छैठौंको अध्यक्षमा जि. सी.

काठमाडौं । असोज १० देखि १२ गते सम्म दाङको घोराहीमा सम्पन्न अखिल (छैठौं)को २३औं राष्ट्रिय सम्मेलनबाट सुवास जिसी अध्यक्ष चयन भएका छन् । ३५ सदस्यीय केन्द्रीय समिति सहित ९० सदस्यीय राष्ट्रिय परिषद् सदस्य सर्वसम्मत निर्वाचित भएको सम्मेलन पछि नव अध्यक्ष सुभास जिसी द्वारा जारी प्रेस बक्तब्यमा जनाइएकोछ ।निर्वाचित समितिको अध्यक्षमा सुवाश जिसि , उपाध्यक्ष देवेन्द्र पौडेल, उपाध्यक्ष विवेक जिसि, महासचिव पुरण पोख्रेल, सचिब जीवन नेपाली,सचिव गणेश सापकोटा कोषाध्यक्ष समष्टि वुढा सदस्यहरू कुलचन्द्र शर्मा,केशव वुढाथोकी , सरिता पुन लगायत रहेकाछन। संगठनमा विभाजन पछि यस पटक अखिल (छैठौं) ले २३ औं राष्ट्रिय सम्मेलन गरेको हो ।
२२ औं राष्ट्रिय सम्मेलनमा देबेन्द्र कुवर अध्यक्ष बनेका थिए । नेकपा (मसाल) मा विभाजनका कारण अखिल(छैठौं )मा विभाजन आएको थियो । देबेन्द्र कुँवर अध्यक्ष भएका बेला महेश जोशीको नेतृत्वमा अर्को समानान्तर छैठौं घोषणा भएको थियो । जोशी एकीकृत समाजवादी पार्टीमा गए पछि विद्रोही पक्षले दीपक पौडेलको संयोजकत्वमा अखिल ( छैठौ) पुनर्गठन गरेको थियो । नेकपा(मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बीचमा गत बैशाखमा पार्टी एकता भए पछि दीपक पौडेलको संयोजकत्वमा रहेको अखिल (छैठौं ) र अखिल ( क्रान्तिकारी)का बीचमा एकीकरण भै अखिल (क्रान्तिकारी) को नयाँ समिति गठन भयो र जसको संयोजकमा महेश श्रेष्ठ र सहसंयोजकमा दीपक पौडेल रहेका छन् ।२०३६ सालमा अखिल (छैठौं )को अध्यक्ष लिलामणि पोख्रेल बने देखि देबेन्द्र कुँवर सम्म आइपुग्दा ४५ वर्षमा अखिल (छैठौं )ले १२ वटा अध्यक्ष प्राप्त गर्यो । १२ वटा अध्यक्ष मध्ये मसाल छाडेर अधिकांश अन्य पार्टीमा गएका छन् । पुराना अध्यक्ष मध्ये कृष्ण अधिकारी र राजेन्द्र ढुंगाना दुई जनाले मात्र पार्टी जिम्मेवारीमा हिडेको देखिन्छ । छैठौकै पुराना अध्यक्ष मध्येका हिमलाल पुरीले मसालको नवौं महाधिवेशनबाट जिम्मेवारीबाट विदा लिएको बताइन्छ । छैठौंकै पुरानो अध्यक्ष मध्येका टोप बहादुर रायमाझी माओवादी हुँदै एमालेमा पुगेका उनी अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् । पुराना अध्यक्ष मध्येका विमल पोख्रेल मसालमा जिम्मेवारीबिहीन छन् र उनले वकालत पेशा अपनाएका छन् ।पुराना अध्यक्षहरू मध्येका परी थापा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्यालय सदस्य छन र दुर्गा शर्मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रवाशी संगठनमा आबद्ध छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित