- ज्ञानप्रसाद भूसाल
२०४६ सालको पंचायती व्यवस्थाको अन्त्यपछि बहुदलवादी र राजा मिलाएर बनाइएको व्यवस्थाबाट सुरुवात भएको नेपालका बनाइएको व्यवस्थाहरुको दिशा निर्धारण हुन सकेन् । २०४८ सालको संसदीय चुनावपछि दुई तिहाई बहुमतका साथ सत्तामा पुगेको नेपाली काँग्रेस पनि २०५१ सालमा बाह्य शक्ति र शेरबहादुर देउवाको विदेश भक्ति र बाम दलहरुको अदुर्शिताका कारण र महाकाली सन्धीका कारणले गिरिजा सरकार ढल्न पुग्यो । देशका बन्ने सरकारहरु अस्थायी बन्न थाले स्थायीको खडेरी प्रश्न थाल्यो । देशका पुराना अवसरवादी नवअवसरवादी दलाल पुँजीवादी कर्मचारी तन्त्रका भ्रष्टचार तन्त्र कमीसनतन्त्र अनियमितता र मनपरी तन्त्रको सुरुवात भयो । यसैलाई नारा बनाएर नेपाली जनतामा नयाँ आशा देखाउँदै २०५२ तिर नेपाल कम्युनिष्ट पार्टी माओवादीको नाम दिएर देशलाई जनयुद्धतिर धकेलियो । त्यो युद्धमा १७–१८ हजार नेपाली मारिए कति अंगभंग भए कति भौतिक संरचनाहरु ध्वस्त भए । कति राष्ट्रको पुँजी दोहन भयो कति व्यक्तिका पुँजी लुटियो । यसै १० वर्षे युद्धकालमा कति अवसरवादीहरुले देशको सम्पत्ति हिनामिना गराए । कतिले लुटेर जम्मा गरेर परिवर्तनको नाममा जनयुद्धको नाममा नयाँ अवसरवादी कति जन्मे कति दलालवादी जन्मे कति कर्मचारी अनियमिततावादी जन्मे देशको यस्तो अवस्थाले देशका लागि राजनैतिक परिवर्तन गर्नुको विकल्प देखिएन । माओवादी युद्ध कहाँबाट सुरु भयो केका लागि शुरु भयो । यसको औचित्य के ? भन्ने पनि हुन थाल्यो देशमा राजनीतिको अग्रगामी लाइन देखिएन । यसैमा वैदेशिक हस्तक्षेप वाह्य चलखेल बढ्न थाल्यो । २०४६ सालको कथित बहुदललाई पनि विरेन्द्र शाहको परिवार समेत हत्याकाण्ड पछि ज्ञानेन्द्र शाहबाट हस्तक्षेप गरी फेरि राजतन्त्र फर्काइयो र नेपालका राजनैतिक दलका नेताहरुले नेपाली जनताको समस्या चाहाना र आकाक्षांको फाइदा उठाउन र राज्यद्वारा सत्ता खोसेको रिसमा नेपालका पार्टीहरुको सत्ता लोभको कारणले दिल्लीमा १२ बुंदे संझौता गर्न पुगे र त्यो १२ बुंदे सम्झौताले देशमा ६२–६३ को आन्दोलन निर्धारण ग¥यो । तर त्यो आन्दोलनको म्यान्डेट जनतामा एक चिज बताइयो र कार्यान्वयन एक चिज भयो । यसैको उपज हो । संघीयता आखिर संघीयता किन ल्याइयो यसका लागि बाह्य शक्तिहरुको ठुलो चलखेल देखिएको छ । नेपाललाई जात जातमा द्वन्द्व चर्काउन, क्षेत्र–क्षेत्रमा लडाउन हिमाल पहाड तराइका नाराहरु ल्याएर देशलाई विखण्डन गराई आफ्ना स्वार्थ पूर्ति गर्ने कदम हो भारतीय विस्तारवादको । यिनै अदुरदर्शीताका कारणले आज केन्द्रका नाममा दोहन भइरहेको छ । प्रदेशका नाममा स्थानीयका नाममा दोहन भइरहेको छ न भ्रष्टचार गर्नेहरुलाई कडाइ गर्ने निकाय छन् न भष्टचार अनियमितता रोक्ने कुनै निकाय छ भएपनि राजनैतिक हस्तक्षेपका कारण निस्क्रिय देखिन्छन् ।
