदर्शन र सभा सम्पन्न गरिएको छ ।
पेट्रोलियम पदार्थ लगायत सम्पूर्ण वस्तु र सेवामा भएको चर्को मूल्यबृद्धि र कृषि मलको चरम अभावका साथै नागरिक विधेयकका विरुद्ध २५ असारमा पोखरामा नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समिति, नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी ) लगायतका ६ बाम राजनीतिक दलहरुद्वारा संयुत्त रुपमा बिरोध प्रदर्शन र सभा सम्पन्न गरिएको हो ।
पोखराको सभागृह चोकबाट सुरु भएको बिरोध जुलुश लखन थापा चोकमा पुगे बिरोध सभामा परिणत भएको थियो । बिरोध सभालाइ नेकपा ( मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि बिक्रम थापा, नेकपा (बहुमत) का केन्द्रीय सल्लाहाकार जगन तिवारी र नेकपा क्रान्तिकारी माओवादीका चार नम्बर प्रदेश सेक्रेटरी केश बहादुर परीयार लगायतले सम्बोधन गरेका थिए । विरोध सभाको संचालन नेकपा ( बहुमत) कास्की जिल्ला संयोजक बद्री अधिकारीले गरेका थिए ।
यसैगरी ६ वाम दलले २०७९ असार २५ गतेकै दिन प्रदेश एकको विराटनगरमा, मधेश प्रदेशको जनकपुरमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदुरपश्चिमको धनगढीमा समेत विरोध प्रदर्शन र सभा सम्पन्न गरेका थिए ।