चैत्र २९ काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवादबाटै राजनीतिक गतिरोध अन्त्य हुने बताएका छन् । आज विराटनगर पुगेका प्रचण्डले स्थानीय पत्रकारहरुसंग कुराकानी गर्दै सो कुरा बताएका हुन् । अहिले प्रतिपक्षले राजनीतिक रुपमा गठबन्धन फेरिएसंगै त्यसको प्रतिशोधस्वरुप गृहमन्त्रीको विषयमा छानविन गर्नलाई छानविन समितिको माग गरिरहेको बताउँदै प्रधानमन्त्रीले सहकारी र गृहमन्त्रीको विषयमा गम्भीर छुट्टाछुटटै धानविन हुनु पर्ने बताएका छन् । साथै उनले वर्तमान गठबन्धन कुनैपनि हालतमा नटुट्ने पनि बताएका छन् । नेकपाएमाले ,माओवादी केन्द्र , रास्वपा एकीकृत समाजवादी पार्टी , जनता समाजवादी पार्टीको गठबन्धन बनेर सत्ता समीकरण भई नयाँ सरकार गठन भएपछि नै नेपाली काङग्रेसले लगातार रुपमा गृहमन्त्रीले सहकारी ठगी र बचत कर्ताको रकम अपचलन गरेको विषयमा संसदीय छानविन समितिको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । यसले गर्दा राजनीतिक गतिरोध कायमै रहेको छ ।