देशमा भएका उद्योग कलकारखानाहरु एक एकगरी विस्थापित गर्दै देशको युवा श्रमशक्ति विदेश पलायन गराइएको छ । देशलाई आत्मनिर्भरबाट परनिर्भरतामा लगियो । कृषि निर्भतालाई आधुनिक विऊविजन र मल खादको अभावमा परनिर्भतामा लगियो । देशको खेतीयोग्य जमिनमा दलाल पुँजीपतिहरुलाई बजारीकरणको नाममा पोलोटिन्ङ्ग गराई कृषिलाई विस्थापित गराइयो । यस नीतिले के देखाउँछ भने देशमा एक दलीय सामान्तवादको स्वरुप बहुदलीय सामन्तवादले लिईसकेको छ र यो बहुदलीय सामन्तवादले दलाल पुँजीवादकोहरुको चाकडी गर्दै उनीहरुकोे आर्शिवादबाट नेपालको सत्तामा बसिरहेका छन् । देश र जनतालाई उनीहरुको दयाका पात्र बनाएर आफ्ना स्वार्थसिद्ध गरिरहेका छन् । राजनीति परीवर्तनको नाम दिएर नेताहरुले आफुले देशलाई दोहन गरेर जम्मा गरेको पुँजी जोगाउन परिपाटी गरिरहेका छन् । यसको उदाहरण हो । पंचायती व्यवस्थाका बेलामा केही व्यक्तिहरुले थुपारेको धनलाई वैधता दियो । कुनै अपराधी भ्रष्टाचारीलाई कारवाही भएन त्यसपछि २०५२ सालबाट २ तर्फी लुटको सुरुवात भयो । कसैले आन्दोलनका नाममा चन्दा आतंक र जबरजस्ती लुटेर जम्मा गरे भने सत्ता पक्षले देशलाई आन्दोलन सुरक्षा विकासका नाममा लुटे त्यो सबै खाले लुटहरुलाई २०६२–६३ का आन्दोलन पछिका व्यवस्थाले वैधता दियो । कुनै अपराधी भ्रष्टचारी देश दोहनकारी कसैलाई कारवाही भएन । देश दोहनमा कुनै पाटी एक अर्कामा कम देखिएनन् । त्यसमा नेपाली कांग्रेसको लाइन होस वा एमालेकोे होस वा माओवादी वा सत्तामा पुगेका पार्टीहरु कोही भन्दा कोही कम देखिएनन् । यो व्यवस्थाले नेपाल र आम नेपालीको वषौदेखि भइ आएका समस्या, जस्तै कृषि उत्पादनको समस्या, बेरोजगारी समस्या शिक्षामा उपलब्धी नहुने समस्या आम नागरिकबाट स्वतन्त्र टाढा हुने हाम नागरिकबाट प्रशासनिक सेवा टाढा हुने जस्ता समस्याले आम नेपाली अहिले पनि छटपटाईरहेका छन् । यस्तो अवस्थामा अब देशमा नयाँ सोच नयाँ विचार नयाँ व्यवस्था र सबै नेपालीलाई एक मालामा उड्ने खालको पार्टीको आवश्यकता देखिन्छ । यस्तो पार्टी माक्र्सवाद–लेनिनवाद र माओविचारधारालाई पथ प्रदर्शक बनाइ देशमा वर्गसंघर्ष गर्दै नौलो जनवादी क्रान्ति गरी देशलाई विस्तारवाद सामाज्यवाद र नाना कीसिमका संयन्त्रवादीहरुबाट जोगिंदै साम्यवादको दिशामा पुग्ने लाइन लिएको ने.क.पा (मसाल) हो । तर केही वर्ष यता पार्टीका सिसं स्थानमा पुगेका नेताहरुले अवसरवादी पार्टीहरुका नक्सा कदममा चल्न थालेको र पार्टीभित्र एकाधिकार जमाउनु नाना किसिमका जालझेल संयन्त्रहरु भइरहेका छन् । आफन्तवादले जरा गाडिसकेको छ चाकडीवादीहरुले स्वार्थ पुरा गर्न संयन्त्र गरिरहेका छन् । इमान्दार र मेहनती र पार्टीभित्र सुद्धिकरण चाहनेहरु कारवाहीमा परिरहेकाछन । पार्टीभित्र नयाँ पुस्ताको आगमन र कलास प्रशिक्षणहरु बन्द भएका