काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको काठमाण्डौ महानगर वडा न.११मा एकताअधिवेशन सम्पन्न भएको छ । वडा नं ११ थापाथलीमा रहेको सुकुम्वासी टोलमा उक्त एकता अधिवेशन सम्पन्न भएको हो । कार्यक्रमको सभापति कला सिउठानी मगर , संचालन मिनकुमार राना मगर ,प्रमुख अतिथि सुरेश तामाङ, अतिथिहरुमा मंगल तामाङ , पदम तामाङ, र भुवन तामाङ रहेका थिए । प्रमुख अतिथि सुरेश तामाङले सुकुम्वासी समस्या बारे प्रशिक्षण दिएका थिए । एकता अधिवेशनले कमला सिउठानी मगर सचिव रहेको १३ सदस्सीय वडा समिति गठन गरेको छ ।
Comments