नेकपा (मशाल) रुपन्देहीले बुझायो ज्ञापनपत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मशाल)ले रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई १६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । नेकपा (मशाल)का केन्द्रीय प्रतिनिधि दिपक पौडेलको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गएको टोलीले १६ बुँदे मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी अर्याललाई बुझाएको हो।

ज्ञापनपत्रमा भारतबाट आउने फलफूल, तरकारी लगायतका खाद्यान्नलाई ल्याब टेष्ट गरेर मात्र नेपाल भित्राउने, भन्सार छली गर्ने र कुनै निकायमा दर्ता नगरी घुमुवा व्यापार गर्नेहरुलाई नियन्त्रण गर्नुपर्ने, सरकारी निकाय र संघसंस्थामा भइरहेको व्यापक भ्रष्टाचार रोक्न प्रभावकारी कदम चाल्नुपर्ने, छाडा पशु र जंगली जनावरले किसानलाई समस्या पारेको हुनाले उचित व्यवस्थापन गरिनुपर्ने, किसानहरुलाई समयमा विऊ, मल खाद उपलब्ध गराउन प्रभावकारी कदम चाल्नुपर्ने लगायतका माग गरिएको छ ।

त्यसैगरी ज्ञापन पत्रमा महंगी, कालाबजारी, बिचौलीया नियन्त्रण गर्न प्रभावकारी अनुगमन गर्नुपर्ने, रुपन्देही जिल्लामा रहेका प्राकृतिक साधन श्रोतको संरक्षणमा विशेष ध्यान दिनुपर्ने, श्रमिकहरुले राज्यले तोकेको न्यूनतम ज्याला समेत नपाइरहेको अवस्थामा सो को अनुगमन गरि कार्यान्वयन गरिनुपर्ने, अहिले जिल्ला भर चोरी ,डकैतीका घटनाहरु घटिरहेका हुँदा, शान्ति सुरक्षाको प्रत्याभुती गरिनुपर्ने, नदिजन्य पदार्थको अवैधानीक ओसारपसार बन्द गरिनुपर्ने, अव्यवस्थित तथा सुकुम्बासी समस्या समाधान गर्ने प्रक्रिया छिटोछरितो अगाडि बढाइनुपर्ने, लघुवित्त, केही सहकारी, मिटर व्याजीले जनतालाई उठिबास गराएको हुनाले नियन्त्रण , नियमन र कारबाही गरिनुपर्ने, महिला हिंसा, जातीय विभेदको अन्त्य गर्न प्रभावकारी कदम चाल्नु पर्ने लगायतका माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापनपत्र बुझ्दै मागप्रति आफु सकारात्मक रहेको र आफुलाई कामगर्न थप बलपुग्ने बताएका थिए ।

ज्ञापनपत्र बुझाउन नेकपा (मशाल) केन्द्रीय प्रतिनिधि दिपक पौडेलको नेतृत्वमा गएको टोलीमा नेकपा (मशाल) रुपन्देही जिल्ला सदस्य दयाराम खनाल, अखिल नेपाल किसान महासघंका केन्द्रिय सदस्य गंगाधर पौडेल, अखिल नेपाल महिला संघका रुपन्देही जिल्ला संयोजक पार्वती पौडेल, अखिल नेपाल ट्रेड युनियन महासघंका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा मशाल रुपन्देही जिल्लाका प्रतिनिधिहरु पुर्णसिंह सुनार, भिमबहादुर कुँवर, मनिराम सापकोटा, राजु आचार्य, जेवी फौजा, लक्ष्मि बस्याल लगायतका नेताहरूको सहभागीता थियो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित