महाधिवेशनको प्रचार प्रसार तीव्र हुँदै

काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी एकता महाधिवेशन प्रचार प्रसार समितिले प्रचार प्रसारको कार्यक्रमलाई तीव्र पार्दै लगेको छ । मंसिर १३ देखि २३ गते सम्म काठमाण्डौमा हुने महाधिवेशनको व्यार्नर सार्वजनिक गरेको छ । पार्टी हेडक्वार्टरले मंगलबार सबै मिडियाहरुलाई व्यार्नर प्रेषित गरी मूल व्यार्नरसार्वजनिक गरेको हो । सार्वजनिक गरिएको व्यानरमा “ ‘राष्ट्रिय एकता महाधिवेशन भव्य रुपमा सफल पारौँ ! ‘नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौँ !!“ भन्ने मूल नारा रहेको छ । प्रचार प्रसार समितिले होर्डिङ बोर्डहरु झुण्ड्याउने ,जिङगलहरु बजाउने ,कोणसभा गर्ने , वालपेन्टिङ गर्ने लगायतका प्रचार प्रसारको कार्यक्रम सार्वजनिक गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित