५ न.प्रदेशमा महिला एकता अधिवेशन सम्पन्न

कपिलवस्तु ।क्रान्तिकारी महिला संगठन र अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेशको एकता २०८१ भाद्र २८ गते कपिलवस्तुमा सम्पन्न भएको छ । तेज कुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको भेलाले तेज कुमारी थापाको संयोजकत्वमा २६ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको सहसंयोजकमा लक्ष्मी न्यौपाने , विना भट्टराई र निमकला पुन रहेका छन् । भने सदस्यमा (,पार्वती पौडेल , सीता भट्टराई , माया नेपाली , दिलमाया फौजा , गोमा भन्डारी , उर्मिला क्षेत्री , सविना सुनार , लिला तरामु , कृष्णा तरामु , शुशिला आचार्य दाङ्ग ,कनिज मिया , माया थापा , उमा चौधरी , हेमन्ता घिमिरे , दिपा सिटौला , कमला गौतम , शुशिला आचार्य , निता महतो , सरस्वती नेपाली र ३ स्थान रिक्त रहेको छ । भेलाले ७ सदस्यीय सचिवालय गठन गर्नुका साथै जिल्लाहरुमा एकता अधिवेशन गराउने जिम्मेवारी बाँडफाँड गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको काठमाडौंमा मंसीर १३–२३ सम्म हुनगएको एकता महाधिवेशन सफलपार्न सहयोग गर्ने निर्णय गर्दै भेला समापन भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित