सुनसरी । क्रान्तिकारीकम्युनिष्ट पार्टी नेपालको २०८१असोज ३ गते धरान नगर सम्मेलन सम्पन्न भएको छ। “दलाल संसदवादी तथा दक्षिणपन्थी संशोधनवादी , प्रतिक्रियावदी विरुद्ध हाम्रो अभियान । जनसंघर्ष प्रतिरोध संघर्ष र सशस्त्र विद्रोहको दिशामा पहिलो धरान सम्मेलन ।।” भन्ने मुल नाराकासाथ प्रथम धरान नगर सम्मेलन सम्पनन भएको छ । उक्त सम्मेलन सुनसरी जिल्ला पार्टी इन्चार्ज विवेकको प्रमुख आतिथ्यता विविराईको सभापतित्व र पारस लिम्बुको सन्चालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो भने पारस लिम्बु टिका राई सुजाता बन रहेको तीन सदस्सीय अध्यक्ष मण्डलबाट बन्द सत्र कार्यक्रम सम्पन्न भएको थियो बन्द सत्रमा रामबहादुर पौडेलले आर्थिक प्रतिवेदन र संयोजक विविराईले राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रश्तुत गरेका थिए । सो सम्मेलनले विविराई सचिव दीपबहादुर खड्का सहसचिव रहेको २५ सदस्सीय नगर समिति चयन गरेको छ। सो सम्मेलनलाई सुनसरी पार्टी संयोजक रविकिरण इटहरी पार्टी नगरसचिव जीवन चक्र ,सुनसरी महिला संयोजक निरु पोख्रेलले शुभकामना मन्तव्य राखेका थिए ।