छन् । मसालका नेता र कार्यकर्ताको इमान्दारी पार्टी प्रतिको उत्तरदायित्व र पार्टी संचालनमा हुनुपर्ने गुण भन्दा बार्गेनिङ्ग सम्झौता र ढाँट्छल गरी आम शुभचिन्तकहरुलाई झुक्काउने प्रवृत्तिले आम नेपालीमा विश्वसनीयता कम भएको छ । यसैमा केन्द्रबाट एमसीसी सम्झौतामा विरोध देखाउने तर एमसीसी सम्झौता गर्ने दलहरुसँग गठबन्धन गरिरहने नागरिकता विधेयक गलत छ पनि भन्ने तर नागरिकता विधेयक पारित गराउने दलहरुका पछि लागेर संसदमा पुग्न खोज्ने मन्त्री बन्न खोज्ने, यो व्यवस्थावाट केही गर्न सकिन्न पनि भन्ने र त्यही व्यवस्था बचाउन दिलो ज्यान दिएर लाग्ने गरिरहेका छन् ।
यो दोहोरो नीतिले ने.क.पा. (मसाल) संस्थापक पक्षको लाइन के हो ? भनेर बुझ्न झनै कठिन भैरहेको छ । त्यसका विरुद्ध आवाज उठाउँदा कारबाहीमा पर्ने निलम्वनमा पर्ने गरेका छन् । विचार नमिल्ने, वर्ग नै नमिल्ने, नीति नमिल्ने, लाइन नमिल्ने श्रेणीय भावना बोकेका राष्ट्रघाती सन्धि गर्न नछोडने् देशमा विस्तारवादी र साम्राज्यवादी शक्तिहरुलाई स्वागत गर्ने पार्टीहरुसँग सीमित मुद्दामा समिति गठबन्धन गरेर अघि बढिरहेको छ मसाल । चुनावबाट सरकारसम्म सरकारबाट चुनावसम्म यो संसदीय व्यवस्थाको गोलचक्करमा घुमिरहँदा पार्टीले ल्याएको क्रान्तिकारी छवि कहाँ रहन्छ । यसको जवाफ ने.क.पा (मसाल) संस्थापक पक्षले दिनु पर्दछ । संस्थापक पक्षमा रहेको इमान्दार साथीहरुले गहिरिएर सोच्नु पर्दछ । के यो लाइन ठिक हो त के जागरण अभियानमा साथीहरुले उठाएका सैद्धान्तिक वैचारिक इमान्दारीक व्यवहारिक र सम्रग देशको विषयमा उठाउने प्रश्नहरु ठिक छन् कि छैनन् मुल्यांकन गरी पार्टीभित्र ठूलो बहस चलाउनु पर्ने देखिन्छ । किनभने ने.क.पा . (मसाल) लाई दक्षिण पश्चिम दिशामा लैजाने कि एक जनाको निजी पार्टी बनाउने की पार्टीलाई अरु पार्टीले जस्तै दलालवादी प्रवृत्तिमा लैजाने ? यो निर्णय मसालभित्रका इमान्दार नेता कार्यकर्ताहरुले लिनै पर्दछ । मसाल अब स्पष्ट रुपमा खोजेको र तिनै पार्टीहरुको पछि लागि आफनो् स्वार्थ पुरा गर्ने अवसरवादी लाइन र दक्षिण पश्चिम लाइनतिर गएको देखिन थालेको छ । यसको उदाहरण हो । आठौं महाधिवेशन र संसदीय चुनाव स्थानीय चुनाव । यस विषयमा आवाज उठाउने इमान्दार नेता कार्यकर्ताहरुलाई कारवाही गरिरहेका छ मसाल नेतृत्वले । गलत लाइन गलत कार्यशैलीका विरुद्ध आवाज उठाउने नेता कार्यकर्तालाई गलत बनाउने प्रवृत्तिले ने.क.पा.(मसाल) बहुमत पक्षको नीति, सिद्धान्त, विचार कार्यशैलीले कस्को सेवा गरिरहेको छ ? त्यो छर्लङ्ग हुन्छ । त्यसकारण पार्टीका इमान्दार पार्टीप्रति निस्ठावान र पार्टीको सुनौलो भविष्य देख्न चाहने साथीहरुले ने.क.पा.(मसाल) विशेष महाधिवेशन आयोजक समितिमा सामेल भई ने.क.पा.(मसाल)लाई सशक्त क्रान्तिकारी दिशातिर लैजानु पर्दछ ।