अर्घाखाँची । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँची जिल्लाको एकता सम्मेलन २०८१ साल असोज १३–१४ गते हुने भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीको असोज ३ गते संयोजक राजेन्द्र नेपालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीले असोज ६ गते आयोजना गरेको पत्रकार सम्मेलनमा वितरित संयोजक राजेन्द्र नेपालीको हस्ताक्षर रहेको पे्रस विज्ञप्तिमा सो कुराको जानकारी गराईएको छ । बैठकले सम्मेलन सफल पार्न संयोजक राजेन्द्र नेपालीको संयोजकत्वमा मूल व्यवस्थापन समिति र सहसंयोजक तकमान राउतको आर्थिक तथा प्रचार प्रसार समिति गठन सहितको आर्थिक समिति गठन गरेको छ ।आर्थिक विभागको बैठकले ३ टोली बनाएर ६ वटै वडाहरुमा अभियान शुरु गरेको पनि जनाईएको छ । बैठकमा क्रान्तिकारी कम्युनिष्ट पार्टी सचिवालय सदस्य तथा ५ न. प्रदेश सहसंयोजक कृष्ण केसी ,केन्द्रीय सचिवालय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज नरेन्द्र थापा र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुकुम खड्काको विशेष उपस्थिति रहेको थियो ।पार्टीले सम्मेलन सफल पार्न सहयोग गर्न सबैसंग अनुरोध गरेको छ ।